×

NMB BANK
NIC ASIA

शेखर समूहको रणनीतिक दबाबका कारण चुनाव गर्न ‘यूटर्न’ भए देउवा

माघ १८, २०७८

NTC
Premier Steels

आगामी २०७९ जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगसँगको छलफलमा जेठ ४ गते चुनाव गर्ने सहमति भएको हो । 

Muktinath Bank

निर्वाचन आयोगसमेत सहमत भएपछि अब मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । ढिलोमा बिहीवारसम्ममा चुनावको मिति घोषणा हुने बालुवाटार स्रोतले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा जेठमा चुनाव गर्न राजी हुनुमा कांग्रेसभित्रको शक्ति समीकरण हाबी भएको विश्लेषण गर्न थालिएको छ ।


Advertisment
Nabil box
Kumari

गत सातासम्म वैशाख–जेठमा स्थानीय तहको चुनाव गर्न सम्भव नभएको बताउँदै आएका प्रधानमन्त्री देउवा शनिवार बिहान एकाएक चुनाव गर्ने पक्षमा उभिए । 

Vianet communication

पार्टीभित्रको दबाबका कारण देउवा चुनावको पक्षमा ‘यूटर्न’ भएको कांग्रेसका एक नेता बताउँछन् । 

गठबन्धनभित्र स्थानीय तह भन्दा पहिला प्रतिनिधि सभाको चुनाव गर्ने, तीनै तहको चुनाव एकैपटक गर्ने जस्ता विषयमा छलफल भइरहेको थियो । पार्टीभित्र दबाब बढेपछि शनिवारको बैठकमा देउवाले ‘पार्टीमा विभाजन निम्ताएर चुनाव सार्न सक्दिनँ’ भन्ने अभिव्यक्ति दिएका थिए । 

डा. शेखर कोइरालासहित सो प्यानलबाट महाधिवेशनमा विजयी उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको लबिङका कारण देउवा स्थानीय तहको चुनाव जेठमै गर्न तयार भएका संस्थापन पक्षका एक केन्द्रीय सदस्यले बताए ।

गएको माघ ७ गते सत्ता गठबन्धनको बैठकले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएकोले कानून संशोधन गर्ने निर्णय गर्‍यो । सोहीअनुसार माघ ९ गते केही कानूनविद्सँग छलफल गरेर ऐन संशोधन गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका देउवा पक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले मिडियालाई बताएका थिए । 

कोइराला समूहले बसेरा होटलको समीक्षा बैठक, त्यसपछि आफूपक्षीय नेताहरूको भर्चुअल बैठक राखेर स्थानीय तहको चुनाव गर्न दबाब दिएको थियो । 

बसेरा होटलको बैठकमा कोइरालाले चुनाव सार्ने प्रपञ्च गरिए पार्टी अप्ठेरोमा पर्ने चेतावनी दिएका थिए । संस्थापन पक्षमा रहेका केही केन्द्रीय सदस्यहरू पनि चुनाव सार्न नहुने पक्षमा थिए । ‘चुनाव सार्न नहुने र गठबन्धन बनाएर चुनावमा जान नहुने कोइराला पक्षको धारणाप्रति पार्टीका धेरै कार्यकर्ता आकर्षित भए, हाम्रो पक्षका साथीहरू पनि खुलेर बोल्न थाले,’ चुनाव मिति घोषणाका लागि कांग्रेसभित्र भएको अन्तरसंघर्षबारे ती नेताले भने । 

माघ १४ गते भएको केन्द्रीय समिति बैठकपछि उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई भेटेर चुनाव सार्न नहुने धारणा राखेका थिए । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अघिसम्म स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्ने बताउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल भने पछिल्ला दिनमा वैशाख जेठमा सम्भव नहुने बताउँदै आएका थिए । तर, कांग्रेसमा कोइराला समूह हाबी हुँदा देउवा चुनावका लागि यूटर्न भए ।

भर्चुअल बैठकमा कोइराला समूहले स्थानीय तहको चुनाव सारिए मान्य नहुने चेतावनी संस्थापन पक्षलाई दिएको थियो । गठबन्धनले ऐन संशोधनको कुरा गरेर चुनावपछि सार्न चलखेल गरेपछि इटहरीमा पुगेर कोइरालाले स्थानीय तहको चुनाव धकेल्ने निर्णय मान्य नहुने बताए ।

कोइराला पक्षका नेताहरू कुनै पनि हालतमा स्थानीय तहको चुनाव पछि सार्न नदिने भन्दै अड्डी कसेपछि संस्थापन पक्षका नेताहरूले पनि देउवालाई दबाब दिएका थिए ।

‘संविधान जोगाउन गठबन्धन टुटे पनि स्थानीय तहको चुनाव गर्नुपर्छ भन्ने हाम्रो अभियान थियो,’ कोइराला निकट एक नेताले भने, ‘सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते चुनाव गर्ने सहमति भयो भन्ने सुनेका छौं, यसले कांग्रेसको मात्र होइन देशको पनि भलो गर्छ ।’

चुनावको मिति घोषणा भएपछि स्थानीय तहको चुनावमा गठबन्धन नभई एक्लै चुनावमा जानुपर्ने विषयलाई अब एजेण्डा बनाएर अगाडि बढ्ने कोइराला समूहको तयारी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x