×

NMB BANK
NIC ASIA

एमसीसीको ज्वरो

एमसीसीमा अमेरिकाको ठाडो दबाब, अब के होला ओली, प्रचण्ड र नेपालको रणनीति ?

माघ २८, २०७८

NTC
Premier Steels

अमेरिकी सहायक सहायक विदेशमन्त्री डोनाल्ड लूले तीन शीर्ष नेताहरूलाई फोन गरेर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्न दबाब दिए पछि राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ ।

Muktinath Bank

लूले बिहीवार बिहान पालैपालो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसीबारे चाँडो निर्णय लिन दबाब दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमसीसी अनुमोदन गराउन अमेरिकाको यो पहिलो दबाब भने होइन । गत भदौ २४–२८ मा एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा रहेर सबैजसो दलका शीर्ष नेतालाई भेटेर एमसीसी अनुमोदन गर्न भनेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

गत मंसिर १–३ मा लू नेपाल आएर सबै दलका नेता र उच्चपदस्थ व्यक्तिहरूसँग एमसीसी अनुमोदनबारे छलफल गरेका थिए । उनै सहायक विदेश मन्त्रीले अहिले ‘अन्तिम चेतावनी’को रूपमा एमसीसी अघि बढाउन भनेका छन् । 

Vianet communication

अमेरिकाको यो दबाब पछि राजनीतिक दलहरूले कस्तो पोजिसन बनाउँलान् भन्ने सबैतिर चर्चाको विषय बनेको छ । त्यसमा पनि मुख्यगरी, माओवादी केन्द्र र नेकपा एमालेले एमसीसीको विषयमा आफ्नो पूरानै अडान कायम राख्ला कि नयाँ निर्णय लिन्छ भन्ने चासोपूर्वक हेरिएको छ । 

माओवादी केन्द्रका नेता देव गुरूङ विदेशी मुलुकले दबाब दिएकै आधारमा आफ्नो पार्टीको अडान परिवर्तन नहुने बताउँछन् । अमेरिकी विदेशमन्त्रीको फोन विदेशीको ठाडो हस्तक्षेपको नमूना भएको उनले बताए । 

‘अमेरिकाको सहायक विदेश मन्त्रीले गरेको फोन विदेशी हस्तक्षेपको ठाडो नमूना हो । उसको दबाबको अगाडि झुकेर त्यही अनुसारको निर्णय गर्न थाल्यो भने नेपालको राजनीतिक दलहरू राष्ट्रिय आत्मसमर्पणवादी दलाल रहेछन् भन्ने पुष्टि हुन्छ’, गुरूङले भने । 

अमेरिकनहरूले भनेर आफ्नो पार्टीको निर्णय प्रभावित नहुने उनले बताए । 

एमसीसीमा प्रधानमन्त्री शेरबहादुर देउवाले जवरजस्ती गरेमा गठबन्धन भत्किने र संसद पनि नरहने अवस्था आउने गुरुङको विश्लेषण छ । 

‘गठबन्धनको सरकार छ । गठबन्धनमा रहेपछि कुनै पनि एजेण्डामा सहमतीमा निर्णय हुने हो । त्यसो भएन भने गठबन्धन मानिएन भन्ने अर्थ हुन्छ र गठबन्धन रहँदैन’, गुरूङले भने, ‘गठबन्धनको निर्णय बिना एकलौटी गर्दा गठबन्धन बाँकी रहँदैन । गठबन्धनमा रहेको प्रधानमन्त्रीले एकलौटी गर्न पनि पाउनुहुन्न । गठबन्धन टुट्यो भने मन्त्रीहरूले राजीनामा दिनुहुन्छ । जुन मितिमा मन्त्रीहरूले राजीनामा दिनुहुन्छ, त्यस दिनबाट गठबन्धन पनि सकिन्छ ।’

गठबन्धन भत्किएपछि सरकार कामचलाउ हुने र ६ महिनाभित्रमा निर्वाचन गराउनुपर्ने अवस्था आउने उनले बताए ।  

‘स्थानीय तह चुनावको मुखमा आएर सरकार र संसद दुवै भत्काउने गरी जर्बजस्ती गर्नुहुँदैन । संसदलाई पुरै कार्य अवधि टिक्न दिउँ । सरकार पनि पुरै कार्य अवधि सञ्चालन हुन दिउँ भन्ने हाम्रो प्रयास छ’, गुरूङले भने, ‘एमसीसीमा भएका प्रावधान संशोधनको लागि पहल गर्दै गरौं । संशोधन गर्न माने ठीकै छ, कति संशोधन हुन्छ हेरौं । संशोधन गर्न नमाने पर्खिरहने अवस्था हुन्छ । चार वर्ष पर्खन हुने तर, चुनावको अवधि ६ महिना पर्खन नहुने भन्ने त हुँदैन ।’

संसदको सबैभन्दा ठूलो दल एमालेले भने एमसीसीलाई राजनीतिक हतियारको बनाएको छ ।

नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीले एमसीसीलाई सत्ता गठबन्धन भत्काउन सकिने बलियो रणनीतिको रूपमा उपयोग गरिरहेको छ । गठबन्धन टुट्ने अवस्था भएमा संसदमा एमसीसीको पक्षमा मतदान गर्ने र गठबन्धन रहने अवस्थामा मौन बस्ने पार्टीको रणनीति रहेको एमालेका एक नेताले बताए । अमेरिकी दबाबको सम्मुखमा नपर्ने रणनीति एमालेको देखिन्छ ।  

