माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
चैत ९, २०७८
श्रीलंका अहिले चरम आर्थिक संकटमा फसेको छ । देशमा विदेशी मुद्रा सञ्चिति घटेकाले वस्तु आयात गर्नैै धौधौ परिरहेको छ । सीईआईसीका अनुसार, श्रीलंकासँग अहिले जम्मा २.३१ अर्ब डलरको सञ्चिति छ ।
यसले मुद्रास्फीति बढाएको छ । फेब्रुअरी महिनामा श्रीलंकाको महंगी दर १७.५ प्रतिशत पुगेको सरकारले स्वीकार गरेको छ ।
पेट्रोलियम पदार्थको अभावका कारण लामो लाइन लागेर दंगाको स्थिति आएको छ । कानून व्यवस्था कायम गर्न सेना परिचालन गरिएको छ । कागज र मसी आयात गर्न नसकेकाले परीक्षा समेत अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
यस्तो स्थिति रहेकै बेलामा श्रीलंकाले सन् २०२२ भित्र लगभग ४ अर्ब डलर विदेशी ऋण तिर्नुपर्नेछ । अझ जुलाई महिनाभित्रै उसले १ अर्ब डलर बराबरको अन्तर्राष्ट्रिय ‘सोभरेन बोन्ड’ तिर्नुपर्ने बाध्यता छ ।
गोटाबाया राजपक्षे नेतृत्वको सरकारले आर्थिक संकटबाट देशलाई निकाल्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ऋण लिन लामो समयसम्म अनिच्छा देखाएको थियो । आईएमएफले कठोर शर्तहरू राख्ने भएकाले श्रीलंका हिचकिचाएको हो ।
तर केही नलागेपछि अहिले आएर सरकारले लचकता प्रदर्शन गरेको छ । अर्थमन्त्री बासिल राजपक्षेले अप्रिल महिनामा वाशिङटन भ्रमण गरेर आईएमएफसँग ऋणका विषयमा कुराकानी गर्ने भएका छन् ।
आईएमएफ आफैंले श्रीलंकाको अर्थतन्त्रको अध्ययन गरेर बोर्डसमक्ष प्रतिवेदन पेश गरिसकेको बताइन्छ । प्रतिवेदनको पूर्ण पाठ सार्वजनिक नगरिएको भए पनि देशले मुद्राको मूल्यलाई स्थिर नबनाए ठूलै विस्फोट हुने चेतावनी दिएको विभिन्न सञ्चारमाध्यममा खबर आएका छन् । आईएमएफले दिने सदाबहार सल्लाह करमा वृद्धि तथा सरकारी खर्चकटौती श्रीलंकाको हकमा पनि लागू हुन्छ ।
श्रीलंकालाई भारतले आर्थिक संकटबाट आंशिक मुक्तिका लागि सहयोग गरेको छ । गत साता श्रीलंकाले भारतसँग १ अर्ब डलरको क्रेडिट लाइन लिन सम्झौता गरेको छ । खाद्यान्न, औषधि तथा अत्यावश्यक वस्तु खरिदका लागि उक्त ऋण लिन लागिएको हो ।
त्यस्तै चीनले पनि श्रीलंकालाई आर्थिक संकटबाट त्राण दिनका लागि २.५ अर्ब डलरको सहयोग दिने विषयमा विचार गरिरहेको छ । श्रीलंकाका लागि चीनका राजदूत छी चनहोङले श्रीलंका सरकारको अनुरोधमा १ अर्ब डलरको ऋण तथा डेढ अर्ब डलरको क्रेडिट लाइन दिने विचार गरिरहेको बताएका छन् । तर यसरी ऋणमाथि ऋण थोपर्नुको औचित्य कसरी साबित हुन्छ भनेर पनि कतिपयले आलोचना गरेका छन् ।
श्रीलंकामा चरम आर्थिक संकटको स्थिति आउनुमा विभिन्न कारणहरू छन् । दशकौंसम्म युद्धको चपेटामा परेको श्रीलंकामा आर्थिक समस्या लामै समयदेखि चलिरहेको हो । तर अहिलेको संकट निम्तिनुमा तात्कालिक कारणहरू छन् ।
मुख्य त कोरोनाभाइरसको प्रभाव नै हो । कोरोना आउनुअघिसम्म सन् २०१९ को आँकडा हेर्दा श्रीलंकाको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान ११.२ प्रतिशत थियो । कोरोनाले पर्यटकको संख्या स्वाट्टै घटाएकाले श्रीलंकालाई विदेशी मुद्राको पनि अभाव भयो अनि बेरोजगारीको समस्याले पनि सतायो ।
