×

NMB BANK
NIC ASIA

नेपाली सेनाले ४ वटा हिमाल भएका ३५ टन फोहोर संकलन गर्ने भएको छ ।

Muktinath Bank

सेनाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से र मनास्लुमा रहेको फोहोर संकलन गरेर रिसाइकलिङ गर्न लागेको सेनाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सगरमाथाबाट बेस क्याम्पभन्दा माथि रहेका ६ टन र बेस क्याम्प वरपरका ८ टन गरी १४ टन फोहोर संकलन गरिने सेनाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

कञ्चनजंघाको बेस क्याम्प वरपरको ७ र बेस क्याम्पभन्दा माथि ३ टन गरी १०, ल्होत्सेको बेस क्याम्प वरपर ४ र बेस क्याम्पभन्दा माथि २ गरी ६ टन र मनास्लुको बेस क्याम्पमा ३ र बेस क्याम्पभन्दा माथि २ गरी ५ टन समेत जम्मा ३५ टन फोहोर संकलन गर्न लागेको नेपाली सेनाका सहयाक रथि हिमान्सु खड्काले केही दिनअगाडि जङ्गी अड्डामा भएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । 

Vianet communication

सेनाले आफ्नो नेतृत्वमा विभिन्न निकायहरूसँगको समन्वयमा ३ चरणको कार्याक्रम बनाएर हिमाल सफा गर्न लागेको छ । 

यस क्रममा पर्यटन विभाग, वातावरण विभाग, हिमालयन एसोसिएसन, पर्यटन बोर्ड लगायतका सरकारी र गैरसरकारी निकायसँग समन्वय गरिने सेनाले जनाएको छ । 

पहिलो चरणमा कात्तिक २० गतेदेखि फागुन १५ गतेसम्म पूर्व तयारीको काम सकिएको छ । दोस्रो चरणमा फागुन १५ गतेदेखि चैत १५ गतेसम्म तालिम सञ्चालन गरिएको छ भने फागुन २२ गतेदेखि ४ वटा हिमालहरूको सफाइ शुरू गर्न लागेको सेनाले जनाएको छ । 

अघिल्लो वर्ष सेनाले धवलागिरि, मकालु र सगरमाथा ३ वटा हिमालबाट २७.६ टन फोहोर संकलन गरेर १० टन रिसाइकल गरेको थियो । सफाइका क्रममा सेनाले ४ वटा मृत शरीरहरू पनि फेला पारेको थियो । ४ वटा हिमालमा ३ सय मृत शरीर भएको अनुमान गरिएको सेनाले जनाएको छ ।

हिमालयमा हिउँ पग्लिने क्रम देखा परेको र जलवायु परिर्वतनका असरहरू वृद्धि भएको भन्दै त्यसलाई नियन्त्रण गर्ने अपेक्षासहित नेपाल सरकारको सहयोगमा सेनाले हिमाल सफाइ अभियान शुरू गरेको हो ।

कति लाग्छ जनशक्ति ?

हिमाल सफाइ अभियानमा ९१ जना जनशक्ति लाग्ने नेपाली सेनाले जनाएको छ । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुमा १/१ जना अभियान लिडर र २/२ जना डाक्टर अधिकृत तथा बेस क्याम्प म्यानेजर खटिने छन् ।

सगरमाथामा र ल्होत्सेमा ८/८ जना र कञ्चनजंघा र मनास्लुमा ६/६ जनाको भेरिफिकेसन मोनिटरिङ टीम, फोहोर संकलन र लोड गर्ने कुल ४८ जना र रियर अप्स तथा समन्वयका लागि १४ जना लाग्ने नेपाली सेनाले जनाएको छ । सेनाले लोड फेरीका लागि आवश्यक परेका शेर्पा सपोर्टरहरूको संख्या थप गर्न सकिने बताएको छ ।

साढे ४ करोड रकम अपुग

सेनाले लक्षित फोहोर संकलन गर्नका लागि सरकारले छुट्टयाएको रकममा ४ करोड ६६ लाख ७० हजार ३७२ रुपैयाँ अपुग हुने बताएको छ । 

सेनाका अनुसार १२ करोड २९ लाख ६७ हजार ३७२ रुपैयाँ खर्च लाग्छ । तर सरकारले ८ करोड ३० लाख रुपैयाँ मात्र खर्च छुट्टयाएको छ ।  

पर्सनल क्लोदिङ तथा इक्युपमेन्ट खरिदमा ९६ लाख, ह्यान्डलिङ एजेन्सीको खरिदमा ६ करोड १९ लाख ५० हजार, भत्तामा ६९ लाख ४२ हजार र विविध खर्चमा ४ करोड ४५ लाख रुपैयाँ लाग्ने सेनाले जनाएको छ ।

अघिल्लो वर्ष सरकारले १० करोड रुपैयाँ रकम विनियोजन गरेको थियो । सेनाले आफ्नो तर्फबाट हवाइ इन्धन, मेडिकल खर्च र सञ्चारमा मात्रै १ करोड ३० लाख रुपैयाँ खर्च हुने बताएको छ ।

तस्वीरहरू : हिमाल सफाइ अभियान

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x