×

NMB BANK
NIC ASIA

लोकान्तर राउण्ड अप

सरसर्ती २४ घण्टा : स्थानीय चुनावको मिति घोषणामा ढिलाइ, के गर्दैछ सरकार ?

माघ २१, २०७८

NTC
Premier Steels

धेरैको अनुमान बिहीवार स्थानीय चुनावको मिति घोषणा हुन्छ भन्ने थियो । जेठ ४ गते स्थानीय तहको चुनाव गर्न माघ १८ गते मंगलवार निर्वाचन आयोगले राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले सहर्ष स्वीकार गरेका थिए । निर्वाचन आयोग स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बिहीवारसम्ममा चुनावको औपचारिक घोषणा गर्ने संकेत गरेका थिए । 

Muktinath Bank

बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएकोले सोही बैठकमार्फत मिति घोषणा गर्ने तयारी थियो । तर बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न सकेन । नेपाली कांग्रेसका नेताहरू भने एक दुई दिनमै चुनावको मिति घोषणा हुने बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावको मिति घोषणा गरेपछि राजनीतिक नियुक्ति लगायत कतिपय निर्णय गर्न नमिल्ने भएकोले चुनाव मितिभन्दा पहिल्यै ती नियुक्ति गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । सरकारमा रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्ति, प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति लगायतका कारणले चुनावको मिति घोषणामा ढिलाई भएको कांग्रेस स्रोतले बतायो । 


Advertisment
Nabil box
Kumari

असोज २२ गते मन्त्री बनेर गजेन्द्र हमालले दुई दिनमै राजीनामा गरेपछि रिक्त रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा कांग्रेस महामन्त्रीमा पराजित भएपछि मीनेन्द्र रिजालले छाडेर अहिले रिक्त रहेको रक्षा मन्त्रालयमा मन्त्री नियुक्त गरेपछि मात्र चुनावको मिति घोषणा हुने कांग्रेस स्रोतले बतायो । 

Vianet communication

चुनावको मिति घोषणा गरेपछि हुने नियुक्तिमा नैतिक प्रश्न उठ्ने भएकोले त्यस अगावै केही महत्वपूर्ण नियुक्तिको सम्भावना रहेको कांग्रेस स्रोत बताउँछ । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार लगायत नियुक्तिपछि मात्र चुनावको मिति घोषणा गर्ने देउवाको तयारी छ । 

संस्थापन पक्ष निकट मानिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा केही दिनमा चुनाव मिति घोषणा हुने बताउँछन् । ‘उहाँहरु (एमाले)ले दुई दुईपटक नहुने चुनाव घोषणा गर्नुभएको हो, हाम्रो सरकारले घोषणा गरेको चुनाव सुनिश्चित हुन्छ’, खतिवडाले लोकान्तरसँग भने । 

देउवानिकट कांग्रेसकै अर्का केन्द्रीय सदस्यले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)सँगको सम्झौताको विवादले मिति घोषणामा ढिलाइ भइरहेको बताए । ‘चुनावबाट कांग्रेस भाग्दैन, निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ ४ मै चुनाव हुन्छ, हामीहरुले छलफल शुरू गरिसकेका छौं’ उनले लोकान्तरसँग भने । 

शुक्रवार नै चुनावको मिति घोषणा हुन सक्ने उनले दावी गरे ।

००० ००० 

औपचारिक रुपमा चुनावको मिति घोषणा नभएपनि सत्ता गठबन्धनका दलहरुले आन्तरिक तयारी शुरू गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठमा स्थानीय तहको चुनाव हुने भन्दै तयारी थाल्न बिहीवार कर्णाली प्रदेशका कार्यकर्तालाई निर्देशन दिएका छन् । 

‘जेठमा चुनाव हुन्छ, आज-भोलिमै औपचारिक ढंगले चुनावको मिति घोषणा गर्ने तयारी रहेको जानकारी गराउनुभयो,’ प्रचण्डको भनाइ उदृत गर्दै माओवादीका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।  

