×

NMB BANK
NIC ASIA

युद्धको चर्चा

रुस–युक्रेन तनाव : तत्काल युद्ध हुन्छ भनेर किन हौवा पिट्दैछ अमेरिका ?

फागुन २, २०७८

NTC
Photo : AFP
Premier Steels

विगत केही महिनायता रुसले युक्रेनको सीमामा एक लाखभन्दा बढी सैनिक र हातहतियार तैनाथ गरेपछि पश्चिमी मुलुकहरूले त्यसलाई युक्रेनमाथि आक्रमणको पूर्वतयारी भनिरहेका छन् । 

Muktinath Bank

रुसले युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको बताइरहे पनि पश्चिमी मुलुकहरूले त्यसलाई पत्याएका छैनन् । रुसी आक्रमण केही दिनभित्रै (केहीले त बुधवार अर्थात् १६ फेब्रुअरीमा) हुने समेत भनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्भावित रुसी आक्रमण रोक्न भन्दै अमेरिका तथा पश्चिमी सैन्य गठबन्धन नेटोका सदस्यहरूले युक्रेनका छिमेकी मुलुकहरूमा सेना तथा हातहतियार तैनाथ गरेका छन् । युक्रेनीहरूलाई अमेरिका र बेलायतले घातक हातहतियार सहायता पनि पठाइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

यसैबीच रुसी आक्रमणको सम्भावना बढेको भन्दै अमेरिका र बेलायतले युक्रेनमा रहेका आफ्ना अत्यावश्यक बाहेक कूटनीतिक कर्मचारीहरूलाई देश छोड्न निर्देशन दिएका छन् । उनीहरूको यस निर्देशनले पनि युद्धको आशंकालाई प्रबल बनाएको छ ।

Vianet communication
रुसले आक्रमण पनि नगरिहालेको तर युक्रेन सीमानजिक खतरनाक हतियार तैनाथ गरेको र बेलारुससँग मिलेर कठोर युद्धाभ्यास पनि गरिरहेको स्थितिले पश्चिमलाई निकै तनाव दिएको देखिन्छ । त्यसैले पश्चिमका शीर्ष नेताहरू तारन्तार पुटिन र रुसका वरिष्ठ अधिकारीहरूलाई फोनमा वा प्रत्यक्ष भेटेर रुसको मनसाय बुझ्न खोजिरहेका छन् । रुसले प्रस्तुत गरेको रणनीतिक अस्पष्टताले वाशिङटनलाई आहत बनाइरहेको छ । 

तनाव घटाउनका लागि अमेरिका र रुसका राष्ट्रपति, परराष्ट्रमन्त्री र राज्यमन्त्री स्तरमा वार्ता गरिएको भए पनि समाधान आउने कुनै लक्षण देखिएको छैन । शनिवार अमेरिकाका राष्ट्रपति जो बाइडन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच एक घन्टा लामो फोन वार्ता भएको थियो । 

उक्त कुराकानीमा बाइडनले रुसी आक्रमण भएमा अमेरिका तथा उसका साझेदारले रुसलाई तीव्र र कठोर मूल्य चुकाउन बाध्य बनाउने चेतावनी दिएको ह्वाइट हाउसको रीडआउटमा उल्लेख गरिएको छ । अनि आक्रमणले अन्तर्राष्ट्रिय रूपमा रुसको गरिमालाई समेत आघात पुर्‍याउने उनले बताए । 

त्यसो त अहिलेसम्म बाइडनले युक्रेनमा अमेरिकी सेना पठाउने निर्णय लिएका छैनन् । तर कूटनीति विफल भएमा अमेरिका अन्य परिदृश्यका लागि समेत तयार रहेको बाइडनले पुटिनलाई बताएका छन् । 

पुटिनका सहयोगी युरी उशाकोभले दुई राष्ट्रपतिबीचको संवाद सन्तुलित र सिधासिधा किसिमको भएको जानकारी दिए । रुसको सुरक्षा चिन्तालाई नेटोले सम्बोधन गर्नुपर्ने कुरा पुटिनले राखेको पनि उशाकोभको भनाइ छ । युक्रेनले मिन्स्क सम्झौताको पालन नगरेको विषयमा पुटिनले गुनासो गरेको जानकारी पनि उशाकोभले दिए ।

रुसले आक्रमण पनि नगरिहालेको तर युक्रेन सीमानजिक खतरनाक हतियार तैनाथ गरेको र बेलारुससँग मिलेर कठोर युद्धाभ्यास पनि गरिरहेको स्थितिले पश्चिमलाई निकै तनाव दिएको देखिन्छ । त्यसैले पश्चिमका शीर्ष नेताहरू तारन्तार पुटिन र रुसका वरिष्ठ अधिकारीहरूलाई फोनमा वा प्रत्यक्ष भेटेर रुसको मनसाय बुझ्न खोजिरहेका छन् । रुसले प्रस्तुत गरेको रणनीतिक अस्पष्टताले वाशिङटनलाई आहत बनाइरहेको छ । 

