×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : एमसीसीबारे सहमति, समयमै चुनाव गर्न दबाब बढ्दै

माघ १७, २०७८

NTC
Premier Steels

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउन मोटामोटी सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवासमा भएको शीर्ष नेताहरूको छलफलमा केही दिन गृहकार्य गरेर एमसीसी अनुमोदन गराउन सहमत भएका हुन् ।

Muktinath Bank

गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन सम्बन्धनमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा सहभागी भएका थिए । शनिबार दुई चरणमा बसेको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त बैठक सकिएपछि शीर्ष नेताहरू छलफल गरेर एमसीसी बारे सहमती जुटाएको नेपाली कांग्रेसका नेता तथा सरकार सञ्चालनका लागि बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले बताए ।
यता गठबन्धनका नेता नारायणकाजी श्रेष्ठले भने एमसीसीबारे कुनै सहमति नभएको दावी गरेका छन् । उनले एमसीसी पारित नभए गठबन्धन फुट्ने भनेर बाहिर भएको प्रचारको कुनै सत्यता नरहेको उनको भनाइ छ ।
००००
नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसले गठबन्धनको सरकार धेरै समय चलाउन नचाहेको बताएका छन् । शहीद दिवसको अवसरमा रूपन्देहीको भैरहवामा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस एक्लै निर्वाचन जितेर स्थायी सरकार चलाउन चाहेको बताएका हुन् । उनले गठबन्धन सरकारले देशलाई ठूलो कुरा दिन नसक्ने दाबी समेत गरे । निर्वाचन हुँदा कांग्रेसलाई नै फाइदा हुने पौडेलको भनाइ छ ।
००००
समयमै चुनाव गर्न निरन्तर दवाव
सरकारले समयमै स्थानीय तहसहित तीन वटै तहको चुनाव गर्नुपर्नेमा सरोकारवालाले निरन्तर दवाव दिँदै आएका छन् । यहीबीचमा नेपाल बार एशोसियसनले कुनै पनि बहानामा निर्वाचन सार्न नहुने धारणा सार्वजनिक गरेको छ ।
आइतवार विज्ञप्ति जारी गर्दै बारेले निर्वाचन सारेर स्थानीय तहलाई रिक्त बनाए संविधान र कानूनविपरीत मात्रै नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जाने बताएको हो ।
‘नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद र संघीय संसद, राष्ट्रिय सभालगायतका निकायको आवधिक निर्वाचनको व्यवस्था गरेको छ, त्यस्ता निकायको शून्यताको परिकल्पना संविधान र निर्वाचनसम्बन्धी कानूनले गरेका छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा आइतवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

यसबारे लोकान्तरले ‘अबिलम्ब मिति घोषणा गरेर चुनावको तयारी थाल’ शीर्षकमा आइतबार सम्पादकीय पनि लेखेको थियो । विपक्षी दलसहित चौतर्फी दवावपछि सत्तारुढ गठबन्धनले शनिबार जेठमा चुनाव गर्ने सहमति गरेको थियो । तर, मिति घोषणा गर्न ढिलाइ हुँदै आएको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी र विभागीय प्रमुख मनोनीत गरिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको पदाधिकारी र विभागका प्रमुख मनोनयन गरेका हुन् । राप्रपाले जारी गरेको विज्ञप्तिअनुसार, उपाध्यक्षमा लमजुङका हेमजंग गुरूङ र सुर्खेतका मुकुन्दश्याम गुरूङलाई मनोनयन गरिएको छ । त्यसैगरी, महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लाद प्रसाद साह मनोनीत भएका छन् ।
चार जना नेतालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ । जसमा भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती, गोपाल दाहाल रहेका छन् । लिङ्देनले सहमहामन्त्री, सहायक महामन्त्री र सहायक प्रवक्ता पनि मनोनित गरेका छन् ।
००००
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेखेर आफूलाई भित्तामा र्पुयाउन खोजेको हो भन्दै आइतवार ध्यानाकर्षणपत्र लेख्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
‘मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा र्पुयाउने र पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु,’ पत्रमा लेखिएको छ ।
थापाले मंसिर २७ गते पत्र लेख्दै महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गरेका थिए ।
००००
पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमूना परीक्षणमध्ये ३०४९ पीसीआर र ४९१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

Vianet communication

यस्तै पछिल्लो ४ दिनमा संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । ढिलो गरेर रिपोर्ट दिएकाले ४ दिनको एकैपटक अपडेट गरिएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार थप ६३५९ जना संक्रमणमुक्त भएका छन् ।
००००
प्रदेश नं १ सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि कार्य दल गठन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
००००
महानगरीय प्रहरी परिसरले चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जानसक्ने भएकाले विशेष सावधानी अपनाउने अनुरोध गरेको छ ।
परिसरले आइतबार एक सूचना जारी गरी चिसो बढिरहेको समयमा यसबाट जोगिन प्रयोग गरिने हिटर, कोइलालगायतका सामग्री प्रयोग गर्दा कोठामा अक्सिजन नष्ट हुनाका साथै कार्बन मोनोअक्साइडसमेत बनेर मानवीय क्षति गराउन सक्ने भन्दै त्यसतर्फ सावधानी अपनाउन आग्रह गरेको छ ।
००००
वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ । सङ्गठनले आइतबार विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो ।
००००
सोमवारका लागि आह्वान गरिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । संघीय संसदका महासचिव डा भरतराज गौतमले सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
००००
साताको पहिलो दिन आइतवार नेप्से परिसूचक १०५.५५ अंकले बढेको छ । गत साता डेढ सय अंक भन्दा बढीले घटेको शेयर बजार आइतवार भने पुनः बढ्न शुरू गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x