×

NMB BANK
NIC ASIA

समयमै मल ल्याउनभन्दै अहिल्यै बजेट सुनिश्चितता

अर्को वर्षलाई मल किन्न पौने १३ अर्ब बजेट, धान रोप्नेबेला रसाउन नपर्ला त किसानका आँखा ?

चैत ६, २०७८

NTC
Premier Steels

आगामी आर्थिक वर्षका लागि रासायनिक मल अभाव नहुन नदिन भन्दै सरकारले अहिलेदेखि नै तयारी शुरू गरेको छ ।

Muktinath Bank

अर्थ मन्त्रालयले मल खरिद गर्न १२ अर्ब ७६ करोड रुपैयाँको स्रोत सुनिश्चिता गरिदिएलगत्तै २४ फागुनमै ९२ हजार मेट्रिक टन मल ल्याउन प्रस्ताव माग भइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले १ लाख ४२ हजार मेट्रिक टन मल ल्याउन उक्त रकमको स्रोत सुनिश्चितता दिएकाले मल आयात गर्ने जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले प्रस्ताव मागेका हुन् । आगामी वर्षका लागि मल ल्याउन कृषि सामग्री लिमिटेडले १ लाख मेट्रिक टन र साल्ट ट्रेडिङले ४२ हजार मेट्रिक टनको जिम्मा पाएका छन् ।


Advertisment
Nabil box
Kumari

सरकारले कृषि सामग्रीलाई ७० प्रतिशत र साल्ट ट्रेडिङलाई ३० प्रतिशत मत ल्याउने जिम्मा दिएको छ । मल ल्याउन स्रोत सुनिश्चिता दिएसँगै कृषि सामग्रीले दुई चरणमा ठेक्का गर्दै छ । यसका लागि पहिलो चरणमा ५० हजार मेट्रिक टनका लागि प्रस्ताव मागेको छ भने अब बाँकी अर्को चरणमा आउने गरी प्रस्ताव माग गरिएको कृषि सामग्री लिमिटेडका सूचना अधिकारी अशोककुमार खड्काले बताए ।

Vianet communication

अहिलेसम्म ३० हजार मेट्रिक टनभन्दा बढीको ठेक्का गरेर एकैपटक ल्याउने अभ्यास नभएको र पानी जहाजमा ल्याउनुपर्ने हुँदा सहजताका लागि पनि चरणबद्ध रूपमा प्रस्ताव मागिएको खड्काले बताए ।

नियमित प्रक्रियामा मल आए आगामी वर्ष मल अभाव नहुने दाबी उनले गरे । किनेको मल नआउने र ठेक्का गरेपछि पनि ठेकेदारले समयमा आपूर्ति गर्ने गर्दा मल अभाव हुने गरेको जिकिर कम्पनीको छ ।

कृषि सामग्रीले २४ फागुनमै ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपीका लागि प्रस्ताव माग गरेको छ । सरकारले कृषि सामग्रीलाई ६० हजार युरिया र ४० हजार मेट्रिक टन डीएपी खरिदका अनुमति दिएको छ । यससँगै ७ हजार ५ सय टन पोटास पनि प्रस्ताव माग गरेर केही दिन भित्रै आइपुग्ने जानकारी कृषि सामग्रीले दिएको छ ।

ठूलो परिमाणको ठेक्का एकैपटक नलाग्ने र स–सानो प्याकेज बनाएर ठेक्का लगाउने व्यवस्था अनुसार नै टेन्डर भएको उनले बताए । थप प्रस्ताव अर्को चरणमा गर्न तयारी भएको कृषि सामग्री कम्पनीले जानकारी दिएको छ ।

कृषि सामग्री कम्पनीसँग हाल ४ सय मेट्रिक टन मात्रै युरिया मल सञ्चिति छ । डीएपी मल भने २० हजार मेट्रिक टन विभिन्न नाका हुँदै भित्रिसकेको खड्काले बताए ।

आगामी आर्थिक वर्षका लागि ४२ हजार मेट्रिक टन युरिया मल ल्याउन जिम्मा पाएको अर्को निकाय साल्ट ट्रेडिङले पनि २७ फागुनमै टेन्डर गरिसकेको छ ।

यसबाट २२ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी आउने छ । सरकारले दिएकै अनुमतिबाट मल किन्ने ठेक्का निकालेको साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले बताए ।

सरकारले आगामी वर्षको साउन–भदौदेखि नै मल सहज बनाउन अहिलेदेखि नै प्रक्रिया शुरू गर्न लागेकाले र अहिलेदेखि नै तयारी भएको जोशीको भनाइ छ । 

अन्तर्राष्ट्रिय बजारमा मलको भाउ अधिक बढेकाले पनि जति ढिला गर्‍यो उति नै महंगो पर्ने भएकाले छिटो ल्याउन सक्यो भने सस्तोमा आउने उनले बताए ।

माग धान्न पुग्ने मल किन आउँदैन ?

नेपालमा वार्षिक ५ लाख टन मल आवश्यक पर्छ । चालू आर्थिक वर्षका लागि सरकारले १५ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको थियो । त्यसपछि पनि अर्को १२ अर्ब रुपैयाँ थप गरेर कुल २७ अर्बको मल ल्याइसकिएको छ ।

यो वर्षलाई कृषि सामग्री कम्पनीसँग ४ सय मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी बाँकी छ । साल्ट ट्रेडिङसँग १४ सय टन युरिया मलको सञ्चिति छ भने डीएपीको सञ्चिति शून्य छ ।

समयमा मल खरिद नहुने र प्रस्ताव मागिसकेपछि पनि ठेकेदारले बेलामा मल नल्याउने कारण बर्सेनि मल अभाव हुने गरेको छ ।

गत आवमा ठेक्का पाएका दुई ठेकेदारले मल ल्याउन नसकेका कारण दुवै कम्पनीलाई कालो सूचीमा राखेर नयाँ ठेक्का गरेपछि मात्रै मल आएको थियो ।

सरकारले अहिले करीब डेढ लाख टन मल खरिद गर्न कृषि सामग्री र साल्ट ट्रेडिङलाई जिम्मा दिएको छ भने डेढ लाख टन मल सरकारले जीटुजी प्रक्रियाबाट खरिद गर्ने भएको छ ।

अहिलेलाई तीन लाख टनको योजना भए पनि तत्कालै अर्को २ लाख टनको पनि योजना भयो भने मल अभाव हुँदैन ।

अहिले चाहिँ आगामी वर्षलाई भनेर गरिएको व्यवस्था निरन्तर गरेर फेरि अर्को प्रक्रिया अगाडि बढाएमा मात्रै मल अभाव हुँदैन, नत्र विगतकै अवस्था दोहोरिन सक्ने बुझाइ यस क्षेत्रका जानकारहरूको छ । 

मल बेलामा नआइपुग्नुको अर्को प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा मलको भाउ हरेक १५ दिनमा बढेर आउने गरेको  छ । मलको भाउ १५ दिनको तुलनामा करीब २ सय डलर प्रति टन बढिसकेको छ ।

यसअघि साल्ट ट्रेडिङले युरिया मल प्रति टन ४५७ डलरमा र डीएपी ६५१ डलर प्रति टनमा खरिद गरेको भएपनि अहिले मलको भाउ दोब्बरसम्मले बढिसकेको छ । 

हाल मलको भाउ युरियाको ११ सय र डीएपीको १३ सय डलर पुगिसकेकाले पनि गत वर्षभन्दा यो वर्ष बढी मूल्य तिर्नुपर्ने साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक जोशीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x