तर रुस आफ्नो मागका विषयमा स्पष्ट छ । बाइडनसँगको कुराकानीअघि पुटिनले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंसँग फोनमा लगभग दुई घन्टा कुराकानी गरेका थिए । त्यसक्रममा पुटिनले युक्रेनको स्वतन्त्रतालाई सम्मान गर्दै ऊ नेटो गठबन्धनको सदस्य चाहिँ नबनोस् भने । तर पश्चिमले रुसको यो महत्त्वपूर्ण मागलाई बेवास्ता गर्दै खुला द्वार नीति कायम राख्ने बताएको छ । 

रुसले पूर्वतर्फ नेटोको विस्तार रोक्न राखेको माग पनि पश्चिमले मानिरहेको छैन । अनि निरन्तर रुसलाई आक्रमणको चर्को मूल्य चुकाउनुपर्ने भनेर तर्साउन खोजिरहेको छ । तर तर्सिनुको साटो रुसले सीमा नजिक थप सैनिक र हातहतियार तैनाथ गरिरहेको छ । 

रुसको पछिल्लो सैन्य अभ्यास तथा आणविक क्षमतायुक्त हातहतियारको तैनाथी हेर्दा उसको सैन्य क्षमता निकै शक्तिशाली रहेको थाहा हुन्छ । मिग लडाकू विमानमा किन्जल हाइपरसोनिक क्षेप्यास्त्र र अणुबम प्रहार गर्न सक्ने तोप लगायत हतियार तैनाथ गरेर रुसले आफू मागहरूप्रति गम्भीर रहेको र त्यसलाई पूरा गराउने शक्ति पनि आफूसँग रहेको सन्देश दिएको छ । 

मुख्य कुरा त, रुसले गरेको सैन्य अभ्यासको स्तर हेर्दा त्यो युक्रेनमाथिको आक्रमणका लागि मात्र नभएको देखिन्छ । आखिर युक्रेन र रुसको सैन्य क्षमताको कुनै तुलना पनि हुन सक्दैन । 

विश्वभरि हातहतियारको तैनाथीका विषयमा आँकडा राख्ने संस्था स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार, सन् २०२० मा रुसले सेनामा ६१.७ अर्ब डलर खर्च गरेको थियो । उता युक्रेनले त्यही समयमा ५.९ अर्ब डलर खर्च गरेको थियो । विश्वका अत्याधुनिक तथा घातक हतियारहरू रुसमा बन्ने गर्छन् भने युक्रेनले आक्रामक हतियार विदेशबाट ल्याउनुपर्छ । 

त्यसैलाई आकलन गरेर अमेरिकाको गुप्तचर निकायले युक्रेनमाथि आक्रमण भएमा रुसले दुई दिनमा युद्ध जित्न सक्ने बताएको थियो । त्यसैले रुसको अहिलेको तयारी युक्रेनमा मात्र सीमित हुने देखिँदैन, त्यसभन्दा ठूला उद्देश्यहरू पूरा गर्ने योजना रुसले बनाएको देखिन्छ ।

कतिपय विश्लेषकहरूले रुसले आफ्नो माग पूरा गराउन बाल्टिक मुलुकहरू (इस्टोनिया, लिथुएनिया र लाट्भिया) लाई समेत निशाना बनाउन सक्ने सम्भावना औंल्याएका छन् । ती देशहरू रुसका विरुद्ध बढी आक्रामक छन् किनकि उनीहरूलाई सोभियत संघको तीतो यादले अझैसम्म सताउँछ र रुसले फेरि आफूहरूमाथि कब्जा गर्ला भन्ने भय पनि छ । बाल्टिक मुलुकहरूमाथिको आक्रमण अनुमानको कुरा भयो तर रुसको विशाल तैनाथीले त्यसका लागि पनि रुस तयार रहेको संकेत भने दिन्छ । 

माथि उल्लेख भएबमोजिम, अमेरिका र पश्चिम रुसको अभीष्ट के हो भन्ने विषय थाहा नपाएर रनभुल्लमा छन् । यसले उनीहरूमा डर र आक्रोश समेत बढाएको छ । त्यसैले रुसलाई आक्रमण गरेमा ठूलो मूल्य चुकाउनुपर्ने भन्दै उनीहरूले तर्साइरहेको देखिन्छ । 

यससँगै अमेरिकाको युद्धप्रेमी खेमा चाहिँ नेटो र रुसबीच युद्ध होस् र हतियार उद्योगले नाफा कमाउने अवसर पाओस् भन्ने चाहनाका लागि उत्तेजक कुरा गरिरहेको छ ।

