बैशाख ८, २०७९
सत्ता गठबन्धनबीच चुनावी तालमेलको भागबण्डा हुँदा कांग्रेस एक्लैले ३ महानगर र ७ उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिनेगरी सहमति जुटेको छ । बाँकी ३ महानगर र ४ उपमहानगर गठबन्धन सहयात्री दलहरूले पाएका छन् । गठ...
काठमाडाैं | माघ ६, २०७८
स्थानीय तहको चुनावलाई पछि सारेर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनमा राखेको प्रस्तावले राजनीति तरंगित छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धन स्थानीय तहको चुनाव पर धकेलेर राजनीतिक अस्थिरता फैलाउन खोजेको आरोप लगाउँदै आएको छ ।
प्रतिपक्षी दलको आरोप पुष्टि हुनेगरी गठबन्धनमा स्थानीय तहको भन्दा पहिला प्रतिनिधि सभाको चुनाव गर्ने विषयले बहसको स्थान पाएको छ । स्थानीय तहको चुनाव सारेर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्तावप्रति कांग्रेसका विरोध शुरु भएको छ ।
चितवनमा दशौं महाधिवेशन सम्पन्न गरेर काठमाडौं फर्केपछि मंसिर १७ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक अहिलेको जस्तो गतिहीनताबाट लामो समय जान नसक्ने भन्दै छिटो भन्दा छिटो ताजा जनादेशमा जानुपर्ने धारणा राखेका थिए । ‘निष्पक्ष ढंगले चल्ने खालको सरकारका निम्ति निर्वाचन जरुरी छ,अब ताजा जनादेशमा जानुपर्छ । ताजा जनादेशबाट समस्याको समाधान निस्किन्छ’ ओलीले भनेका थिए । एमालेले माग गरेको अर्ली इलेक्सन र प्रचण्डले प्रस्ताव गरेको अर्ली इलेक्सनको भेद के हो ?
वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न प्रचण्डले गरेको प्रस्तावप्रति एमालेको प्रतिक्रिया के छ भनेर एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई सोधेका छौं–
वैशाखमा प्रतिनिधि सभाको चुनाव गरौँ भनेर प्रस्ताव गरिनुमा तीनवटा कुरा छ–पहिलो,यो असल मनसायबाट आएको प्रस्ताव होइन । स्थानीय तहको निर्वाचनबारे संविधानले गरेको बाध्यकारी व्यवस्थालाई विभिन्न बहानामा पर सार्ने मनसाय यसमा लुकेको छ । असल मनसायबाट आएको प्रस्ताव भएन ।
दोस्रो,प्रतिनिधि सभा चुनाव छिटो गर्न सकिन्छ,हामीहरुले हिजोदेखि नै भन्दै आएका छौं । तर हिजो प्रतिनिधि सभाको अर्ली चुनाव गर्न खोज्दा त्यसलाई प्रतिगमन भन्ने साथीहरु त्यही विषयलाई लिएर सडक तताउने साथीहरु आज के निष्कर्षका साथ,कुन जगमा उभिएर अर्ली इलेक्सनको पक्षमा उभिए त ?यसको कुनै व्याख्या छैन ।
सर्वोच्च अदालतले सरकार बन्ने सम्भावना रहेसम्म र विकल्प भएसम्म प्रतिनिधि सभा विघटन गर्न पाउँदैन भनेर भनेको छ । प्रतिनिधि सभाले ‘फुल टर्म’ काम गर्न पाउनु पर्छ भनेको छ,यद्यपि त्यसमा हाम्रा असहमति आफ्ना ठाउँमा छन् । सर्वोच्चको फैसला त फैसला हो । त्यो फैसला कायम रहदै कसरी कुन धरातलमा उभिएर फेरि प्रतिनिधि सभा विघटन गर्न मिल्छ ?
