×

NMB BANK
NIC ASIA

असहायको सहारा बाल सारथि

बलात्कृत बच्ची खोज्दै गएको त्यो घटना जसले अस्मितालाई समाजसेवाको अर्को पाटोमा डोहोर्‍यायो

सडकमा मागेर गुजारा गर्ने बालबालिकालाई शिक्षा र सभ्यता सिकाइरहेको बाल सारथिको मर्मस्पर्शी कथा

चैत २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कान्छो छोरा अवेजराज सुमार्गीको जन्मदिन अलि फरक ढंगले मनाउने शिलशिलामा ९ वर्ष अगाडि २ जुलाइका दिन अस्मिता सुमार्गी परिवारसहित पशुपति क्षेत्रमा रहेको एउटा संस्थामा पुगेकी थिइन् । केक काटेर भड्किलो जन्मोत्सव नभई केही परोपकारी काम गरेर छोराको जन्मदिन मनाउन पुगेकी अस्मिता कालान्तरमा त्यही संस्थाको नेतृत्व सम्हाल्न पुगिन् ।

Muktinath Bank

बाल सारथि नामक संस्थाले पशुपति क्षेत्र आसपासका बेवारिसे, मगन्ते र दिनभर सडकमा खेल्ने बालबालिकालाई जम्मा गरेर पढाउने काम गर्दथ्यो । त्यतिञ्जेलसम्म अस्मितालाई यो संस्थाको बारेमा धेरथोर थाहा थियो, तर प्रत्यक्ष देखेकी थिइनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार १८ गतेको दिन अस्मिता परिवारका सदस्यसहित बाल सारथिले सञ्चालन गरेको स्कूलमा गइन् । छोराको जन्मदिनको उपलक्ष्यमा त्यहाँ रहेका १०० जनाजति बालबालिकालाई खाना खुवाए । त्यसपछि माथिल्लो तलामा रहेको कार्यालयमा बसेर संस्थाको बारेमा कुराकानी भइरहेको थियो । संस्थाकी अध्यक्ष माला खरेलले स्कूलमा रहेकी तीन वर्षकी एक बच्ची बलात्कारको शिकार बनेको सुनाइन् ।


Advertisment
Nabil box
Kumari

त्यो सुनेपछि अस्मितालाई ती बालिकालाई भेट्न मन लाग्यो । उनीहरू बालिका रहेको कक्षामा गए । बालिकालाई भेट्न जाने क्रममा त्यहाँ भएको अर्को घटनाले अस्मितालाई बेचैन बनायो । 

Vianet communication
Laxmi Bank

‘मलाई छोएको एउटै कुरा, कक्षामा एउटा चतुरे केटाले उठेर ती बालिकालाई देखाउँदै उसको त इज्जत लुटेको छ भन्यो । त्यसो भन्दा सबै हाँसे, अरू त अरू त्यो पीडित बच्ची पनि हाँसी, जसलाई आफूलाई के भएको हो भन्ने समेत थाहा थिएन । त्यो घटनाको झण्डै डेढ महिना म रातिमा सुत्नै सकिनँ । आँखा चिम्ल्यो कि त्यही बच्चीको अनुहार झल्झली सम्झना आउने,’ अस्मिताले त्यो घटना स्मरण गर्दै भनिन् । 

बाल सारथिको कार्यकक्षमा अस्मिता सुमार्गी

एक डेढ महिनापछि अस्मिता त्यो बालिकालाई हेर्न फेरि बाल सारथि आइन् । तर यो बेला ती बच्ची फेला परिनन् । अस्मिता दोस्रोपटक बाल सारथि पुग्दा ती बालिका आउन छाडेको पनि १५/२० दिन भइसकेको थियो । 

बाल सारथि जहाँ अधिकांश त्यस्तै बालबालिका छन्, जसको स्थायी बसोबासको ठेगान छैन । कहिले स्कूल आउँछन्, कहिले आउँदैनन्, खोज्दै सडकमा जानुपर्छ । २०६४ सालमा माला खरेल लगायतले शुरू गरेको कामले अहिले अभियानकै रूप लिएको छ । 

