×

NIC ASIA

चुनावी खर्चको प्रश्न

स्थानीय निर्वाचन : सरकारले कसरी जुटाउँदैछ चुनावका लागि करीब १२ अर्ब बजेट ?

माघ २५, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

चुनावको मिति घोषणा भएसँगै अर्थ मन्त्रालयसामु खर्च व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको छ ।

सरकारले ३० वैशाख २०७९ मा चुनाव गर्ने घोषणा गरेपछि आवश्यक स्रोत जुटाउनुपर्ने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता अर्थमन्त्रालयले चुनावका लागि खर्च जुटाउन खासै समस्या नरहेको जनाएको छ । मिति घोषणा भइसकेको अवस्थामा अब सम्बन्धित सबै निकायबाट खर्च प्रस्ताव माग हुन्छ ।


Advertisment
Rupse Holidays
Nabil box

त्यसपछि अनुमानित लागत तय गरेर आन्तरिक स्रोतबाटै चुनाव खर्चको व्यवस्थापन हुने अर्थ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले लोकान्तरसँग बताए ।

Vianet communication

चुनाव गर्न करीब १५ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गर्दै सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमा निर्वाचन खर्च छुट्याएको थियो । तर, त्यो खर्च तत्कालीन प्रतिनिधि सभा विघटन भएकाले प्रतिनिधि सभा र यही वर्ष स्थानीय तहको पनि चुनाव गर्ने भनेर छुट्याइएको थियो । प्रतिनिधि सभा विघटन अदालतले उल्ट्याइदियो ।

यो आर्थिक वर्षमा प्रतिनिधि सभा चुनाव नहुने भएपनि स्थानीय तहको चुनावको भने गर्नैपर्ने कानूनी बाध्यता छ ।

चुनाव भइहाले सरकारले आवश्यक सबै खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ । आगामी वैशाखमा चुनाव गर्दा करीब १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान निर्वाचन आयोगले गरिसकेको छ ।

सुरक्षा निकायबाट अनुमानित खर्चको माग आउनै बाँकी छ ।  चुनावका लागि कति खर्च हुन्छ र त्यसका लागि कुन स्रोतबाट जोहो गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयले पनि आन्तरिक गृहकार्य थालेको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै गत १५ जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले निर्वाचन खर्चको जोहो गरिएको बताएका थिए ।

त्यति बेलाका प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेकाले निर्वाचनको लागि बजेट व्यवस्था गरिएको थियो ।

पौडेलेले सार्वजनिक गरेको बजेट भाषणमा प्रतिनिधिसभा र स्थानीय तहको आगामी निर्वाचनका लागि आवश्यक रकम विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख गरेका थिए ।

बजेटमा निर्वाचनका लागि करीब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गर्दै सो को व्यवस्था निर्वाचन शीर्षकमा नभएर अर्थ मन्त्रालयले विविधि खर्च शीर्षकमा राखिएको थियो । उक्त बजेटको विविध खर्च शीर्षकमा ८३ अर्ब रुपैयाँ थियो । 

सरकारले चुनाव घोषणा गरेकाले खर्चको व्यवस्थापन अर्थ मन्त्रालयले जसरी पनि गर्ने मन्त्रालयका प्रवक्ता शाक्यको भनाइ छ । 

उनले भने, ‘अब निर्वाचन आयोग र सुरक्षा निकायसहितको खर्च तय हुन्छ । सम्बन्धित निकायले अर्थसँग निर्वाचन खर्च माग्ने भएकाले प्रस्ताव आएपछि नै यकिन खर्चको अनुमान गर्न सकिन्छ ।’ 

त्यसपछि अर्थले पनि आवश्यक रकम जोहो गरेर उपलब्ध गराउन सक्ने शाक्यको भनाइ छ ।

शाक्यका अनुसार अहिले नै यति नै खर्च लाग्छ भनेर एकिन गर्न सकिने अवस्था छैन ।

सरकारले खर्च नभएको आयोजनाबाट बजेट तान्नेदेखि अर्थ मन्त्रालयको विविध खर्च शीर्षकमा रहेको रकमबाट निर्वाचन खर्च जुटाउने जानकारी पनि शाक्यले लोकान्तरलाई दिए ।

‘निर्वाचन हुँदा खर्च जसरी पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । सरकारसँग विभिन्न कार्यक्रम हुन्छन् । त्यसमा रहेको बजेट सबै खर्च भएको हुँदैन । त्यही खर्च नभएको र कुनै आयोजनामा बढी हुने रकम तान्न सकिन्छ,’ शाक्यले भने । 

उनका अनुसार एउटै मन्त्रालय र एउटै कार्यक्रम नभएर विभिन्न मन्त्रालय र मातहतका विभिन्न कार्यक्रबाट अलिअलि तानेर पनि निर्वाचन खर्च जम्मा गर्न सकिन्छ ।

यसअघि बजेटमा भएको व्यवस्थाअनुसारको रकम खर्च नगरी राखिएको पनि उनले बताए । त्यो भन्दा बढी रकम आवश्यक पर्दा मात्रै अन्य स्रोत खोज्नुपर्ने भएकाले पनि अर्थ मन्त्रालयले व्यवस्था गर्न सक्ने बुझाइ शाक्यको छ । 

उनले भने, ‘विविधमा कति रकम छ र कति खर्च भयो भन्ने विषयमा अहिले ठ्याक्कै याद छैन् ।’ 

विविध खर्च शीर्षकमा कति रकम खर्च भयो र कति बाँकी छ भनेर हिसाब निकालेपछि अपुग रकमको जोहो गर्न सकिने बुझाइ पनि अर्थका अधिकारीहरूको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x