×

NMB BANK
NIC ASIA

कश्मीरी पण्डितहरूको पीडा बोल्ने कश्मीर फाइल्ज

द कश्मीर फाइल्स– एउटा फिल्मले किन हल्लायो सिंगो भारत ?

चैत ६, २०७८

NTC
Premier Steels

सन् १९९० को दशकमा भारतको कश्मीरबाट लखेटिएर आन्तरिक शरणार्थी बन्न बाध्य बनाइएका कश्मीरी पण्डितहरूको पीरव्यथा दर्साउने हिन्दी फिल्म द कश्मीर फाइल्सले भारतमा चर्को बहस निम्त्याएको छ । 

Muktinath Bank

कश्मीरी पण्डितहरू कश्मीरबाट विस्थापित भएको घटनालाई निर्गमन (एक्सोडस) भन्ने कि नरसंहार (जेनोसाइड) संज्ञा दिने ? यी दुई भाष्यको लडाइँ यस फिल्मको चर्चाको केन्द्रमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मका निर्देशक विवेक रञ्जन अग्निहोत्री यसलाई निर्गमन भन्न नमिल्ने किनकि कश्मीरी पण्डितहरूलाई जीवनकै भय देखाएर कश्मीरबाट लखेटिएको थियो भन्ने तर्क राख्छन् । रालीब, चालिब, गालिब (अर्थात् कि धर्मान्तरण गर, कि कश्मीर छोडेर जाऊ, कि मर) यी तीन विकल्प कश्मीरी पण्डित समुदायलाई दिइएकाले उनीहरू स्वेच्छाले वा सुखद भविष्यको परिकल्पनामा निर्गमन गरेका पक्कै हैनन् । 


Advertisment
Nabil box
Kumari

निर्गमनलाई बाइबलमा वर्णन गरिएअनुसार हेर्ने हो भने इजिप्टमा दास बनाएर राखिएका यहुदीहरूलाई मुक्त गराएर प्रतिज्ञा गरिएको भूमि इजरायलमा मोजेजले ल्याएको प्रसंग आउँछ । अर्थात्, पीडाबाट आनन्दको अवस्थामा यहुदीहरूलाई पुर्‍याउने कामलाई एक्सोडस भनिएको छ ।

Vianet communication

तर कश्मीरी पण्डितहरूको सवालमा स्वर्ग जस्तो कश्मीरबाट जबर्जस्ती पण्डितहरूलाई निकालिएको थियो । जम्मु र दिल्लीको असह्य गर्मीमा जीवन बिताउनु पण्डितहरूका लागि नारकीय अनुभव रह्यो । जम्मुको शिविरमा बिच्छी र सर्पले टोकेर धेरै पण्डितहरूको ज्यान गएको थियो । 

संख्या जतिसुकै कम वा बढी होस्, कश्मीरी पण्डितहरूलाई फरक धर्मकै भएका कारण मारिएको तथ्य अकाट्य छ । इस्लामी लडाकूहरूले सनातनी पण्डितहरूलाई कि त इस्लाम कबुल गर्न कि मारिन भनेका थिए । यसरी विशेष धार्मिक समूहलाई तारो बनाएर गरिएका कारवाही नरसंहारको परिभाषामा पर्छन् । 

यसरी हेर्दा कश्मीरी पण्डितहरूविरुद्ध नरसंहार गरिएको देखिन्छ र त्यही भाष्य द कश्मीर फाइल्सले स्थापित गर्न खोजेको छ । तर हिटलरले लाखौंको संख्यामा यहुदीहरू मारेको जस्तो घटना नभएकाले कश्मीरी पण्डितहरूको नरसंहार भएको भन्न नमिल्ने तर्क फिल्मका विरोधीहरूले राखेका छन् । दुर्भाग्यवश, यो बहस मारिएका र विस्थापित भएका कश्मीरी पण्डितहरूको संख्याका विषयमा रुमल्लिएको छ ।

सन् १९४८ मा संयुक्त राष्ट्रसंघले जारी गरेको नरसंहारको अपराध रोकथाम तथा सजायसम्बन्धी  महासन्धिमा कुनै राष्ट्रिय, जातीय, नश्लीय वा धार्मिक समूहलाई पूर्ण वा आंशिक रूपमा विनाश गर्ने उद्देश्यले गरिएका देहायका कार्यलाई नरसंहार भनी परिभाषित गरिएको छ ः 

क) उक्त समूहका सदस्यहरूको हत्या,

ख) उत्तर समूहका सदस्यहरूमा गम्भीर शारीरिक वा मानसिक क्षति पुर्‍याउने काम ।

यीबाहेक अन्य तीन कार्यलाई पनि परिभाषाले समेटेको छ । कश्मीरी पण्डितहरूको सवालमा माथिका दुई कार्य भएको कसैले पनि अस्वीकार गर्न सक्दैन । 

