×

NMB BANK
NIC ASIA

नयाँ मन्त्री नियुक्त नहुँदै मन्त्रालयमा राखिए नयाँ कुर्सी !

माघ १७, २०७८

NTC
Premier Steels

१ नम्बर प्रदेशमा हाल मुख्यमन्त्री कार्यालयसहित ७ मन्त्रालय छन् तर १२ मन्त्रालय पुर्‍याउने अन्तिम तयारीमा प्रदेश सरकार पुगेको छ ।

Muktinath Bank

भएकै मन्त्रालयमा मन्त्रीका लागि कुर्सी राख्न थालिएको छ । मन्त्रालय फुटाउने र मन्त्रीहरू थप्ने विषयमा प्रमुख प्रतिपक्ष दलसहित नागरिक तहबाटै सरकारको आलोचना हुन थालेपछि प्रदेश सरकार गुपचुप रूपमा नै मन्त्रालय थप्ने तयारीमा लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषद् कार्यविभाजन नियमावलीमा हालको मन्त्रिमण्डलको सदस्य संख्या अधिकतम ७ जनाको छ । प्रदेश सरकारको आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेर मन्त्रालय १२ वटा पुर्‍याउने र मन्त्री तथा राज्यमन्त्रीको संख्या १५ पुर्‍याउने निर्णय गरे पनि सार्वजनिक गरेको छैन ।


Advertisment
Nabil box
Kumari

आलोचनाको डरले सरकारले मन्त्रालय फुटाउने निर्णय गुपचुप राखेको स्रोतले जनाएको छ ।

Vianet communication

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारका संरचना निर्माण र नामकरणका लागि सहजीकरण गर्न कार्यदल गठन गर्ने निर्णय भएको पत्रकारलाई सुनाएका थिए तर मन्त्रालय विभाजनको निर्णय सार्वजनिक गर्दा आलोचना हुने भएका कारण मन्त्री थप्ने र मन्त्रालय फुटाउने निर्णय सुनाइएन ।

आइतवार निर्णय भएपछि भएकै मन्त्रालयमा नयाँ मन्त्रीका लागि कुर्सी थप्न थालिएको छ । सामाजिक विकास मन्त्रालयमा मन्त्रीका लागि कुर्सी राखिसकिएको एक कर्मचारीले बताए । ती कर्मचारीले लोकान्तरसँग भने, ‘मन्त्रीज्यूले तुरुन्त नयाँ मन्त्रीका लागि कुर्सीको व्यवस्थापन गर्न भनेपछि कुर्सी राखिएको हो ।’

फुट्ने मन्त्रालयमा नयाँ मन्त्री राख्नका लागि कुर्सी राखिएको जनाइएको छ । केही दिनमै मन्त्रिमण्डल विस्तार हुने जनाइएको छ ।

प्रदेश सरकारमा हाल कांग्रेसबाट २ जना, नेकपा माओवादी केन्द्रबाट १ जना, जनता समाजवादीबाट १ जना मन्त्री रहेका छन् । संघीय लोकतान्त्रिक मञ्चकी एक सांसद राज्यमन्त्री छिन् । नेकपा एसका राजेन्द्रकुमार राई मुख्यमन्त्री छन् ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालयबाहेक अन्य मन्त्रालय विभाजन गर्ने गरी गठबन्धन दल सहमत भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्रालय फुटाउने सरकारको निर्णयको विरोध गरेको छ । प्रदेशमा मन्त्रालय फुटाएर मन्त्री संख्या बढाउँदा साधारण खर्च धान्नै नसक्ने नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद हिक्मतकुमार कार्कीले बताए ।

कात्तिक १६ गते राईको नेतृत्वमा १ राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो । पहिलो चरणमा कांग्रेसले २ तथा माओवादी र जसपाले १–१ मन्त्रालयको जिम्मेवारी लिएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई जसपाले नेतृत्व गरेको सामाजिक विकास मन्त्रालयमा राज्यमन्त्रीको रूपमा समेटिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x