×

NIC ASIA

एमसीसी अनुमोदनको सकस

‘निर्णायक’ वार्ताका लागि बालकोट जाँदै प्रधानमन्त्री देउवा

फागुन १४, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार बालकोट जान लागेका छन् । 

Muktinath Bank

अपरान्ह ५ बजे प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको भेट हुन लागेको ओलीको सचिवालयले बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदमा पेश भएको एमसीसी अनुमोदनका लागि एमालेको सहयोग लिने प्रधानमन्त्री देउवाको प्रयास छ । 


Advertisment
Nabil box
Kumari

त्यसका लागि एमालेलाई मनाउन देउवा निरन्तर संवादमा छन् । शुक्रवार साँझ पनि कांग्रेस र एमालेका नेताहरूबीच लामो संवाद भएको थियो । 

Vianet communication

शुक्रवारको संवादबाट ठोस निष्कर्षमा पुग्न नसकेका नेताहरू आज फेरि भेट्ने सहमतिसहित छुट्टिएका थिए ।

एमसीसीमा सहयोगका लागि सभामुखको राजीनामा गराउनुपर्ने नभए एमालेले १४ जना सांसदलाई कारवाही गरेर संसद सचिवालयमा पठाएको पत्र सभामुखले टाँस्नुपर्ने माग गरेको छ । 

कांग्रेस भने एमालेको मागमा सहमत भइसकेको छैन । आज हुने नेताहरूको भेटमा एमसीसी अनुमोदनबारे कांग्रेस र एमालेका नेताहरूबीच निर्णायक वार्ता हुने बताइएको छ ।

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसी अनुमोदन गराउन सघाउने प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री देउवा आश्वस्त हुन नसकेको उनी निकट नेताहरू बताउँछन् । 

देउवाले एमसीसीको पक्षमा मतदान सुनिश्चितता गर्न प्रचण्ड र माधव नेपाललाई भनेका छन् । तर, उनीहरूले भने एमसीसी निर्णयार्थ प्रस्तुत हुने संसद बैठक बहिस्कार गरेर सहयोग गर्ने बताएका थिए । 

तर, देउवालाई भने प्रचण्ड र माधव नेपालको प्रस्तावमा भर नलागेको उनी निकट स्रोतले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x