एकजनाको ज्यान लिनु पनि अपराध हो भने धेरैजनाको ज्यान लिनु त नरसंहार जस्तो महाअपराध नै हो । फिल्ममा सन् १९९० देखि अहिलेसम्म गरी चार हजार कश्मीरी पण्डित मारिएको तथा पाँच लाखजना विस्थापित भएको बताइएको छ । 

तर सन् २०११ मा कश्मीर पण्डित संघर्ष समितिले त्यतिखेरसम्म ३९९ जना कश्मीरी पण्डित मारिएको र तीमध्ये ७५ प्रतिशतले पहिलो वर्षमै ज्यान गुमाएको आँकडा दिएको छ । पानुन कश्मीर नामक पण्डितहरूको संगठनले १३ सय ४१ जना पण्डित मारिएको भनेको छ ।

त्यस्तै सन् २००८ मा दी इन्डियन एक्सप्रेसले जम्मु कश्मीर प्रहरीको रिपोर्ट उद्धृत गर्दै दिएको खबरअनुसार, सन् १९८९ देखि त्यतिखेरसम्म २०९ जना कश्मीरी पण्डित मारिएका थिए । अनि सन् २०१० मा द हिन्दू पत्रिकामा शुजात बुखारीले तयार पारेको समाचारमा कश्मीरको पिपुल्स डेमोक्रेटिक पार्टीका विधायक सइद बशारत बुखारीको भनाइ उद्धृत गर्दै २१९ जना कश्मीरी पण्डित मारिएको आँकडा दिइएको छ । 

संख्या जतिसुकै कम वा बढी होस्, कश्मीरी पण्डितहरूलाई फरक धर्मकै भएका कारण मारिएको तथ्य अकाट्य छ । इस्लामी लडाकूहरूले सनातनी पण्डितहरूलाई कि त इस्लाम कबुल गर्न कि मारिन भनेका थिए । यसरी विशेष धार्मिक समूहलाई तारो बनाएर गरिएका कारवाही नरसंहारको परिभाषामा पर्छन् । 

अनि प्रताडनाका कारण कश्मीरी पण्डितहरूले गम्भीर शारीरिक र मानसिक क्षति पुगेको तथ्यलाई पनि इन्कार गर्न सकिँदैन । फिल्ममा अनुपम खेरले अभिनय गरेको पात्र पुष्करनाथ पण्डितलाई चक्षुरोग ग्लाउकोमा र मानसिक रोग डिमेन्सिया भएको देखाइएको छ । 

वास्तविक जीवनको कुरा गर्दा, सन् २०१० मा इन्डियन जर्नल अफ साइकियाट्रीमा राकेश बनाल तथा अन्यको एक अनुसन्धानात्मक लेख छापिएको छ । जम्मुमा रहेको मुथी शरणार्थी शिविरमा बसिरहेका कश्मीरी पण्डितहरूमा देखिएका मानसिक समस्याको अनुसन्धान गरेर उक्त लेख तयार पारिएको हो । अनुसन्धाताहरूले त्यस शिविरमा बस्ने कश्मीरी पण्डितहरूमा डिप्रेसन, पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर र जेनरलाइज्ड एंग्जाइटी डिसअर्डर देखिएको उल्लेख गरेका छन् । 

यी तथ्यहरूले कश्मीरी पण्डितहरूका विरुद्ध नरसंहार गरिएको पुष्टि गर्छन् । द कश्मीर फाइल्सले यस बहसलाई राष्ट्रिय मूलधारमा ल्याउन सफलता पाएको छ । नरसंहार भएको तथ्यलाई स्वीकार गरेर भारत सरकारले कश्मीरी पण्डितहरूलाई न्याय र उचित परिपूरण दिलाउनु आवश्यक देखिन्छ । 

राहुल पण्डितको पुस्तक ‘आवर मून ह्याज ब्लड क्लट्स’ ले कश्मीरी पण्डितहरूको पीडालाई प्रस्तुत गरेको छ । यही पुस्तकबाट प्रेरित विधु विनोद चोपडाको फिल्म ‘शिकारा’मा पनि पण्डितहरूको व्यथा देखाइएको छ । तर तिनीहरूको प्रभाव धेरै परेको थिएन भने द कश्मीर फाइल्सले पण्डितहरूमाथिको अन्यायलाई सशक्त रूपमा बहसमा ल्याएको छ ।

तर सन् १९८९ देखि कश्मीरमा आएको समस्याले कश्मीरी पण्डितहरू मात्र नभई मुसलमानहरू समेत चपेटामा परेको तथ्यलाई चाहिँ फिल्मले नकारेको देखिन्छ । जस्तो, सन् १९९० को जनवरी २१ मा कश्मीरको गौकादाल नामक स्थानमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका मुसलमानहरूलाई अर्धसैनिक बल सीआरपीएफका जवानले गोली हान्दा ५० जनाभन्दा बढीको ज्यान गएको थियो । 

