×

NIC ASIA

सरसर्ती २४ घण्टा

नेपालमा एमसीसीबारे शक्तिराष्ट्र अमेरिका–चीन आमनेसामने

फागुन ७, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रघाती भएको भन्दै दिनहुँजसो प्रदर्शन भइरहँदा शुक्रबार अमेरिकाले चेतावनीयुक्त वक्तव्य जारी गर्यो । अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा एमसीसीको नाममा हिंसात्मक गतिविधि अमेरिकालाई मान्ने नहुने बतायो ।

वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसमा अमेरिकाले समर्थन गर्ने र एमसीसीको विषयमा पनि अमेरिकाको सोही धारणा रहेको तर हिंसा भड्काउने किसिमको विचार स्वीकार्य दूतावासको भनाइ छ । 
उसो त दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एक साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी एमसीसी सम्झौता’दयगत अमेरिकाको धारणा सार्वजनिक गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाले एमसीसी नेपालको संसदबाट पास गर्न दवाव बढाइसकेको बेला अर्को शक्ति राष्ट्र चीन पनि यसबारे बोलेको छ । शुक्रवार चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालमा ‘धम्की कूटनीति’ गरेको भन्दै प्रतिरोध गर्ने चेतावनी दिएका छन् । एमसीसीका कारण नेपालमा चीनको परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ लागू नहुन सक्ने भन्दै प्रवक्ता पिनले चेतावनी दिएका हुन् ।


Advertisment
Rupse Holidays
Nabil box

नेपालमा एमसीसीको विषयमा दलहरुबीच तीव्र अन्तरविरोध छ । सत्ता घटक दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी नै एमसीसीको पक्षमा छैनन् । विवादकै कारण  एमसीसी संसदमा टेबल हुन नसकिरहेका बेला नेपालको एमसीसीका विषयमा अमेरिका र चीन आमनेसामने भएका हुन् ।  

Vianet communication

लोकान्तर राउण्ड अपमा २४ घण्टाका अन्य समाचारः

बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । अर्को बैठक अब फागुन ८ गते पुनः बस्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार नै एमसीसी टेबल गर्नुपर्छ भने पनि अन्य नेताहरूले भने ८ गतेसम्म कुर्न आग्रह गरेका थिए ।
यसैगरी नेपाली कांग्रेसका नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे फागुन ८ गतेको बैठकबाट टुंगोमा पुग्ने बताएका छन् । गठबन्धनको बैठकपछि मन्त्री कार्कीले ८ गते एमसीसीबारे टुंगोमा पुगिने बताएका हुन् ।
००००
विवादको भूमरीमा परेको एमसीसीको विरोधमा शुक्रवार पनि प्रदर्शन भएका छन् । प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्ने तयारी भएको भन्दै साना कम्युनिस्ट पार्टीले शुक्रवार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
००००
अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी टेबुल गर्ने विषयमा छलफलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको बैठक आइतवारसम्मका लागि स्थगित भएको छ । सरकारले बुधवार र शुक्रवार बसेको बैठकमा एमसीसी टेबुल गर्ने प्रयास गरेको थियो । 

दलहरूबीच सहमति जुट्न नसकेपछि सामान्य कार्यसूची राखेर शुक्रवार प्रतिनिधि सभाको बैठक राखिएको थियो । विगतमा जस्तै बैठक शुरू हुनासाथ नेकपा एमालेले केहीबेर नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरे ।
००००
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ । फागुन ८ र ९ गते बस्ने भनिएको बैठक अब फागुन २० मा बस्नेछ । 
केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार विशेष राजनीतिक परिस्थितिका कारण बैठक सरेको हो ।
००००
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । शुक्रवार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शाहीलाई स्वागत गरेका हुन् । यस्तै शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’को कमिटीसमेत राप्रपामा समाहित भएको छ ।
००००
सरकारले वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । वन तथा वातावरण मन्त्री रामसहाय यादवको प्रस्तावमा मन्त्रिपरिषदको बिहीवारको बैठकले उनलाई बर्खास्त गरेको हो । 
त्यसैगरी, सरकारले श्रमिक अस्पताल स्थापनाको लागि प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
मन्त्रिपरिषदको बैठकले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कंडेलको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।
००००
पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१ नमूना परीक्षणमध्ये २७५ पीसीआर र १६२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार थप २४५४ जना संक्रमणमुक्त भएका छन् ।हाल मुलुकभर १४ हजार ४३५ सक्रिय संक्रमित छन् ।
००००
न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा छलफल गरिएको छ । 
सर्वोच्च अदालतमा देखिएको विकृति, विसंगति, अन्त्यका लागि दिइएको प्रतिवेदन कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा छलफल भएको एक न्यायाधीशले बताए । 
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा शुक्रवार पहिलो पटक फुलकोर्ट बैठक बसेको हो ।
००००
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीको बाँकी कैद मिनाहा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शनिवारदेखि लागू हुने गरेर उनीहरूको कैद मिनाहा गरेकी हुन् । त्यस्तै १२ जनाको सजाय माफी गरिएको छ ।
००००
राप्रपा नेपालले अध्यक्ष लाक्पा तामाङले पार्टी हित तथा विधान विपरीत कार्य गरेको भन्दै साधारण सदस्यबाट निष्काशन गरेको छ । पार्टीले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष तेजराज भुजेलले आफ्नो अध्यक्षतामा शुक्रवार बसेको पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठकले अध्यक्ष तामाङलाई कारबाही गरेको जानकारी दिए ।
००००
मधेस सरकारले सङ्घीय सरकारले प्रहरी भर्नाका लागि आह्वान गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । गत मङ्सिर १० गते सङ्घीय सरकारले ठूलो सङ्ख्यामा प्रहरी निरीक्षकदेखि भान्सेसम्मका पदमा भर्ना खुलाएको छ । सो भर्नासम्बन्धी विज्ञापन प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ विपरीत निकाले भन्दै मधेस प्रदेश सरकारले मुद्दा दायर गरेको हो ।
००००
केही पहिले विवेकशील साझा पार्टीबाट अलग भएको घोषणा गरेकी राजनीतिक कार्यकर्ता रञ्जु दर्शनाले विवाहका लागि इन्गेजमेन्ट गरेकी छन् । उनले किशोर कुइकेलसँग इंगेजमेन्ट गरेकी हुन् । सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको दर्शनाले शुक्रबार जानकारी दिएकी छन् । उनको बिहेचाहिँ कहिले हुने भन्नेबारे खुलाइएको छैन ।
००००
आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपालले विजयी शुरूआत गरेको छ ।
ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेको नेपालले कसिलो बलिङ गर्दै घरेलु टोली ओमानविरुद्ध ३९ रनको जीत सुनिश्चित गरेको हो ।
नेपालले दिएको १ सय १८ रनको झिनो लक्ष्य पछ्याउने क्रममा ओमान १७ ओभरमा ७८ रनमा समेटियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x