×

NMB BANK
NIC ASIA

बुटवल-नारायणगढ सडक स्तरोन्नति

बुटवल–नारायणगढ सडक: बल्ल समात्यो लय, धमाधम हुन थाल्यो काम

माघ १२, २०७८

NTC
Premier Steels

निर्माणाधीन बुटवल–नारायणगढ सडक विस्तारको कामले गति लिँदैछ । तिहार अघिसम्म सडक निर्माणको काम शून्यप्रायः थियो ।

Muktinath Bank

साना–ठूला पुल, कल्भर्ट, नाली निर्माणदेखि सडक चौडा गर्ने काम अहिले धमाधम भइरहेको छ । भत्किएको २ लेनको सडकलाई ‘सिक्स’ र ‘फोर’ लेनमा विस्तारसहित स्तरोन्नति गरिँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वपश्चिम राजमार्गको मध्य खण्डमा पर्ने महत्त्वपूर्ण सडक विस्तार आयोजना कोरोना महामारी तथा ‘साइट क्लीयर’ र रूख कटानमा ढिलाइ हुँदा अगाडि बढ्न सकेको थिएन । कोरोनाको तेस्रो लहर तीव्र रूपमा फैलिए पनि अहिले आयोजनाको काम लयमा फर्किएर धमाधम भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

हालसम्म आयोजनाको कूल भौतिक प्रगति जम्मा १५ प्रतिशत मात्रै भएको छ । आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र चितवनको नारायणगढलाई ‘फास्ट ट्रयाक’ सडकले जोड्ने गरी ३ वर्षअघि सडक विस्तार आयोजना शुरू भएको हो । 

Vianet communication

परियोजनाको दाउन्ने पश्चिम खण्डका सिनियन इन्जिनीयर प्रदीपराज शाक्यले दैनिक ७०० कामदार लगाएर पश्चिम खण्डको काम धमाधम चलिरहेको बताए । ‘अब हामीलाई १ मिनेट ढिला गर्ने पनि छुट छैन,’ शाक्यले लोकान्तरसँग भने, ‘पुल निर्माण, कल्भर्ट, र सडक चौडा गराएर माटो भर्ने काम भइरहेको छ । दाउन्ने पश्चिमतर्फ २२ किलोमिटर क्षेत्रमा काम धमाधम चलेको छ ।’ 

शाक्यले थपे, ‘यो सडक २४सैं घण्टामा १ मिनेट पनि रोक्न नमिल्ने सडक हो तर आवतजावतलाई कुनै अवरोध नगरी तीव्रताका साथ काम भइरहेको छ ।’ 

ढलान लगायतका ठूला कामहरू रातिको समयमा पनि भइरहेका छन् । सडकमा दैनिक साना–ठूला गरी १० हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । 

पश्चिम खण्डमा ११ वटा साना पूल बनेका छन् । भूमही, तुरिया र घोडाहा खोलामा बन्ने ६ वटा पूलहरूको फाउन्डेन निर्माणको काम भएको छ भने ३३ वटा कल्भर्ट बनेका छन् ।

दाउन्ने पूर्व र पश्चिम गरी २ खण्डमा विभाजन गरेको सडक निर्माण कार्य भइरहेको छ । पश्चिम खण्डमा ४८.५ किलोमिटर पर्छ । कूल ११४ किलोमिटर सडकको पूर्व खण्ड ६५ किलोमिटर छ । 

३६ महिनामा सक्ने गरी २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा सडक विस्तार कामको शिलान्यास गरेका थिए । सडक विस्तारको योजनाकार एमाले उपाध्यक्ष पौडेल हुन् ।

आयोजना हेर्ने पूर्वी खण्डका इन्जिनीयर रमेश दृष्टीले २ महिनायता सडक निर्माणको काम धमाधम भइरहेको र म्याद थप गरेरै काम छिटो सक्नुपर्ने बताए । दृष्टीका अनुसार पूर्वी खण्डमा १२ प्रतिशत काम भएको छ ।

पूर्वी खण्डमा अझै ‘साइट क्लीयर’ गर्न बाँकी रहेको छ । पूर्व खण्डमा पनि अहिले दैनिक ५०० भन्दा बढी कामदारले निरन्तर काम गरिरहेका छन् ।  

काम सक्नुपर्ने मिति नजिकिँदै जाँदा सडक विस्तारको ठेक्का लिएको चिनियाँ कम्पनीले काम सक्न २ वर्ष थप समय मागेको छ । सडक निर्माण सम्पन्न गर्ने मिति २०७८ चैत (२२ मार्च २०२२) मा सकिँदैछ । कोरोनाको कारण देखाउँदै निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसनले आयोजनाको म्याद थप्न आग्रह गरेको छ । कर्पोरेसनले सडक विस्तारको म्याद २ वर्ष थप्न माग गर्दै कन्सल्टेन्टलाई पत्र बुझाएको छ । सडक निर्माणको सबै काम कन्सल्टेन्टले हेर्छ ।

एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल–नारायणगढ सडक विस्तारको काममा ढिलासुस्ती नगर्न आग्रह गरे । कोरोना महामारी र विभिन्न व्यवधानले अप्ठ्यारो परे पनि अब सडक जतिसक्दो छिटो निर्माण गर्न निर्माण कम्पनी र सरकारको ध्यानाकर्षण गराए ।

गृहजिल्ला जोड्ने सडकको अवलोकनदेखि सडकको कार्यप्रगतिबारे पौडेलले चासो राख्दै आएका छन् । 

सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुल समेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको थियो । गत वर्षायाम र दशैंतिहारमा सडकमा खाल्डाखुल्डीले हैरान हुँदै यात्रुले धेरै सास्ती खेपेका थिए । साढे २ घण्टाको सडक यात्राको दूरीमा अहिले पनि ५–६ घण्टा न्यूनतम समय लाग्ने गर्छ । भारतबाट आउने मालबाहक ट्रकदेखि काठमाडौंबाट पश्चिमका विभिन्न जिल्लामा जाने गाडीका लागि यो एक मात्र सडक हो । 

वर्षायाममा दाउन्ने क्षेत्रका धेरै ठाउँमा झरेको पहिरो हालसम्म नहटाउँदा गाडीहरू जाममा पर्ने गर्छन् । सडकको डिभाइडरलाई हरियाली बनाइने ठेक्का सम्झौतामा उल्लेख छ । सडकले पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देही गरी ३ जिल्लालाई जोड्ने छ । 

एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ । पूर्व खण्ड दाउन्ने–गैंडाकोट खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र पश्चिम खण्डको दाउन्ने–बुटवलको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।

कूल लागतमध्ये एसियाली विकास बैंक (एडीबी) ले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ । पूर्वपश्चिम राजमार्ग विक्रम संवत् २०२२ सालमा तत्कालीन राजा महेन्द्रको सडक बनाउने योजना अनुसार शिलान्यास भई २०२८ सालमा निर्माण सम्पन्न भएको थियो । 

सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टामै पुग्न सकिने छ । यातायात व्यवसायीले सडक खराब हुँदा सवारीसाधन छिटो–छिटो बिग्रिने समस्या आएको भन्दै निर्माणको कामलाई चाँडोभन्दा चाँडो सक्न आग्रह गर्दै आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x