×

NMB BANK
NIC ASIA

सशस्त्रमा ७० जना डीएसपीको पद खाली, एक अधिकृतलाई बढुवा गर्न आईजीपीको चलखेल

माघ १७, २०७८

NTC
Premier Steels

सशस्त्र प्रहरी बलमा ७० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) खाली हुँदा पनि बढुवा हुन सकेको छैन । 

Muktinath Bank

बढुवा नहुँदा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालमाथि भने नियमावली संशोधनमा अल्झिएको आरोप लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्स्पेक्टरमा भर्ना भएकाहरू १६ वर्षदेखि बढुवा हुन पाएका छैनन् । त्यसलाई पनि उनले घर जाने बेलामा लत्याएर अझ लम्ब्याउन खोजेको आरोप आईजीपी खनालमाथि लागेको छ । 


Advertisment
Nabil box
Kumari

‘१६ वर्ष एउटै पदमा जागिर खायौं माथि ७० जना खाली छ तर बढुवा हुँदैन,’ एक इन्स्पेक्टरले लोकान्तरसँग भने, ‘आईजी सा’बले बढुवा गर्नुहुन्छ कि भन्ने थियो तर उहाँ बिदा बसेर त्यसलाई लम्ब्याउन खोज्दै हुनुहुन्छ ।’

Vianet communication

त्यति मात्र होइन, सशस्त्रमा घर जाने समयमा बढुवा नगरेर आफू अनुकूलका मानिसहरूलाई बढुवा गर्न चलखेलमा आईजीपी लागेको आरोप पनि लागेको छ । 

सशस्त्र स्रोतका अनुसार सि.सं ४ मा भर्ना एक जना बाहेक सबै इन्स्पेक्टरहरू बढुवा भएका छन् । ती एक जनालाई ‘बाइपास’ गरेर आईजीपी खनालले हालका केन्द्रका लेखापाल गणेश मल्ललाई बढुवा गर्न लागिपरेको स्रोतले लोकान्तरलाई बतायो । 

आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै आईजीपीले नियमावली संशोधन गरेर उनलाई बढुवा गर्न खोजेपछि सशस्त्र प्रहरीमा विरोधका स्वरहरू उठेका छन् । 

यदि सरकारले निर्वाचनको मिति घोषणा गरेको खण्डमा उनीहरूको बढुवा अझ एक वर्ष लम्बिने भएपछि उनीहरूमा झन् चिन्ता थपिएको छ । 

‘उहाँले बढुवा गर्नु भएन भने अर्को आईजी साब छोटो समयका लागि आउनुहुन्छ । अर्को आईजीपी साब आइसक्दा निर्वाचन भयो भने बढुवा हुन अर्को एक वर्ष लाग्ने देखियो,’ अर्का इन्स्पेक्टरले लोकान्तरसँग भने ।

त्यतिमात्र होइन धेरै आउट बोर्डर पोष्ट (बीओपी) को समय पुग्दासमेत आईजीपीले सरुवासमेत गर्न सकेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x