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि बुधवार विद्यार्थीहरुको कार्यक्रममा जेठमा चुनाव हुने बताएका थिए । नेपाली कांग्रेसले पनि चुनावको आन्तरिक तयारी थालिसकेको छ । मंगलवार कांग्रेस पार्टी कार्यालयमा चुनावको तयारी वारे आन्तरिक छलफल भएको थियो ।

००० ००० 

नागरिक समाज तथा विभिन्न सङ्घ संस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न सङ्घ संस्थाले आगामी जेठ ४ गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका हुन् । 
 
ती सङ्घसंस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै पनि बहानामा स्थानीय तहको निर्वाचनको मिति पर धकेल्ने काम गर्न नहुने बताइएको छ । 
  
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले गाउँपालिका र नगरपालिका सदस्यको निर्वाचन गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न हुनेछ भन्ने उल्लेख गरेको छ । स्थानीय तहका निर्वाचित सदस्यको कार्यकाल २०७९ जेठ ७ गते सकिँदैछ ।

स्थानीय तह निर्वाचन नगराउने षड्यन्त्र भइराखेको छ : टोपबहादुर रायमाझी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले संविधानको प्रावधान अनुरूप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।

बिहीवार आयोजित साक्षात्कार कार्यक्रममा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोड दिँदै निर्वाचन नगराउने षड्यन्त्र भइराखेको आरोप समेत लगाए ।

उनले भने, ‘स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।’

संसद् लामो समय अवरुद्ध भए प्राप्त उपलब्धि गुम्ने खतरा : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका हुन् ।

उनले जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो नभएको उल्लेख गरे ।  

राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीद्वारा आज दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) ल्याउने सर्तमा गठबन्धन कायम राख्न नसकिने अध्यक्ष केसीको भनाइ थियो ।

उखुबारी शव फेला प्रकरण : हत्या गर्न ५ भारतीय अपराधी प्रयोग गरेको खुलासा

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिक उखुबारीमा गाडेको अवस्थामा फेला परेका २ जनाको हत्या प्रकरणमा नयाँ 'रहस्य' खुलेको छ ।

हत्या आरोपमा प्रहरीले अनिल कुमार मण्डललाई पक्राउ गरेसँगै नयाँ रहस्य बाहिरिएको हो ।

घटनामा हत्या र हत्यापछि शव व्यवस्थापनका लागि ५ जना भारतीय अपराधीको प्रयोग गरिएको पाइएको अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

ललितपुरमा एक जनाको हत्या आरोपमा अनिलकुमार मण्डल  पक्राउ परेपछि प्रारम्भिक अनुसन्धानमा थप रहस्य खुल्न आएको अनुसन्धानमा खटिएका ती अधिकारीको भनाइ छ ।

अनुसन्धानमा  मण्डल काठमाडौंमा सञ्चालनमा रहेको एक सहकारी संस्थाको अध्यक्ष भएको खुलेको छ ।

उनी सहकारीको अध्यक्ष भएको खुलेसँगै सो घटनामा नयाँ रहस्य खुलेको छ । 

अपराध महाशाखाका अनुसार पक्राउ परेका अनिलकुमार मण्डल हत्या भएका मोहन लिम्बु, सिरहामा हत्या भएका २ जनाबीच विभिन्न व्यवसाय गर्ने र व्यक्तिहरुलाई ठग्ने उदेश्यले २ अर्बको कारोवार गर्ने सम्झौताको कागजात समेत फेला परेको छ । 

पुस ५ गते सुनसरीको राजेन्द्र श्रेष्ठ, पुस ७ गते शम्भु चौधरी, लिम्बुको हत्या पुस २८ गते भएको समेत अनुसन्धानमा खुलेको छ ।

ललितपुरको गोदावरी–१२ धापाखेलको प्रमेश थापा मगरको घरमा फेला परेका मोहन लिम्बुको घाँटीमा डोरीले बाँधेर हत्या गरेको खुलेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार उनलाई गाडेको ठाउँ शरीर डोरीले बाँधेको अवस्थामा थियो । त्यसबाट उनको हत्या डोरीले बाँधेर भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरीका अनुसार उनलाई पुर्नको लागि ३०/३५ केजी नुन र २ बोरा सिमेन्ट प्रयोग गरेको देखिएको छ । 