अमेरिकाको डेमोक्रेटिक पार्टीकी पूर्वसांसद तुलसी गाब्बार्डले फक्स न्युजका टकर कार्लसनसँगको अन्तर्वार्तामा यसलाई इंगित गरेकी छन् । उनका अनुसार, रुससँगको शीतयुद्धलाई ठोस रूप दिन तथा हतियारमा गरिने खर्चलाई जायज ठहर्‍याउन युक्रेन युद्धको चाहना हतियार उद्योगले राखेको छ ।

हुन पनि अफगानिस्तान युद्ध अन्त्य भएपछि अमेरिकी सेनाले खर्च वृद्धिलाई जायज ठहर्‍याउनका लागि नयाँ शत्रु खोज्नुपर्ने आवश्यकता छ । यस्तो अवस्थामा युक्रेनी लोकतन्त्रलाई निरंकुशतावादी रुसीहरूबाट बचाउनका लागि रुससँग युद्ध गर्नुपर्ने तर्क हतियार उद्योगले गर्नु आश्चर्यको कुरा हैन । 

युद्धका लागि युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की तयार नभएको स्थितिले पनि पश्चिमलाई तनाव दिएको छ । रुसी आक्रमणको हौवाका कारण युक्रेनको अर्थतन्त्र कमजोर बनेको भन्दै उनले त्रास नफैलाउन पश्चिमलाई आग्रह गरिरहेका छन् । बुधवार आक्रमण हुन लागेको भनी पश्चिमी सञ्चारमाध्यममा खबर आएपछि त्यसलाई पुष्टि गर्न समेत उनले चुनौती दिएका छन् । 

युद्धका लागि युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की तयार नभएको स्थितिले पनि पश्चिमलाई तनाव दिएको छ ।

रुसी आक्रमणको हौवाका कारण युक्रेनको अर्थतन्त्र कमजोर बनेको भन्दै उनले त्रास नफैलाउन पश्चिमलाई आग्रह गरिरहेका छन् । बुधवार आक्रमण हुन लागेको भनी पश्चिमी सञ्चारमाध्यममा खबर आएपछि त्यसलाई पुष्टि गर्न समेत उनले चुनौती दिएका छन् । 

यसैबीच बेलायतका लागि युक्रेनका राजदूत भादीम प्रिस्ताइकोले रुससँगको सम्भावित युद्ध रोकिन्छ भने युक्रेन नेटोमा नजोडिन सहमत हुने बताए । पछि उनले आफ्नो बयान फिर्ता लिएको भए पनि युद्धका विषयमा युक्रेनका सम्भ्रान्तहरू उदासीन रहेको यसबाट थाहा हुन्छ । आखिर, रुससँग युद्ध भएमा युक्रेन ध्वस्त हुन्छ भन्ने कुराको जानकारी उनीहरूलाई छ ।

तर युक्रेनलाई बलि चढाएर भए पनि रुससँग युद्ध गर्नका लागि पश्चिम लालायित देखिएको छ । रुस र युक्रेन दुवैले युद्ध हुँदैन भनिरहँदा पश्चिमले चाहिँ एकोहोरो आक्रमणको रटान गरिरहनुले यसप्रतिको आशंका प्रबल बनेको हो । 

रुसलाई युद्धमा होम्नका लागि युक्रेनको डोनबास क्षेत्रमा रुसीभाषी जनतामाथि झूटो आक्रमण गरिन सक्ने आशंका पनि कतिपयले गरेका छन् । युरोपेली सुरक्षा निकाय अर्गनाइजेसन फर सिक्योरिटी यान्ड कोअपरेसन इन युरोप (ओएससीई) का अमेरिकी कर्मचारीहरू डोनबास क्षेत्रमा शान्तिबहाल गराउनका लागि निगरानी गरिरहेकोमा अहिले त्यहाँबाट निस्केकाले पनि झूटो आक्रमणको बाटो खुलेको आशंका गर्न सकिन्छ । 

त्यसो त उक्त क्षेत्रमा रुसले झूटो आक्रमण गरी त्यसको वीभत्स भिडियो बनाएर युक्रेनमा सेना प्रवेश गराउन सक्ने आरोप समेत पश्चिमले लगाइरहेको छ । 

दुवै पक्ष आआफ्नो अडानमा कायम रहेकाले विद्यमान तनाव तत्कालै घट्ने देखिँदैन । सानो भूल हुँदा पनि तनाव युद्धमा परिणत हुन सक्छ । तर अन्ततोगत्वा यसको कूटनीतिक समाधान निस्कने आशा विश्व समुदायले गरेको छ किनकि आणविक शक्तिसम्पन्न रुस युद्धमा होमिएमा त्यसको परिणाम निकै भयावह हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x