०७ असार २०८३, आइतबार

फेरि लाख नजिक सुनको मूल्य

फेरि लाख नजिक सुनको मूल्य

सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले बढेर ९९ हजार ७०० तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला ९८ हजार ९०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २०० रूपैयाँ छ । यसको मूल्य बिहीवार प्रतितोला ९८ हजार ४०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार ३६० पुगेको महासंघले जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्