×

NMB BANK
NIC ASIA

काठमाडौं उपत्यकामा बहुतले पार्किङको अवधारणा, २ वर्षभित्र तयार गर्ने लक्ष्य

माघ ९, २०७८

NTC
फाइल तस्वीर
Premier Steels

काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने चर्चाका बीच नगर विकास कोषले २ वर्षभित्रमा विभिन्न ३६ स्थानमा पार्किङ बनाउन ऋण लगानी गर्ने भएको छ ।

Muktinath Bank

कोषले अहिले विभिन्न ३६ स्थानमा पार्किङ आवश्यक देखिएको भन्दै स्थानहरू तोकेर सम्बद्ध निकायहरूसँग प्रस्ताव माग गरेको छ । यी स्थानमा कम्तीमा १०० सवारीसाधन पार्किङ गर्ने संरचना विकास तथा निर्माण गर्दा करीब रू. ३ अर्ब ६० करोड लगानी आवश्यक पर्ने देखिएको छ । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आयोजना पहिचान भएका स्थानमा २५ वर्षसम्मका लागि ऋण लगानी गरिने बताए । ‘एउटा बहुतले पार्किङ भवन अर्थात् १०० सवारीसाधन अटाउन सक्ने संरचना विकास गर्न अधिकतम रू. १० करोडसम्म लागत पर्न जान्छ,’ सापकोटाले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्यतया एउटा कार तथा सवारीसाधन पार्किङ गर्ने संरचना निर्माणमा न्यूनतम रू. ८ लाखदेखि अधिकतम रू. १० लाखसम्म लागत आवश्यक हुने आकलन गरिएको उनले बताए । यो लगानी कोषले ऋणका रूपमा गरिदिनेछ । अहिले छनोट भएका अधिकतम स्थानमा पार्किङ बनाइने उनले बताए ।
शहरी विकास मन्त्री तथा सचिवज्यूबाट पनि निरन्तर चासो आएकाले यो परियोजना कार्यान्वयनमा जाने उनको दाबी छ । स्थान छनोट, डिजाइनदेखि निर्माण सम्पन्न गर्दासम्म २ वर्षजति लाग्ने उनले बताए ।


Advertisment
Nabil box
Kumari

कोषले सम्भावित ३६ स्थानमा आवश्यक पर्ने देखेर ती स्थान तोकेको भन्दै उनले अन्य स्थानबाट पनि प्रस्ताव तथा माग आएमा अध्ययन गरेर ऋण लगानी गरिने बताए । १५ दिनभित्रमा प्रस्ताव पेश गर्न भनेको कोषले आएका प्रस्तावहरूको अध्ययन गरेर अघि बढिने उनले बताए । कोषले शुक्रवार सूचना जारी गर्दै उक्त अवधिभित्र परियोजना निर्माण तथा सञ्चालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाहरूसँग लिखित कागजात माग गरेको छ । आर्थिक अभियान दैनिकमा हिमा विकले खबर लेखेकी छन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x