राइजिङ कश्मीर पत्रिकामा इरफान याट्टुले लेखेको समाचारमा उल्लेख भएअनुसार, इस्लामी नारा लगाइरहेका मानिसहरूलाई गोली हानेर एक चिहान बनाइएको थियो । कश्मीरको इतिहासमा त्यो कालको दिनका रूपमा लिने गरिन्छ ।

फिल्ममा इस्लामिक लडाकूहरूको आतंक कश्मीरमा किन र कसरी शुरू भयो भन्ने विषय पनि देखाइएको छैन । पत्रकार प्रदीप म्यागजिनको पुस्तक ‘नट जस्ट क्रिकेट ः ए रिपोर्टर्स जर्नी थ्रु मोडर्न इन्डिया’मा उल्लेख गरिएअनुसार, सन् १९८७ मा भएको विधानसभा निर्वाचनमा कांग्रेस पार्टीले धाँधली गरेको भन्दै मुस्लिम युनाइटेड फ्रन्ट (एमयूएफ) ले असन्तुष्टि जनाएको थियो । फारुख अब्दुल्लाको नेतृत्वमा रहेको नेसनल फ्रन्टसँग त्यतिखेर कांग्रेसले गठबन्धन गरेको थियो र केन्द्रमा कांग्रेसकै सरकार थियो । 

चुनावी धाँधलीका कारण कश्मीरको ठूलो जनसंख्या आक्रोशित थियो र मुस्लिम युनाइटेड फ्रन्टका पराजित उम्मेदवारहरू लडाकू तालिम लिन सीमा पार गरी पाकिस्तान गएका थिए । 

पाकिस्तान पनि अफगानिस्तानमा मुजाहिद्दीन लडाकूहरूलाई सहयोग गरी सोभियत सैनिकहरूलाई बहिर्गमनका लागि बाध्य बनाएको सफलताका कारण भारतविरुद्ध ठूलै कदम चाल्न आत्मविश्वासले भरिएको थियो । भारतीय सेनालाई परम्परागत युद्धमा हराउन नसकिने निष्कर्ष पहिलेका युद्धबाट निकालेको पाकिस्तानले भारतलाई कश्मीरमा अशान्ति फैलाएर रणनीतिक रूपमा त्यतै अलमल्याएर भारतको शक्ति क्षीण पार्ने अनि कश्मीरलाई पाकिस्तानमा मिसाउने सोच बनाइरहेको थियो । 

त्यही रणनीतिअन्तर्गत उसले कश्मीरमा रहेका कट्टर इस्लामीहरूलाई लडाकू तालिम समेत दिन थालेको थियो अनि स्वतन्त्र कश्मीरको नारा घन्काउन पनि प्रेरित गरेको थियो । फिल्ममा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनजीर भुट्टोले ‘आजादी’ भन्दै चिच्याएको फूटेज पनि समावेश गरिएको छ । 

पाकिस्तानबाट तालिम पाएर आएका लडाकूहरूले आतंक मच्चाउन थालेपछि कश्मीरी पण्डितहरू पलायन हुन बाध्य भएका थिए । इस्लामी लडाकूहरूको प्रतिकार गर्न सरकारले सेना तथा अर्धसैनिक बलका जवानहरू खटाएको थियो । सुरक्षाबलहरूले पनि घरघरमा तलाशी लिने अनि निहत्था कश्मीरीहरूलाई पनि मार्ने गरेका थिए । 

यस घटनाक्रमलाई फिल्मले प्रस्तुत नगरी कश्मीरी पण्डितहरूलाई आफ्नै मुसलमान छिमेकीहरूले अचानक मार्न, धम्क्याउन र धपाउन थालेको देखाइएको छ । यसमार्फत निर्देशकले इस्लाम धर्म आफैंमा हिंस्रक भएको र त्यो धर्म मान्नेहरूमा रहेको हिंसा कुनै पनि बेलामा प्रस्फुटित हुने सन्देश दिएका छन् । 

फिल्ममा इस्लामको यस्तो चित्रणलाई वामपन्थी विमर्शसँग पनि जोडिएको छ । जवाहरलाल नेहरु विश्वविद्यालयको झल्को दिने एएनयूकी प्राध्यापक राधिका मेनन (पल्लवी जोशी) ले कश्मीरी पण्डित समुदायका कृष्ण पण्डित (दर्शन कुमार) लाई इस्लामी आतंकवादको सम्मान गर्न तथा राज्यविरुद्ध संघर्ष गर्न भड्काएको फिल्ममा देखाइएको छ । 

