×

NIC ASIA

एमसीसीमाथि छलफल

व्याख्यात्मक घोषणा लागू गर्न अमेरिका तयार छ भन्ने ग्यारेण्टी गर्नुपर्छ- झलनाथ खनाल

फागुन १५, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका 'सम्मानित' नेता झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मा संसदले पास गर्ने तयारी गरेको व्याख्यात्मक घोषणा कार्यान्वयनको ग्यारेण्टी माग गरेका छन् । 

Muktinath Bank

प्रतिनिधि सभामा एमसीसीमाथि आइतवार भएको सैद्धान्तिक छलफलमा भाग लिँदै खनालले आफूहरूले गर्न खोजेको व्याख्यात्मक घोषणाअनुसार संशोधन गर्न तयार छ भन्ने कुरा सरकारले ग्यारेण्टी गर्नुपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले एमसीसीको व्याख्यात्मक कुरा राखेर पारित गर्ने कुरा भइरहेको छ । एकतर्फी रूपले मात्र घोषणा गर्दा त्यो कार्यान्वयन नहुन सक्छ । यो संसदले व्याख्या गरेको कुरा एमसीसी मान्न तयार छ भने यो सम्झौता सुधार गर्न सकिन्छ । सदनले पास गरेको संशोधन लागू गर्न अमेरिका तयार छ भन्ने कुराको ग्यारेण्टी सदनले जान्न चाहन्छ,’ खनालले भने, ‘हामीले अमेरिकी सहयोग नलिऔँ भनेका छैनौँ, यथास्थितिमा हामी संशोधनको पक्षमा छैनौँ, नो एमसीसी ।’


Advertisment
Nabil box
Kumari

खनालले एमसीसी सम्झौतामा धेरै आपत्तिपूर्ण कुरा रहेकोले विरोध गरिएको बताए । ‘एमसीसी सम्झौतामा एक ठाउँ होइन ठाउँठाउँमा अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणा लागू हुने कुरा गरिएको छ, जुन शर्त हामीलाई मान्य छैन, हामी हाम्रै सुरक्षा छाता ओढ्न चाहन्छौं,’ खनालले भने । 

Vianet communication

अमेरिकाको प्रचलित कानून र भविष्यमा बन्ने कानून मान्नुपर्ने कुरा आपत्तिपूर्ण रहेको बताए । ‘अमेरिकाले तिब्बत कानून बनाउँदैछ, हङकङ कानून बनाउँदैछ, ती कानून पनि हामीले पारित गर्ने ? हाम्रो देशले सबै अमेरिकी कानून मान्दै गए छिमेकी देशसँगको सम्बन्ध कस्तो होला ? जुन देशले छिमेकीसँगको सम्बन्ध राम्रो बनाउन सक्दैन त्यो देशको भविष्य हुँदैन,’ खनालले भने, ‘नेपालले युक्रेनबाट पाठ सिकेर छिमेकीसँगको सम्बन्धमा दूरदर्शी र बुद्धिमत्तापूर्ण ढंगले निर्णय गर्नुपर्छ ।’

खनालले एमसीसीबारे छलफलका लागि संसदको वातावरण अनुकूल नरहेको भन्दै राजनीतिक सहमति कायम गरेर छलफल गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे । 

सम्झौतामा अमेरिकाले चाहेको अवस्थामा जुनसुकै समयमा संशोधन हुन सक्ने उल्लेख भएको र त्यसअनुसार संशोधन गराउनुपर्ने खनालले बताए ।  

‘यथास्थितिमा नो एमसीसी । यस्थास्थितिमा एमसीसी पारित गर्ने अवस्थामा छैनौँ,’ उनले भने । 

संसदको अवरोध खुलाउन प्रधानमन्त्रीले पहल गर्नुपर्ने र नसक्दा प्रधानमन्त्रीमाथि  प्रश्न उठ्ने पनि खनालले बताए । 

एमसीसीमाथि छलफल गर्नका लागि संसदमा छलफलको वातावरण बनाइनुपर्ने उनले बताए । 

‘वेलमा जे आवाज आइरहेको छ त्यो बन्द हुनुपर्‍यो । समामुखले वेलमा शान्ति स्थापना गर्ने उपाय निकाल्नुपर्छ,’ खनालले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x