×

NMB BANK
NIC ASIA

अधिकांश सांसदका खुद्रे योजना

चुनावी राजनीति– झण्डै १५ सय योजना बोकेर गाउँगाउँ पुगे प्रदेशका माननीय

फागुन २९, २०७८

NTC
फाइल फोटो
Premier Steels

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रदेश सांसदहरू विभिन्न योजना बोकेर गाउँगाउँमा पुगेका छन् । 

Muktinath Bank

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसदले छनोट गरेका योजनाका लागि प्रदेश १ का १ सय ३७ मध्ये १ सय ३६ स्थानीय तहमा बजेट पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोलुखुम्बुको लिखुपिके गाँउपालिकामा भने कुनै पनि कार्यक्रम परेको छैन । यो प्रदेश सांसदमार्फत बजेट नपाउने प्रदेशकै एक मात्र स्थानीय तह हो ।


Advertisment
Nabil box
Kumari

राजनीतिक प्रतिशोध साँधेर आफ्नो पालिकामा बजेट विनियोजन नगरिदिएको गुनासो लिखुपिके गाँउपालिकाका अध्यक्ष डम्बर बस्नेतले गरे । 

Vianet communication

गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्रका हुन् भने प्रदेश सांसद नेकपा एमालेबाट निर्वाचित भएका छन् ।

उक्त क्षेत्रबाट निर्वाचित एमाले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने आफूले राजनीतिका प्रतिशोध नसाँधेको बताए ।

दूधकोशीमा मोटरेबल पुल अलपत्र परेकाले त्यसलाई प्रथामिकता दिएको उनको भनाइ छ ।

एक करोड बजेट पाउनेमा ७१ लाख एउटै योजनामा छुट्याएको उनले बताए । स–साना योजना बनाउनुभन्दा एउटै योजनालाई प्राथमिकता दिएको उनको भनाइ छ । 

चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रदेश पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदलाई साढे ७४ करोड बजेट बिनियोजन गरिएको थियो । तर दुई सांसद कारवाहीमा परेपछि डेढ करोड रुपैयाँ भने घटेको छ । माओवादीले टंक आङ्बुहाङलाई कारवाही गरेर पदमुक्त गरेको छ भने एमालेकी गुलेफुन खातुन कीर्ते मुद्दामा दोषी ठहर भएर फरार छिन् ।

आङ्बुहाङ प्रत्यक्ष निर्वाचित सांसद हुन भने खातुन समानुपातिक तर्फकी सांसद हुन् ।

प्रत्यक्ष निर्वाचित सांसदलाई १ करोड र समानुपातिक सांसदलाई ५० लाख रूपैयाँ बजेट उपलब्ध हुने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७८ मा उल्लेख छ ।

प्रत्यक्ष निर्वाचित सदस्यले एक–एक करोड र समानुपातिक सदस्यले ५० लाख रुपैयाँ बराबरका योजना छनोट गरेर समन्धित जिल्ला समन्वय समितिमार्फत पठाएका छन् । 

पूर्वाधार विकास कार्यक्रममा ९१ सांसदले १४ सय ९५ वटा योजना छनोट गरेका छन् ।

प्रत्यक्ष निर्वाचित सदस्यले एक–एक करोड र समानुपातिक सदस्यले ५० लाख रुपैयाँ बराबरका योजना छनोट गरेर समन्धित जिल्ला समन्वय समितिमार्फत पठाएका छन् । 

जिल्ला समन्वय समितिले सांसदले छनोट गरेका योजना स्थानीय तहमा पठाइसकेपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट स्थानीय तहलाई पठाउने गरेको छ । 

सांसदहरूले छनोट गरेका योजनाको बजेट स्थानीय तहमा पठाइसकिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव पुण्यप्रसाद रिजालले बताए । उनका अनुसार धेरै योजनाहरू १ लाखसम्मका मात्रै रहेका छन् ।

पूर्वाधार विकाससम्बन्धी योजना छनोट गर्दा ५ लाख रुपैयाँभन्दा माथि र विपन्न लक्षित क्षमता विकास, महामारीजन्य रोग र प्रकोप नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी, खेलकुद तथा सांस्कृतिक जनचेतनामूलक, सहकारी एवं सञ्चारसम्बन्धी आयोजनामा अधिकतम पन्ध्र लाखसम्म विनियोजन गर्न सकिने व्यवस्था छ । 

एक लाख रुपैयाँभन्दा कम छनोट गर्न नपाउने कार्यविधिमा उल्लेख गरिएको छ । अधिकांश सांसदले १ लाख हाराहारीका स–साना योजनाहरू सिफारिश गरेको उपसचिव रिजालले जानकारी दिए ।

१६ माघमा नै सम्बन्धित स्थानीय तहमा छनोट भएका कार्यक्रमको बजेट निकासा गरिसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

संघमा जस्तै प्रदेशमा पनि सांसदलाई बजेट उपलब्ध गराउने कुराको विरोध समेत हुँदै आएको छ ।

नीति निर्माण गर्नेहरू बजेटको लुछाचुँडीमा लाग्नु उपयुक्त नभएको आर्थिक विश्लेषक डा. अर्जुन बराल बताउँछन् । 

वडाध्यक्षले गर्ने काम सांसदहरूले गरिरहेको उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x