×

राजनीति

बालकोटमा देउवा–ओली वार्ता : एमसीसी अनुमोदनमा सहयोग गर्न प्रस्ताव

ओलीको सचिवालयले भन्यो– अहिले मिडियामा बताउन पर्ने केही कुरा छैन

फागुन ५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोग गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् । सत्ता गठबन्धनमा एमसीसीमा सहमति नभएपछि प्रधानमन्त्रीले विपक्षी दललाई सहमत गराउने कोशिष गरेका हुन् ।

बिहीवार राति भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवास पुगेर देउवाले एमसीसीमा समर्थन गर्न आग्रह गरेका हुन् । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सकिएलगत्तै पत्नीसहित देउवा बालकोट पुगेका थिए ।


Advertisment

झण्डै २ घण्टा लामो भेटमा एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव बारे छलफल भएको थियो । स्रोतका अनुसार ओलीले वैशाख ३० गतेका लागि तोकिएको चुनाव प्रभावित पार्न महाभियोग प्रस्ताव दर्ता गरिएको भन्दै आपत्ति जनाएका थिए ।


Advertisment

राति साढे ८ बजेपछि बालकोट पुगेका देउवा झण्डै साढे १० बजे बालकोटबाट बाहिरिएका थिए । एकचरण छलफल गरेर बाहिरिएका देउवा एमालेका अरु नेताहरु गएपछि फेरि छलफलमा बसेका थिए ।
दुई नेताहरुबीच भएको यो महत्वपूर्ण भेटवार्ताबारे दुवै पक्षले खुलाएको छैन । ‘मिडियामा भन्नु पर्ने केही कुरा भएको छैन’ ओलीको सचिवालयले भन्यो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भने देउवा ओलीको भेटप्रति शंका व्यक्त गरेको छ । ‘एमसीसी पास गर्न सत्तासाझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलीलाई गुहार्न अहिले भर्खर बालकोट पुगेका छन’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका छन् ।

गठबन्धनको बैठक भोलि बिहान १० बजेका लागि तय भएको छ । प्रधानमन्त्री देउवाले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा कार्यव्यबस्था परामर्श समितिको बैठकमा कानून मन्त्री दीलेन्द्र बडूले एमसीसी टेबुल गर्न प्रस्ताव गरेका थिए । तर सहमति नजुट्दा बुधवार कार्यसूचीमा परेको थिएन ।

शुक्रवार दिउसो १ बजे बस्ने प्रतिनिधि सभा बैठक अघि साढे ११ बजेका लागि कार्यव्यबस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x