×

NMB BANK
NIC ASIA

चुनावी जोडघटाउ

माओवादी नेताले किन लिँदैछन् एमालेको नाम– भित्र केही पाक्दैछ कि कांग्रेसलाई घुर्की मात्र ?

चैत २१, २०७८

NTC
Premier Steels

चैत ३ मा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले निरन्तर लखेट्यो भने एमालेसँग चुनावी गठबन्धन हुनसक्छ भन्ने आशयको अभिव्यक्ति दिए । 

Muktinath Bank

‘एमालेसँगको चुनावी तालमेलको कुरा नेपाली कांग्रेसको व्यवहारमा भर पर्छ । राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन । मैले संसदबाट भनेको छु, राजनीतिमा असम्भव भनेको केही छैन । राजनीति सम्भावनाको खेल हो । कांग्रेसका नेताहरूले माओवादीसँग तालमेल हुँदैन भनेर गरेका कुरा अतिवादी ढंगले आएको देखिएको छ । कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन, तर प्रधानमन्त्री देउवाले गठबन्धनलाई मिलाएर जाने कुरा गर्नुभएको छ’, प्रचण्डले बुटवलमा भनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले यस्तो अभिव्यक्ति दिएको अघिल्लो दिन चैत २ मा लुम्बिनी प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले एमालेसँग चुनावी गठबन्धनको ढोका बन्द नभएको बताएका थिए ।


Advertisment
Nabil box
Kumari

माओवादी केन्द्रका नेताहरूले कांग्रेसले साथ नदिए अरू पार्टीसँग मिलेर चुनावमा जान सक्ने बताएर कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाइरहेको विश्लेषण राजनीतिक वृत्तमा छ ।

Vianet communication

गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग चुनावी तालमेलमा सम्मानजनक हैसियतको सुनिश्चितता खोजेका थिए ।

बैठकमा सहभागी एक नेताले बताएअनुसार प्रचण्डले चुनावी तालमेलका लागि सबैजसो पार्टीले एकआपसमा कुराकानी गरिरहेको बारे गठबन्धनका सबै नेता जानकार बताउँदै स्थानीय तहमा चुनावी तालमेलको निर्णय केन्द्रबाटै हुनुपर्ने मत राखेका थिए । 

संस्थापन इतरका नेताहरूको दबाबमा कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तहमा आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

कांग्रेसको उक्त निर्णयका कारण चुनावमा सम्मानजनक हैसियतसहितको सीट नपाउने डर माओवादी केन्द्रलाई छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७४ मा गठबन्धनमा रहेका दलहरूले जितेको स्थानमा सोही पार्टीका उम्मेदवार बनाएर एमालेले जितेको स्थान गठबन्धनमा रहेका दलहरूलाई बाँड्नुपर्ने प्रस्ताव राखेका छन् । 

यसो हुँदा स्थानीय तहमा २०७४ को भन्दा धेरै ठाउँमा माओवादी केन्द्रको जित निकाल्न सक्ने माओवादी नेताहरूको विश्लेषण छ ।

अर्कातर्फ केन्द्रबाटै चुनावी तालमेलको निर्णय हुँदा कांग्रेसमा शेखर कोइराला पक्षले असहयोग गर्ने डर पनि माओवादी नेताहरूलाई छ । 

प्रचण्डले स्थानीय तहमा सकेसम्म धेरै स्थान माओवादी केन्द्रको भागमा पार्नका लागि गठबन्धनमा दबाब बढाइरहेका छन् । 

प्रचण्डले स्थानीय तहमा सकेसम्म धेरै स्थान माओवादी केन्द्रको भागमा पार्नका लागि गठबन्धनमा दबाब बढाइरहेका छन् । 

प्रचण्डले गठबन्धनमा सिर्जना गरेको दबाबबारे कांग्रेसका नेता रामचन्द्र पौडेल भन्छन्, ‘कांग्रेसका कार्यकर्ताहरूले अधिकांश ठाउँमा एक्लै चुनाव जित्न सक्षम छौं भनिरहेका छन् । चुनाव जित्ने दाबी सहित उम्मेदवारीको आकांक्षा राख्ने पुराना कार्यकर्ता धेरै  छन् । उनीहरूको चाहना, अपेक्षा देखेर कतिपय ठाउँमा उहाँहरू (माओवादी केन्द्र) लाई कति स्पेस हुन्छ भन्ने कुराको सुनिश्चितता नभएको हुँदा यस्ता कुरा आउन सक्छन् । तर, छलफल गरेर यथार्थमा आधारित भएर कहाँ कसको के हैसियत हो भन्ने आधारमा टुंगो लगाउनुपर्छ ।’ 