अपराध महाशाखाका अनुसार लिम्बुको शव पहिला अनिलकुमारले गोदामका लागि लिएको भाडाको घरमा गाड्न खोजिएको तर पालास्टर बलियो भएका कारणले बाहिर गाडेको अनिलले प्रहरीलाई बताएका छन् । 

उनकै सूचनाको आधारमा प्रहरीले आज ललितपुरको गोदावरी नगरपालिका–१२ थापाखेलमा प्रमेश थापा मगरको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।

सीके राउतका २६ कार्यकर्ता पक्राउ

सवारी साधनमा तोडफोड गरेको भन्दै प्रहरीले सिरहाको विभिन्न स्थानबाट जनमत पार्टीका दुई दर्जनभन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया, गोलबजार, चोहर्वा, धनगढी, लहानलगायत स्थानमा सवारी साधनमा ढुङ्गामुढा गरी तोडफोड गर्ने र यातायात बन्द गराउँदै हिँडेका जनमत पार्टीका २६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । 

सिरहाकोे नरहा गाउँपालिका–३ स्थित नयाँ चोहर्वामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको ट्याङ्करमा ढुङ्गामुढा गरी तोडफोड गर्ने क्रममा १३ जना र बाँकी अन्य ठाउँबाट पक्राउ परेको उनले बताए ।

ट्याङ्करमा तोडफोड़ गरेर भाग्ने क्रममा जनमतका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप हुँदा एक प्रहरी हवल्दार सामान्य घाइते भएको सिरहा प्रहरीले जनाएको छ । जनमत पार्टीले किसानको माग सम्बोधन नभएको भन्दै आजदेखि पूर्वपश्चिम राजमार्गमा बन्द आह्वान गरेको हो । बन्दका कारण राजमार्गमा बिहानैदेखि यातायात साधन नचल्दा यात्रुहरु अलपत्र परेका छन् ।  

सेनाले चैतमा चौथो भूतपूर्व सैनिक सम्मेलन गर्दै

नेपाली सेनाले भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनलाई लक्षित गरी चैत ९ गतेदेखि दिपायल, धनगढी, सुर्खेत र नेपालगञ्जमा भूतपूर्व सैनिक सम्मेलन गर्ने भएको छ ।

नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजना हुन लागेको चौथो चरणको सम्मेलन यही चैत्र ९, १०, २० र २१ गते क्रमशः दिपायलस्थित बाहिनी अड्डा, धनगढीस्थित भवानी दल गण, सूर्खेतस्थित पश्चिम कमाण्ड र नेपालगञ्जस्थित बाहिनी अड्डामा सञ्चालन हुनेछ । पछिल्लो समय प्रत्येक प्रधानसेनापतिले आफनो कार्यकालमा प्रदेशगत रूपमा कम्तिमा एक भूपू सैनिक सम्मेलन गर्ने अभ्यास हुँदै आएको छ ।

सम्मेलनमा डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लामा बसोबास र निवृत्तिभरण बुझिरहेका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्ति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विभिन्न कामको सिलसिलामा अन्यत्र जिल्लामा रहेका व्यक्तिले नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाडौँ उपत्यकाको हकमा महाराजगञ्जस्थित कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्नेछन् । बोर्डले सम्मेलनमा सहभागीलाई अशक्त आश्रितलाई ह्वील चियर, बैसाखी तथा अरुलाई दैनिक तथा भ्रमण भत्तालगायतका सुविधा प्रदान गर्नेछ ।

सम्मेलनका क्रममा लघुवित्त कार्यक्रम सहुलियत कर्जाका ऋणीलाई चेक तथा उत्कृष्ट उद्यमीलाई नगद पुरस्कार प्रदान गरिने छ । बोर्डले भूपूसैनिक र उनका परिवारलाई लक्षित गरी सम्मेलनका क्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x