केही महिनायता पर्यटन क्षेत्र पुनः ब्युँतन थालेको चाहिँ देखिन्छ । सन् २०२१ को डिसेम्बर महिनामा १ लाख ९४ हजार ४९५ पर्यटक श्रीलंका भित्रिएको श्रीलंका टुरिजम डिभलपमेन्ट अथोरिटीले जानकारी दिएको छ । भारत, रुस, बेलायत, जर्मनी र युक्रेनका पर्यटकहरू श्रीलंका पुगेका हुन् । तर रुस र युक्रेनबीच द्वन्द्व चलेकाले ती दुई देशका पर्यटक श्रीलंका नजाँदा पनि त्यहाँको पर्यटन क्षेत्र उकासिन समस्या परिरहेको छ ।
त्यसमाथि श्रीलंकामा विप्रेषण आप्रवाह पनि घटिरहेको छ । ट्रेडिङ इकोनोमिक्सको पछिल्लो आँकडा हेर्दा सन् २०२१ को अक्टोबर महिनामा विप्रेषण रकम ३१ करोड डलर रहेकोमा नोभेम्बर महिनामा त्यो घटेर २७ करोडमा झरेको देखिन्छ ।
बैंक तथा आधिकारिक विप्रेषण च्यानलमार्फत भन्दा पनि हुन्डीबाट बढी पैसा आउन थालेकाले यो समस्या देखिएको विश्लेषकहरूको मत छ । त्यसैले सरकारले हुन्डीमा कडाइ गर्न खोजिरहेको छ ।
त्यस्तै श्रीलंकाको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २० प्रतिशत छ । तर कम उत्पादकत्व, गुणस्तरहीन उत्पादन तथा जलवायु परिवर्तनका कारण श्रीलंकाली किसानहरूले विभिन्न चुनौती तथा कठिनाइको सामना गर्नुपरेको छ । त्यसमाथि सरकारले पर्याप्त गृहकार्य नगरिकनै शतप्रतिशत प्रांगारिक खेती गर्ने नीति ल्याएपछि किसानहरू मर्कामा परेका थिए ।
प्रांगारिक खेतीको अवधारणा ल्याउनुअघि सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराइरहेको थियो । तर विदेशी मुद्रा सञ्चिति बढाउने नाममा रासायनिक मलको आयातमा प्रतिबन्ध लगाउँदै सरकारले प्रांगारिक खेतीमा जोड दिन लगायो । रासायनिक मलको अभावमा अन्नबाली नष्ट भएर किसान रित्तो हात हुनुपर्यो ।
अहिले आफ्नो गल्ती अनुभव गरेर सरकारले किसानलाई २४ अर्ब रुपैयाँ क्षतिपूर्ति दिने निर्णय लिएको छ । कृषिमन्त्री महिन्दानन्द अलुथगामागेले यससँगै किसानहरूलाई थप १८ अर्ब रुपैयाँ बराबरको सहुलियत उपलब्ध गराउने पनि घोषणा गरेका छन् । आर्थिक संकटमा परेको बेलामा सरकारको खराब कृषि नीतिका कारण देशले अनावश्यक व्ययभार बोक्नुपरेको छ ।
त्यस्तै राजपक्षे सरकारको अर्को खराब आर्थिक नीतिले पनि संकट निम्त्याउन योगदान गरेको हो । सन् २०१९ को डिसेम्बर महिनामा सरकारले कर नीतिमा परिवर्तन गर्दै अतिरिक्त मूल्य कर (भ्याट) को थ्रेशहोल्ड बढायो तथा कमाइअनुसार तिर्ने (पे याज यू अर्न) कर खारेज गरिदियो । यसले गर्दा करमा दर्ता भएका संस्था तथा व्यक्तिमा ३३.५ प्रतिशतको ह्रास देखियो । त्यसले पनि देशको कोषलाई थप कमजोर बनायो ।
कतिपयले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अस्वीकार गरेकाले पनि श्रीलंकाको आर्थिक संकटमा योगदान पुगिरहेको बताउने गरेका छन् । ४८ करोड डलरको उक्त आयोजनालाई श्रीलंकाले स्वीकार गरेको भए अर्थतन्त्र चलायमान हुन योगदान पुग्थ्यो भन्ने कतिपयको तर्क छ ।
अर्थतन्त्र कमजोर भएकै बेलामा श्रीलंकालाई बाह्य ऋण तिर्न धौधौ परिरहेको छ । स्थिति अत्यन्त नाजुक बनेकाले विगतमा उत्तर कोरिया, रुस र अर्जेन्टिनाले भोगेको जस्तो डिफल्टको नियति श्रीलंकाले भोग्न सक्ने संत्रास छ ।
