×

NMB BANK
NIC ASIA

एमसीसी पारित गर्न सघाएको भन्दै एमालेलाई सरकारको धन्यवाद

फागुन १८, २०७८

NTC
Premier Steels

सरकारले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्ने प्रक्रियामा सघाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई धन्यवाद दिएको छ ।

Muktinath Bank

एमसीसी अनुमोदन भएको भोलिपल्ट फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन सहज गराउन भूमिका खेलेको भन्दै गठबन्धनका दलहरूलाई समेत धन्यवाद ज्ञापन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन १५ गते प्रतिनिधि सभाबाट एमसीसी पारित गर्दा एमालेले नाराबाजी गरिरहेको थियो । 


Advertisment
Nabil box
Kumari

सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी एमसीसी अनुमोदन गराउन सहज वातावरण बनाउन सहयोग गर्ने गठबन्धनका दल, प्रमुख प्रतिपक्षी दल, सभामुख र सदस्यहरूप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित भएको जानकारी गराएका हुन् । 

Vianet communication

सरकारले छिमेकीलगायत कुनैपनि मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याएको छ । 

‘सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरूप छिमेकी मित्रराष्टहरू भारत एवं चीन कुनैपनि मित्रराष्ट्रका विरुद्ध नेपालको कुनै भूमि प्रयोग हुन नदिन प्रतिबद्धता व्यक्त गर्ने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने । 

एमसीसी पारित गर्ने क्रममा चीनले चासो व्यक्त गरेको थियो । सरकारले नेपालको आर्थिक विकासमा सहयोग पुर्‍याउने संघ सस्थालाई पनि धन्यवाद ज्ञापन गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x