निर्देशक अग्निहोत्रीले भारतका वामपन्थीहरू अर्बन नक्सल भएको भाष्य आफ्नो पुस्तक तथा फिल्महरूमार्फत स्थापित गर्न खोजेका छन् । मुसलमान र वामपन्थीहरू भारतका ‘फिफ्थ कोलम्निस्ट’ हुन् भन्ने आशय यस फिल्मले पनि प्रस्तुत गरेको छ । त्यसैले होला शायद कतिपय भारतीय सिनेमाघरहरूमा फिल्मको शो चलिरहँदा इस्लामविरोधी नारा लगाइएको अनि वामपन्थीहरूलाई खिसीट्युरी गरिएको खबर पनि सार्वजनिक भएका छन् । 

फिल्म बनाउनुअघि आफू र पत्नी पल्लवीले पर्याप्त अनुसन्धान गरेको निर्देशक अग्निहोत्रीको दाबी छ । अनुसन्धानका क्रममा उनले कश्मीरी पण्डितहरूको साक्ष्य (टेस्टिमोनी) लिएका छन् । 

त्यसैले फिल्ममा देखाइएका पण्डितहरूमाथिको अत्याचार वास्तविक घटनामा आधारित छन् । सन् २००३ मा नदीमार्गमा २४ जना कश्मीरी पण्डितको सामूहिक हत्या गरिएको, शारदा पण्डितलाई आफ्ना पतिको हत्यापछि रगत मिसिएको चामल खान लगाइएको, पण्डित महिलालाई जिउँदै आराले चिरेर मारिएका घटनाहरू सबै वास्तविक हुन् । 

यही वास्तविकतालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएकाले फिल्म हेरेपछि कश्मीरी पण्डितहरू भावविह्वल भएको र निर्देशक अग्निहोत्रीप्रति कृतज्ञ बनेको अनेकौं भिडियोहरू सार्वजनिक भएका छन् । 

तर पण्डितहरूको पीडामा अग्निहोत्रीले आफ्नो राजनीति मिसाएको चाहिँ फिल्ममा खट्किने पक्ष हो । पण्डितहरूको नरसंहार हुँदाखेरी कुनै सहयोग नगर्ने कश्मीरी मुसलमानहरू सबै खराब हुन् भन्ने आशय फिल्मले व्यक्त गरेको छ । 

तमाम कमजोरीका बावजूद फिल्मले ३२ वर्षदेखि पीडाको सागरमा डुबिरहेका कश्मीरी पण्डितहरूलाई न्याय दिलाउनका लागि पहल गर्ने सशक्त सन्देश दिएको छ । पण्डितहरूको पीरमर्कालाई तुच्छीकृत तथा राजनीतीकृत गर्ने अहिलेसम्मको प्रयासलाई फिल्मले गतिलै झापड हिर्काएको छ । 

अनि घटना हुँदा केन्द्रमा भारतीय जनता पार्टीको समर्थनमा भीपी सिंहको सरकार रहेको र त्यसले नरसंहार रोक्न तात्त्विक पहल नगरेको विषयलाई पनि फिल्ममा नदेखाउनु अर्को कमजोरी हो । फारुक अब्दुल्ला जस्तै देखिने पात्रले कश्मीरी पण्डितहरूको पीडालाई हलुकामा लिएको चाहिँ वास्तविक हुन सक्छ । 

अनि फिल्ममा ‘शो, डन्ट टेल’ अर्थात् कथ्य भन्दा पनि दृश्य भाषा उपयोग गर्नुपर्नेमा पात्रहरूले धेरै कुरा बोलेरै सन्देश दिएको पनि कलात्मक छैन । अझ कृष्ण पण्डितले अन्तिमतिर गरेको १० मिनेटभन्दा लामो एकालाप त झेल्नै गाह्रो हुने किसिमको छ । अनि फिल्ममा एक दृश्यबाट अर्को दृश्यको ट्रान्जिसनमा राम्रो सम्पादन कला नदेखाएर ब्ल्याक स्क्रीन ल्याएको पनि भद्दा छ ।

जे होस्, तमाम कमजोरीका बावजूद फिल्मले ३२ वर्षदेखि पीडाको सागरमा डुबिरहेका कश्मीरी पण्डितहरूलाई न्याय दिलाउनका लागि पहल गर्ने सशक्त सन्देश दिएको छ । पण्डितहरूको पीरमर्कालाई तुच्छीकृत तथा राजनीतीकृत गर्ने अहिलेसम्मको प्रयासलाई फिल्मले गतिलै झापड हिर्काएको छ । 

कश्मीरी पण्डितहरूको मागबमोजिम मोदी सरकारले कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० र ३५क हटाएको छ । तर कश्मीरी पण्डितहरूलाई आफ्नो थातथलोमा पुनर्वास गराउन तथा उनीहरूलाई समुचित परिपूरण दिलाउन सके मात्र उनीहरूले वास्तविक न्यायको अनुभव गर्न पाउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x