तर, सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने अमेरिकी विदेश मन्त्री लूले गरेको टेलिफोनलाई सहजरूपमा लिएको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी जतिसक्दो चाँडो संसदबाट पारित गर्नुपर्ने निर्णय गरेको छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी विदेश मन्त्रीको फोन दबाबको लागि नभई एमसीसीबारे सामान्य चासोको रूपमा आएको बताए । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सार्वजनिक गर्दै उनले पार्टी कार्यालय सानेपामा भने, ‘एमसीसी हामीले नै मागेको हो । त्यसको प्राथमिकता हामीले नै निर्धारण गरेको हो । त्यसलाई पारित गर्नुपर्छ भन्ने हाम्रो निर्णय हो ।’

‘नेपालले नै प्रस्ताव गरेर निर्धारण गरेको क्षेत्रमा सहयोग अगाडि बढाएका हौ । तपाईहरूले नै पास गर्ने प्रतिवद्धता जनाउनुभएको हो । के कारणले अप्ठ्यारोमा परेको छ भनेर अमेरिकी विदेशमन्त्रीले प्रश्न गर्नु सामान्य कुरा हो’, प्रवक्ता महतले भने । 

सरकारमा आएका सबै पार्टी एमसीसीको प्रक्रियामा सहभागी भएको र अहिले अन्योलमा राख्ने भन्दा किन यस्तो भएको हो भनेर प्रश्न आउने कुरालाई अस्वभाविक भन्न नमिल्ने महतले बताए । 

राजनीतिक एवं कानूनका विज्ञ डा. युवराज संग्रौला भने राजनीतिक दलहरू विदेशी दबाब सामु झुक्न नहुने तर्क गर्छन ।

‘राजनीतिक दलहरूले यो दबाब थेग्न सक्नुभएन भने स्पष्ट रुपमा उहाँहरूले एमसीसी पास गरेको भन्दा  पनि नेपाललाई अमेरिकाको सुरक्षा नीतिभित्र स्थानान्तरण गरेको हुन्छ । यदी अमेरिकाको सुरक्षा छाता  भित्र नेपाल स्थानान्तरण भयो भने नेपालको परम्परागत पञ्चशिलमा आधारित परराष्ट्र नीति प्रभावित हुन्छ । त्यो भनेको नेपालले असंलग्न नीति छाडेको हुन्छ’, संग्रौलाले भने । 

उनी प्रश्न गर्छन्, ‘असंलग्न नीति छाडेपछि नेपालले भारत र चीनसँग कसरी सम्बन्ध सन्तुलित राख्छ । अमेरिकासँग सहकार्य गरे पनि भारतका सबै कुरा त अमेरिकासँग मिल्दैनन् । नेपाल अमेरिकाको सुरक्षा रणनीतिभित्र बसेर अमेरिकाको सहयोगी देश बन्ने कुरा भारतलाई पनि स्वीकार्य हुँदैन । त्यसबेला उहाँहरू तीन जना नेताले के गर्नुहुन्छ ? चीनसँगको सम्बन्ध उहाँहरू कसरी व्यवस्थित गर्नुहुन्छ ? चीन अहिले अमेरिकासँग प्रतिस्पर्धामा रहेको देश हो र उनीहरूको बीचमा अहिले तनाव छ ।’ 

राजनीतिक दलका नेताले देशको प्रतिनिधित्व कि सरकारमा बसेर फाइदा खाने रहर पाल्ने भन्ने स्पष्ट गर्नुपर्ने उनी बताउँछन् ।

‘आफूलाई कम्युनिष्ट भनेर दावी गर्नेहरू अमेरिकी छातामुनि बस्न तयार हुने हो ? कि हामी कम्युनिष्ट होइनौ भनेर घोषणा गरेर एमसीसी स्वीकार गरे भयो नि । त्यसपछि त जनता प्रष्ट हुन्छन्’, संग्रौलाले भने ।

एमसीसी परियोजना हिन्द प्रशान्त क्षेत्रको रणनीतिक योजना रहेको स्पष्ट भइसकेको उनले बताए । 

‘अब त हिन्द प्रशान्त क्षेत्रको रणनीतिक योजना एमसीसी हो भन्ने प्रष्ट भयो होला नि’, संग्रौला भन्छन्, ‘अमेरिकाले यसरी दबाब दिएपछि चीनले पनि त प्रतिकार गर्छ होला नि । अहिले पो चिनियाँहरू यस विषयमा बोलेका छैनन् र उनीहरूको प्रतिक्रिया के हो हामीले बुझेका छैनौं । कुनै समयमा प्रतिक्रिया आउला ।’

एमसीसीको विषयमा जनतालाई विभाजित गरेको र त्यसमा राजनीतिक दलहरू दोषी रहेको संग्रौलाले बताए । राजनीतिक दलले जनतालाई विभाजित गर्न नपाउने उनले बताए । 

नेपालका राजनीतिक दलहरू विभिन्न अप्ठ्यारो अवस्थाबाट गुज्रिएको आएको कारण अमेरिकी दबाब थेग्न सक्ने अवस्थामा रहेको तर, राजनीतिक दलहरूले जनतालाई कमजोर र मूर्ख ठान्ने प्रवृत्ति रहेको संग्रौलाले बताए ।

गोप्य रूपमा अमेरिकालाई लेखिएको पत्र त्यसको प्रतिविम्ब भएको उनको भनाइ छ । ‘दुवै हातमा लड्डु लिएर खान खोज्दा राजनीतिक दलका नेताहरू फसिसक्नुभएको छ’, संग्रौलाले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x