×

NMB BANK
NIC ASIA

'डे स्टे'ले फसाद

चल्तीका एक ‘हिरो’ युवतीको हनीट्र्यापमा परेपछि...

माघ २८, २०७८

NTC
Premier Steels

केही वर्षयता निकै नाम चलेका एवं चल्तीका एक ‘हिरो’ (नायक/मोडल)लाई फेसबूकमा एउटा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । 

Muktinath Bank

कलाकार भएपछि रिक्वेस्ट त आउने नै भयो, फेसबूकमा अझै पनि सयौं समर्थक उनीसँग साथी बन्नका लागि ‘क्यु’मा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आएका रिक्वेस्टमध्ये छानेर केही–केहीलाई मात्र साथी बनाउँछन् ।


Advertisment
Nabil box
Kumari

उनले प्रोफाइल नियाले । चिनजानका आफन्त र कलाकारहरू पनि ‘म्युचुअल फ्रेन्ड’ थिए । प्रोफाइलमा आकर्षक फोटो थियो ।

Vianet communication

ब्रान्डेड कपडा, ब्रन्डेड जुत्ता... हेर्दा हुने खानेकै छोरीजस्तो देखियो ।

सबै कुरा नियालेपछि उनले साथी बन्न उचित ठाने, अनि ‘रिक्वेस्ट’ स्वीकारे ।

साथी बनेको ३/४ दिनपछि म्यासेज आयो– हाइ !

उनले छोटै जवाफ फर्काए– हेलो ।

विस्तारै कुराकानी हुन थाल्यो । युवतीले आफू ठूलै फ्यान भएको बताइन् ।

केही दिनको कुराकानीपछि भेट्ने निधो भयो ।

त्यसपछि उनीहरू उपत्यकाका क्याफेहरूमा नियमित जसो भेट्न थाले ।

कहिले बानेश्वर, कहिले अनामनगर, त कहिले बिजुली बजारको क्याफेमा बसेर उनीहरू गफिन्थे ।

हरेक भेटमा युवतीले नै कफी खुवाउँथिन् । बिल तिर्न उनी नै अगाडि बढ्थिन् ।

उनीहरूबीचको कुराकानी अब फेसबूक म्यासेन्जरमा मात्र सीमित थिएन, फोनमार्फत पनि गफिन थालिसकेका थिए ।

यसबीचमा एकदिन उनीहरू टोखा पुगे । त्यहीँको एक होटलमा रूम बूक गरेर दिनभरी बसे । सहमतिमै उनीहरूबीच शारीरिक सम्बन्ध भयो ।

साँझ दुवै आ–आफ्नो घर गए ।

त्यसपछि कामको व्यस्तताका कारण २/३ दिन युवतीसँग कुरा गर्न भ्याएनन् । 

अलि फुर्सद मिलेपछि फोन गरे । युवतीले राम्रो रोस्पोन्स गरिनन् ।

भेट्ने कुरा गर्दा बहाना बनाइन् ।

के भएछ भनेर सोच्न नपाउँदै ती कलाकार छाँगाबाट खसेजस्तै भए– युवतीले आफूसँगको सम्बन्धलाई देखाउँदै बार्गेनिङ पो गर्न थालिन् ।

१० लाख नदिए सम्बन्ध बाहिर ल्याइदिने धम्की उनले दिइन् ।

बदनामीको डरले उनी पैसा दिन राजी भए ।

एकैपटक नभएर किस्ता–किस्तामा पैसा दिने सहमति बन्यो ।

उनले विभिन्न किस्ता गरी ८ लाख रुपैयाँ बुझाए ।

अन्तिम किस्ताबापत २ लाख बुझाउन बाँकी छँदा भने उनलाई ती युवतीको नियतमाथि थप शंका लाग्यो ।

आफूलाई युवतीको दाइ बताउने एक युवकले भिडियो सार्वजनिक गरिदिने धम्की समेत दिन थालेका थिए ।

१० लाख नै दिए पनि ‘ब्ल्याकमेल’ गर्न नछाड्ने निश्चय गरेर उनी उजुरी दिन महानगरीय प्रहरी अपराध महाशाखामा पुगे ।

‘८ लाख रुपैयाँ दिइसकेपछि उहाँ यहाँ आउनुभएको थियो, तर पैसा दिएको प्रमाण नभएकाले कारवाही गर्न अप्ठ्यारो परेको छ,’ महाशाखाका एक अनुसन्धान अधिकृतले भने, ‘उहाँले नगदमै पैसा दिएकाले समस्या भयो ।’

अनुसन्धानका क्रममा प्रहरीले ती युवतीलाई बोलाएर सोधपुछ गरेको थियो ।

ती अधिकृतका अनुसार युवतीले आफूले पैसा नलिएको जिकिर गरिन् ।

नाम चलेकै कलाकार भए पनि कानूनी कुरा र सामाजिक सञ्जालबाट हुने अपराधका बारेमा सामान्य जानकारी समेत नपाउँदा प्रहरी चकित बन्यो ।

‘उहाँमा कानून र सामाजिक सञ्जालबाट हुने अपराधको सामान्य ज्ञान पनि पाइएन । नाम चलेका ठूला कलाकारले त कम्तिमा यस्ता विषयमा ज्ञान राख्नुपर्छ,’ लोकान्तरसँगको कुराकानीमा ती प्रहरी अधिकृतले भने ।

(अनुसन्धानमा रहेको विषय भएकाले प्रहरीकै अनुरोधमा पहिचान खुलाइएको छैन ।)

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x