×

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश

फागुन २४, २०७८

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले क्षेत्रीलाई पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएका छन् ।


Advertisment

क्षेत्री एमालेले उम्मेदवारको रुपमा बलेफी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । 


Advertisment

एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको नवौँ अधिवेशनमा क्षेत्री एमाले जिल्ला कमिटी अध्यक्षको उम्मेदवार बनेका थिए ।

तर, एमालेले सहमतिमा जिल्ला कमिटी चयन गर्ने भनेपछि क्षेत्री अध्यक्ष बन्नबाट वञ्चित भएका थिए । 

जिल्ला कमिटी सदस्य चयन गर्ने बेलामा आफूसँग अध्यक्ष मण्डलले परामर्श नगरेको, प्रदेश सांसद एवं एमालेका नेता शरेश नेपालले दुव्र्यवहार गरेको लगायतका कारण देखाउँदै क्षेत्रीले एमाले परित्याग गरेको घोषणा गरेका थिए ।

विद्यार्थी राजनीतिदेखि एमालेमा रहेर राजनीतिमा सक्रिय क्षेत्री मंगलवार कांग्रेस प्रवेश गरेका हुन् ।

सिन्धुपाल्चोकमा क्षेत्री र कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच दुश्मनीपूर्ण सम्बन्ध थियो । तर, उनै बस्नेतले क्षेत्रीलाई कांग्रेस प्रवेश गराउने भूमिका निर्वाह गरेका हुन् । 

यस्तै उनीसँगै उनका भाइ कृष्ण क्षेत्रीलगायत पनि कांग्रेस प्रवेश गरेका छन् । उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । 

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x