हिजो आफैले प्रतिगमन भनेको र केपी सरकार विरुद्ध लगाइएको आरोप र त्यसलाई लिएर सरकारविरुद्ध गरिएको तथाकथित आन्दोलनको पनि विपरित छ । वैशाखमा चुनाव प्रस्ताव गर्नेले कि त हामी गलत ठाउमा छौँ,वास्तवमा अर्ली इलेक्सन आवस्यक पर्दो रहेछ र त्यसको लागि संवैधानिक रुपमा जान सकिँदो रहेछ भनेर आम जनतालाई भन्नु पर्यो । होइन भने यो गतल मनसायका साथ आएको छ ।
तेस्रो,त्यो भन्दा गम्भीर कुरा चाहि यसो भनेर उहाँहरुले प्रतिनिधि सभाको चुनाव कथंकदाचित घोषणा गर्नु भयो भनेपनि सर्वोच्चको त्यो फैसला कायम रहुञ्जेल चाहि यसमा कानूनी प्रश्न र कानूनी चुनौती दिने ठाउँ त छदैछ । कोही अदालतमा जान्छ र चुनौती दिन्छ ।
त्यसो भइसकेपछि न प्रतिनिधि सभाको चुनाव हुन्छ न स्थानीय तहको । मुलुकलाई फेरि रिक्ततातिर लैजाने खतरनाक योजना प्रचण्डको देखिन्छ । उहाँले त्यसो गर्नुमा त हामीलाई अनौठो लागेको छैन । कँग्रेस किन यसरी लतारिएको छ,हामी छक्क परिरहेका छौ ।
हाम्रो अडान,कुनै बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न मिल्दैन भन्ने हो । बटम लाइन नै हो । ठीक छ,वैशाख र जेठमा उहाँहरुले स्थानीय तहको चुनाव एउटा महिनामा र प्रतिनिधि सभा र प्रदेशको चुनाव अर्को महिनामा गर्नुहुन्छ भने हामी फेस गर्न तयार छौ ।
स्थानीय चुनावलाई पर धकेलेर प्रतिनिधि सभाको चुनाव हुन सक्दैन । यो राजनीतिक चालवाजी जस्ता देखियो । त्यसमा निहित उदेश्य होला उहाँहरुको–प्रतिनिधि सभा रहेन भने गठबन्धनलाई टिकाइराख्न सकिन्छ कि भन्ने । गठबन्धनभित्र खासगरी प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको बीचमा केही असहमति छन,ती संसदमा जान सक्छन । संसद नै रहेन भने कुनै न कुनै हिसावले गठबन्धन कायम राख्न सकिएला भन्ने त्यो उहाँहरुको स्वार्थको कुरा भयो ।
मुलुकको संविधान र कानूनले त्यस्ता कुरा चिन्दैन । मूल कुरा चाहि स्थानीय तहको रिक्तताको कुरा कानूनले गर्दैन । त्यो संवैधानिक रुपले बाध्यता भएको चुनाव चाही नगर्ने पछि गर्दा पनि हुने र हिजो संसदलाई फुल टर्म चलाउनु पर्छ भन्दै आएको कुरा अगाडि तान्ने कुरा विल्कुल राजनीतिक चालबाजी मात्र हो ।
प्रतिनिधि सभाबाटै चुनावमा जाने प्रस्ताव पारित गर्ने कुरा कसरी सम्भव होला ?त्यसो गर्नको लागि पनि संसद त चल्नु पर्र्यो । संसद चल्नका लागि हामीले भन्दै आएका विषयहरु–जे कारणले संसद अवरुद्ध छ नेकपा एमालेका भनाइहरू यसका मागहरु र सरोकारलाई सम्वोधन गर्न उहाँहरु तयार हुनुहुन्न । त्यसैले वैशाखमा चुनाव गर्ने कुरा खाली अल्मल्याउने कुरा मात्र भयो ।
सत्ता गठबन्धनबीच चुनावी तालमेलको भागबण्डा हुँदा कांग्रेस एक्लैले ३ महानगर र ७ उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिनेगरी सहमति जुटेको छ । बाँकी ३ महानगर र ४ उपमहानगर गठबन्धन सहयात्री दलहरूले पाएका छन् । गठ...
स्थानीय तह निर्वाचनमा नेकपा एमाले ‘साइज’मा आएसँगै मुलुकमा फेरि वामपन्थी गठबन्धन बन्ने चर्चाले कम्युनिस्ट कार्यकर्ता तरंगित बनेका छन् । नेकपा छँदै एमाले पृष्ठभूमिका नेताहरू तत्कालीन नेकपाका ...
रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि जापान र रुसको सम्बन्धमा तिक्तता आउन थालेको छ । अमेरिकाको साझेदार मुलुक जापानले हालैका दिनमा रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ । आजै (२० अप्रिलमा) ...
तमाम अन्योल र आशंकाबीच शुक्रवार स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएको छ । एकाध ठाउँमा भएका झडपबाहेक प्रायः मतदान शान्तिपूर्ण भएको छ । प्रचण्ड गर्मी र झरीको पर्वाह नगरी मतदाताले आफ्नो विवेकको मत बाकसम...
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आइरहेको छ । अहिलेसम्मको नतिजा हेर्दा यो चुनावको सन्देश– पहिलो त नेपालका राजनीतिक पार्टीहरू गठबन्धनको सहकार्यलाई विस्तार रूपले स्वीकार गर्दैछन् भन्ने छ । द...
उत्तरी युरोपका दुई मुलुक फिनल्यान्ड र स्विडनले पश्चिमी सैन्य गठबन्धन नेटोमा जोडिनका लागि यसै साता औपचारिक निवेदन दिएका छन् । ब्रसेल्सस्थित नेटोको केन्द्रीय कार्यालयमा उनीहरूले निवेदन दर्ता गराएपछि नेटोका...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...