विदेशी ऋणको राम्रो व्यवस्थापन गर्न ढंग नपुर्याएकाले पनि श्रीलंकालाई अहिलेको संकट आइलागेको हो । विशेषगरी चीनले दिएको ऋणलाई श्रीलंकाले सदुपयोग गर्न सकेको छैन ।
विगत एक दशकमा चीनले श्रीलंकालाई विभिन्न परियोजनाका लागि लगभग १२ अर्ब डलर बराबरको ऋण दिएको छ । सडक, बन्दरगाह र विमानस्थल लगायतका परियोजनाका लागि चीनले उक्त ऋण दिएको हो ।
तर चीनलाई यस उदारताका लागि प्रशंसा गर्नुको साटो आलोचकहरूले चीन गरीब मुलुकहरूलाई ऋण जालोमा फसाउँछ भन्ने भाष्य खडा गरेका छन् ।
अमेरिकी राजनीतिक अर्थशास्त्री डेबोरा ब्राउटिगमले चीनको ऋण जालो कूटनीतिको भाष्य गलत भएको बरू ठूला परियोजनाप्रति पूर्वाग्रह देखाउने ताजारा सिन्ड्रोम चाहिँ चिनियाँ ऋणमा समस्याका रूपमा देखिने तर्क गरेकी छन् । श्रीलंकाले ठूला परियोजनाका लागि चिनियाँ ऋण लिएर त्यसबाट राजस्व उठाउन नसक्दा अहिलेको समस्या उब्जिएको देखिन्छ ।
त्यसो त चिनियाँ ऋणका आफ्नै जोखिमहरू चाहिँ देखिन्छन् । चीनले पश्चिमी सरकारहरूभन्दा बढी ब्याजदरमा ऋण प्रवाह गर्ने गरेको छ । चीनको ब्याजदर लगभग ४ प्रतिशत छ जुन विश्व बैंकको भन्दा लगभग चार गुणा बढी हुन्छ ।
त्यसमाथि चिनियाँ ऋण चुक्ता गर्ने समय अरूको भन्दा कम हुन्छ । अन्य ऋणदाताले सहुलियतपूर्ण कर्जा चुक्ता गर्न लगभग २८ वर्षको समय दिने गरेको भए पनि चीनले त्यसका लागि १० वर्षभन्दा कम समय दिन्छ । यसबाट पाठ सिक्दै नेपालले बेल्ट यान्ड रोड इनिसिएटिभका परियोजनाका लागि चिनियाँ ऋण नभई अनुदानका लागि अनुरोध गर्नु व्यावहारिक ठहरिनेछ ।
श्रीलंकाले चीनको विशाल ऋण तिर्नका लागि थप समय दिन अपील गरेको छ । चीनका परराष्ट्रमन्त्री वाङ यीले गत जनवरी महिनामा श्रीलंका भ्रमण गर्दा श्रीलंकाले त्यस्तो अनुरोध गरेको थियो । तर चीनले यसलाई नमानेको कुरा आइरहेको छ ।
श्रीलंकालाई चीनको ऋण मात्र समस्याको विषय हैन । बेलायती थिंकट्यांक च्याटहम हाउसको प्रतिवेदनमा उल्लेख भएअनुसार, श्रीलंकाको कुल गार्हस्थ्य उत्पादनको लगभग २७ प्रतिशत भाग अन्तर्राष्ट्रिय वित्तीय बजार तथा विश्व बैंक जस्ता बहुपक्षीय ऋणदाताको ऋणले ओगटेको छ ।
फाइनान्स मन्थली डट्कममा प्रकाशित सामग्रीमा उल्लेख भएअनुसार, अझै केही वर्ष श्रीलंकामा बाह्य ऋण चुक्ता गराउने गरी विदेशबाट विभिन्न स्रोतमार्फत पैसा आउने सम्भावना अत्यन्तै न्यून छ । त्यसमाथि फिच र स्ट्यान्डर्ड यान्ड पुअर्स लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले श्रीलंकाको सोभरेन रेटिङ घटाएकाले अन्तर्राष्ट्रिय पूँजी बजारमा श्रीलंकालाई बहिष्कार गर्ने सम्भावना बढेको छ ।
खराब आर्थिक नीति तथा कोरोनाभाइरस महामारीले ल्याएको वित्तीय संकटका कारण श्रीलंका अहिले समस्यामा परेको छ । कृषिलाई प्रोत्साहन नगरी पूर्वाधार निर्माण तथा घरजग्गामा अत्यधिक लगानी गर्ने गरेकाले यो समस्या निम्तिएको हो किनकि त्यसले आत्मनिर्भर अर्थतन्त्रमा खलल पुर्याउँछ । अनि निर्यातको तुलनामा आयातको भोलुम अत्यधिक भएकाले पनि आर्थिक संकटमा योगदान पुगिरहेको हो (जुन नेपालको हकमा समेत लागू हुन्छ) ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...