चुनावी तालमेलको निर्णय हुने बेलामा धेरै ठाउँमा आफ्नो उपस्थिति सुनिश्चित गर्ने उद्देश्यले दलका नेताहरूले बार्गेनिङ गर्नु स्वाभाविक भएको पौडेलको भनाइ छ । 

‘सबै पार्टीको आ–आफ्नो राजनीति हुन्छ । आफ्नो पार्टीको सबै राजनीति छाडेर गठबन्धन गर्न लागेको होइन । सबै पार्टी आफ्नो राजनीतिलाई बचाएरै गठबन्धन गर्न चाहन्छन् । यस्तो बेलामा अलिअलि बार्गेनिङ जस्तो देखिनु स्वाभाविक हो । विस्तृतमा कुरा गरेर मिलाउनुपर्छ’, पौडेलले भने ।

राजनीतिक दलहरूले चुनावबाट धेरैवटा स्थानीय तहमा उपस्थिति देखाउने प्रयास गर्नु स्वाभाविक भएको उनको भनाइ छ । 

पौडेलले थपे, ‘पार्टीहरूले धेरै ठाउँमा सिट चाहनु स्वाभाविक भयो । त्यसमा छलफल गरेर कम्प्रमाइज गर्दै जाने हो । कुन ठाउँमा कुन पार्टीको कुन हैसियत छ भनेर तल्लो तहबाट रिपोर्ट मागेका छौं । त्यो रिपोर्ट आएपछि त्यसलाई विश्लेषण गरेर चुनावी तालमेलमा भागबण्डाबारे निर्णय हुन्छ ।’

नेकपा एमालेका नेताहरू भने माओवादी केन्द्रसँग चुनावी तालमेल गर्नेबारेमा छलफल नै नभएको दाबी गर्छन् । तर, माओवादी केन्द्रका नेता वर्षमान पुनले एमाले नेताहरू संवादमा रहेको बताउँदै आएका छन् । 

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पुनको भनाइ खण्डन गर्दै माओवादी केन्द्रसँग चुनावी तालमेल गर्नेबारे पार्टीले औपचारिक रूपमा कुरा नगरेको बताए । 

‘औपचारिक रूपमा कहीँ कतै कुरा भएको छैन । व्यक्तिगत रूपमा कहीँ कसैले छलफल गरेको भए थाहा भएन, तर गठबन्धनमा बार्गेनिङका लागि एमालेसँग छलफल भइरहेको छ भनेका होलान्’, ज्ञवालीले भने । 

कांग्रेससँग बार्गेनिङ गरेर केही सिट बढाउन सकिन्छ भन्ने लागेर माओवादी केन्द्रका नेताहरूले सार्वजनिक अभिव्यक्तिमा एमालेलाई देखाउने गरेको ज्ञवालीको विश्लेषण छ । 

स्थानीय तहको चुनावमा माओवादी केन्द्रसँग एमालेले तालमेल गर्ने कुनै सम्भावना नै नभएको ज्ञवालीले बताए । ‘एमाले एक्लै चुनाव लड्छ । पार्टीले चुनावमा तालमेल गर्ने कुनै निर्णय गरेको पनि छैन’, उनले भने । 

एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलले पनि माओवादी केन्द्रसँग चुनावी तालमेलको बारेमा कुनै कुरा नभएको बताएका छन् । 

‘माओवादी केन्द्रसँग वार्ता भएको छैन र वार्ता गर्नुपर्ने आवश्यकता पनि छैन । कम्युनिस्ट पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरूसँग चुनावी तालमेलको कुनै सम्भावना छैन’ पौडेलले भने ।  

एमाले एक्लै चुनाव लड्न, एक्लै प्रतिस्पर्धा गर्न र जीत निकाल्न समक्ष भएको उल्लेख गर्दै पौडेलले आगामी स्थानीय तह निर्वाचनबाट ७० प्रतिशत स्थानीय तहका जित निकाल्ने दाबी गरे । 

उनले भने, ‘७० प्रतिशत स्थानीय तहमा एमाले एक्लै चुनाव जित्छ । चुनावमा प्रतिकूलता थपिँदा पनि जीतको ग्राफ ६० प्रतिशतभन्दा तल जाँदैन’, पौडेलले भने, ‘माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेर अलिकति स्पेश हासिल हुन्छ कि भन्ने सपना नदेख्दा हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x