बैशाख ३१, २०७९
सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रुपैयाँ बढाएको हो । ...
सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार चढावपूर्ण अवस्था रहेको पाइएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व सङ्कलन कूल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकोमा आव २०७७/७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो । चालु आव २०७८/७९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा चार दशमलव १८ प्रतिशतले बढी हो ।
अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ । आव २०७६/७७ को पुस मसान्तसम्म पूँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आव २०७७/७८ को सोही अवधिमा १४ दशमलव ४० भएको थियो । चालु आव २०७८/७९ को पुस मसान्तसम्म पूँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ९६ प्रतिशत कम हो । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो ।
समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको छ । आव २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको थियो । आव २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ भएको थियो । यस्तै चालु आव २०७८/७९ को पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ ।रासस
सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रुपैयाँ बढाएको हो । ...
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट उत्पादन बढाउनमा केन्द्रित हुने गरी आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले खेतीयोग्य जमिन बाँझो राखेर युवापुस्ता विदेशिने अवस्था हटाउने गरी बजेट ल्याइने बताएका छन् । यस...
चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भएको छ । नौ महिनामा वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०...
हरेक पटक हुने चुनावमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गर्छ । चुनावका बेला राजनीतिक दलले बोरामा थुपारेर राखेको पैसा निकाल्ने समय भन्ने पनि गरिन्छ । त्यसो हुँदा राजनीतिक दलले चुनावी माहोल सिर्जन गर्न गाउँगाउँस...
सरकारले समयमै काम पूरा नगर्ने विभिन्न ७ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सरकारी निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलवार कालोसूचीमा राखेको ...
बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले फजुल खर्च कटौतीलाई प्राथमिकता दिने बताएका छन् । प्रतिनिधि सभा संसदमा बजेट अधिवेशन शुरु भएसँगै एमालेले ९ महिनादे...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...