जेठ १४, २०७९
म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विक्रम संवत् २०६५ सालमा ट्रयाक खुलेको ७ किलोमिटर दूरीको सडक स्तरोन्नति ...
काठमाडाैं | माघ १४, २०७८
विश्वविद्यालय अनुदान आयोगले नै संस्कृत विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई विभेद गरेको भन्दै त्यसलाई तत्काल नसच्चाइए आन्दोलन गर्ने घोषणा विद्याथीहरूले गरेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि अध्ययरत विद्यार्थीहरूले विश्वविद्यालय अनुदान आयोगले गरेको विभेद सच्च्याउनुपर्ने माग गरेका हुन् ।
आयोगले नै आव्हान गरेको छात्रवृत्ति तथा अनुदानको लागि प्रस्ताव लिएर गएका विद्यार्थीहरूलाई आयोगका कर्मचारीले नेपाल संस्कृत विश्वविद्यालयबाट आधुनिक विषय (स्नातकोत्तर तहमा ५ वर्ष अध्ययन नभएका)लाई आयोगले दिने विद्वतवृत्ति दिन नसक्ने र विद्यावारिधि पनि मान्य नहुने अभिव्यक्ति दिएको नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीको आरोप छ ।
विद्यावारिधि अध्ययनरत विद्यार्थीहरूले शिक्षामन्त्री, कुलसचिव, नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष, अनुसन्धान केन्द्र निर्देशक र विश्वविद्यालय अनुदान आयोगका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउँदै यसको वास्तविकता विद्यार्थीलाई जानकारी दिन माग गरेका छन् ।
विश्वविद्यालय अनुदान आयोगमा विद्वत वृत्तिका लागि आवेदन दिने व्यवस्था मिलाउन, विद्वतवृत्ति तथा अन्य छात्रबृत्तिहरूमा विभेदपूर्ण व्यवहार नगर्न पनि माग गरिएको नेपाल संस्कृति विश्वविद्यालयका विद्यार्थी शंकर भण्डारीले बताए ।
संस्कृति विश्वविद्यालय र अन्य विश्वविद्यालयबाट प्रदान गरिने विद्यावारिधिको समान मान्यता हुनुपर्ने उनीहरूको माग छ ।
संस्कृति विश्वविद्यालयका विद्यार्थीहले पाँच दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विक्रम संवत् २०६५ सालमा ट्रयाक खुलेको ७ किलोमिटर दूरीको सडक स्तरोन्नति ...
देशको अधिकांश भूभागमा शनिवार आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा स्थानीय वायु, भारतको उत्त...
राष्ट्रिय मानव अधिकार आयोगले जबरजस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रवार जारी गर...
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा २ ट्रक एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ । शनिवार बिहान ५ः३० बजेदेखि सडक अवरुद्ध भएको हो । चितवनका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले सडक एकतर्फी सञ्चाल...
मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिले सूर्यविनायक पाण्डुबजारस्थित म...
काठमाडौंको मेयर निर्वाचित भएको २४ घण्टा नबित्दै बालेन साह सिस्डोल र बञ्चरेडाँडा अवलोकनमा पुगेका छन् । उनी महानगरपालिकाका कर्मचारीसहित काठमाडौंको फोहोर व्यवस्थापन हुने सो क्षेत्रको अवलोकनमा पुगेका हुन् । उ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...