×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री शेरबहादुर देउवालाई खुलापत्र

फागुन ५, २०७८

NTC
Premier Steels

सम्माननीय शेरबहादुर देउवाज्यू,

Muktinath Bank

प्रधानमन्त्री,


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,


Advertisment
Nabil box
Kumari

सिंहदरबार, काठमाडौं । 

Vianet communication

२०७८ फाल्गुन ५

विषय : विधिको शासन कायम गर्ने तथा अदालतको फैसला कार्यान्वयन गर्ने विषयमा यहाँको प्रतिबद्धताका सम्बन्धमा ।

प्रधानमन्त्रीज्यू,

मैले तपाईंसँग व्यक्तिगत भेटघाट गर्न खोजेकी थिएँ तर हालसम्म भेट गर्न सकेकी छैन । त्यसैले मेरी  छोरी मैना सुनुवारको मुद्दामा अदालतले गरेको फैसलालाई सम्मान गरी छोरीका हत्याराहरूलाई पक्राउ गर्न र हामी सबैलाई सुरक्षा र न्यायको प्रत्याभूति गरी विधिको शासनप्रति तपाईंको प्रतिबद्धताका लागि यो पत्र लेख्दैछु । 

प्रधानमन्त्रीज्यू,

मेरी छोरीको मुद्दाको विषयमा तपाईंलाई जानकारी होला भनी आशा व्यक्त गर्छु । तपाईंले बिर्सिसक्नु भएको भए म संक्षेपमा स्मरण गराउँछु । मेरी १५ वर्षीया छोरीलाई तत्कालीन शाही नेपाली सेनाले २०६० फागुन ५ गते घरबाट पक्राउ गरेर लगेको थियो । त्यसपछि उनलाई बेपत्ता बनाइयो । राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय लगायतका मानवअधिकार संगठन र मानवअधिकारकर्र्मीहरूले मलाई छोरीको स्थिति पत्ता लगाउन सहायता गरेका थिए । २०६३ सालमा काभ्रे जिल्लाको पाँचखालमा रहेको वीरेन्द्र शान्तिसेना तालिम केन्द्रको प्रांगणबाट मेरी छोरीको भौतिक अवशेष उत्खनन गर्न उनीहरूले मलाई सहयोग गरेका थिए । 

नेपाली सेनाको आन्तरिक दस्तावेजले मेरी छोरीलाई कसरी यातना दिएर हत्या गरियो र विभिन्न सैनिक अधिकृतहरूले यस घटनालाई लुकाउन कस्तो प्रयास गरे भन्ने कुरा स्पष्ट हुन्छ  । बेपत्ता पारिएको तीन वर्षसम्म छोरी कहाँ थिइन् भन्ने कुरा पत्ता नलाग्दा हामीलाई ठूलो पीडा भएको थियो । सैनिकहरूले छोरीलाई लगेकाले उनी एक दिन अवश्य घर फर्किनेछिन् भनी मैले आशा गरेकी थिएँ । तर सैनिकहरूले म र मेरो परिवारलाई नभई छोरीका हत्याराहरूलाई संरक्षण गरिरहेको छ । सरकारले वर्षैपिच्छे सेनामाथि अर्बौं रुपैयाँ खर्च गर्छ तर त्यही सेनाले घटनाको अनुसन्धानमा कहिल्यै सहयोग गरेन । सेनाले अदालतको आदेश समेत सम्मान गरेन । 

तेह्र वर्षसम्मको कानूनी संघर्षपछि २०७४ वैशाखमा  काभ्रे जिल्ला अदालतले मेरी छोरीको हत्यामा संलग्न तीनजना सैनिक उच्च अधिकृतलाई दोषी ठहर गरेको थियो । तर उनीहरू हालसम्म  पक्राउ परेका छैनन् र कानूनबमोजिम सजाय भोगिरहेका छैनन् ।

तपाईंलाई प्रधानमन्त्री बनाउने लोकतन्त्र म लगायत म जस्ता कैयौं परिवारको पीडा र वेदनामा आधारित छ । तपाईंले पालन गर्छु भनी प्रतिबद्धता व्यक्त गर्नुभएको संविधानले कोही पनि कानूनभन्दा माथि छैन र सबैलाई न्यायको अधिकार छ भनी उल्लेख गरेको छ । तर मेरी छोरीलाई गैरकानूनी रूपमा पक्राउ गरी चरम यातना दिएर हत्या गर्ने सैनिक अधिकृतहरू अझै पनि किन कानूनभन्दा माथि छन् ?

हामीले खोजिरहेको न्याय संक्रमणकालीन न्यायका संयन्त्रहरूले उपलब्ध गराउने भनी मलाई विभिन्न राजनीतिक दलका नेताहरूले बताएका थिए । तर ती संयन्त्रहरूले मेरी छोरीका हत्याराहरूलाई कहिले न्यायको दायरामा ल्याउँछन् ? संक्रमणकालीन न्यायका दुई आयोगले आफ्नो कार्यादेश पूरा गर्न सकेका छैनन् र तिनका कानूनी संरचनाले नेपालको संविधानका प्रावधानलार्ई समेत उल्लंघन गरेका छन् । यसका बावजूद राजनीतिक दलहरूले कानून संशोधन गरेका छैनन् । संक्रमणकालीन न्यायका यी संयन्त्रसम्बन्धी ऐनलाई संशोधन गर्नका लागि सर्वोच्च अदालतले दिएको आदेश कहिले कार्यान्वयन गरिन्छ ?

प्रधानमन्त्रीज्यू,

यी पीडकहरूलाई न्यायको दायरामा नल्याउन्जेल म विश्राम गर्दिनँ भनी छोरीलाई मैले प्रतिज्ञा गरेकी छु । मेरी छोरीको भौतिक अवशेष अहिले पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा छ र अदालतको फैसला कार्यान्वयन नभएकाले मैले उनको अन्त्येष्टि समेत गर्न पाएकी छैन ।

बाँचिरहेकी भए मेरी छोरी तपाईंको छोरा जस्तै ३३ वर्षकी हुन्थिन् । मैले उसका विषयमा धेरै सपना देखेकी थिएँ जसरी तपाईंले आफ्नो छोराका लागि देखिरहनुभएको छ । म र मेरो परिवारको सर्वस्व लुटिएको छ । म छोरीलाई फिर्ता ल्याउन सक्दिनँ र उसलाई गुमाउनुपर्दाको पीडा केही कुराले पनि पूरा गर्न सक्दैन । तर हत्याका लागि दोषी ठहर भएकाहरूलाई न्यायको दायरामा ल्याएर अदालतको आदेशलाई सम्मान गर्ने प्रधानमन्त्रीज्यूको प्राथमिक कर्तव्य पूरा गर्नुभएको म देख्न चाहन्छु । त्यसो हुँदा म र मेरो परिवारलाई मात्र नभई सशस्त्र द्वन्द्वमा यस्तै क्षति बेहोरेका सयौं पीडितलाई सुरक्षा र आशा  दिलाउनेछ । 

पीडकलाई नभई पीडितलाई संरक्षण गर्ने तथा देशमा विधिको शासन सुनिश्चित गर्नका लागि अदालतको आदेशलाई सम्मान गर्ने विषयमा तपाईंको प्रतिबद्धता पूरा हुने प्रतीक्षामा छु । 

म अझै पनि तपाईंलाई भेट्ने र यस विषयमा कुराकानी गर्ने आशा गरिरहेकी छु । 

भवदीय,

देवी सुनुवार

काभ्रेपलाञ्चोक, खरेलथोक–११

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x