‘घटनाको आठ ९ वर्षपछि अहिले पनि कुनै मन्दिर, फूटपाथ या सडकमा बालबालिका खेलेको देखें भने मेरो आँखा त्यही फुच्ची खोज्नमा जान्छ, त्यही बच्चीलाई भेटिन्छ कि भनेर नजर लगाइरहेकी हुन्छु,’ उनले भनिन् ।

ती बच्ची फेला नपरे पनि सोही घटनाले अस्मितालाई बाल सारथिसँग जोड्यो । 

‘त्यो घटनाले मलाई पनि प्रभावित बनायो । त्यहाँ संस्था चलाउन पनि गाह्रो परिरहेको रहेछ, संस्था के गरेर चलाउने, कसरी टिकाउने भन्ने समस्या परिरहेको रहेछ । कमल नयनाचार्य गुरु (मुक्तिनाथ पीठाधीश)ले पनि भन्नुभएको रहेछ– अस्मितालाई साथमा लिनू । त्यसपछि म पनि बाल सारथिसँग जोडिएँ,’ अस्मिताले स्मरण गरिन् ।

बाल सारथि जहाँ, पशुपति मन्दिर आसपासमा माग्न बसेका बाबुआमाका छोराछोरी, सडकको फूटपाथमा व्यापार गर्ने र पशुपतिको आर्यघाटतिर काम गर्नेका छोराछरी आउँछन् । पढ्नभन्दा पनि निःशुल्क खाना र खाजा खान पाइने निहुँमा बालबालिकाहरू बाल सारथिमा आउने गरेका छन् । ती मध्ये केहीले स्कूल कन्टिन्यु गर्छन्, केहीले गर्दैनन् ।

खासमा अस्मिताले अहिले सूचना आयोगको आयुक्त रहेकी कमला ओलीसँग मिलेर यस्तै बाल कल्याणकारी संस्था बनाउने योजना बनाएकी रहिछिन् । त्यही तयारीका बीच अस्मिता अमेरिका गइन् । अस्मिता अमेरिकामा रहेकै समयमा बाल सारथि संस्थाकी संस्थापक अध्यक्ष माला खरेल र कमलाबीच कुरा भएछ– अस्मितालाई पनि बाल सारथिमै जोड्ने । 

अमेरिकाबाट फर्केपछि अस्मिताको पनि बाटो मोडियो । नयाँ संस्था खोल्नुभन्दा चलिरहेको संस्थालाई नै अगाडि बढाउने सहमति भयो । अस्मिता बाल सारथिमा त जोडिइन्, तर पुराना कतिपय साथीहरू निस्क्रिय हुन थाले । ‘अब अस्मिता नै आएपछि के समस्या भयो र भन्दै साथीहरू निस्क्रिय हुन थाल्नुभयो । यो मेरा लागि दुःखको कुरा हो,’ उनले भनिन् । 

बाल सारथि जहाँ, पशुपति मन्दिर आसपासमा माग्न बसेका बाबुआमाका छोराछोरी, सडकको फूटपाथमा व्यापार गर्ने र पशुपतिको आर्यघाटतिर काम गर्नेका छोराछरी आउँछन् । पढ्नभन्दा पनि निःशुल्क खाना र खाजा खान पाइने निहुँमा बालबालिकाहरू बाल सारथिमा आउने गरेका छन् । ती मध्ये केहीले स्कूल कन्टिन्यु गर्छन्, केहीले गर्दैनन् ।

आर्थिक हैसियत नभएका परिवारका केही बालबालिकाले पढाइलाई निरन्तरता दिन्छन्, किन्तु जसका अभिभावकलाई आफ्ना बच्चालाई पढाउनुपर्छ भन्ने ज्ञान समेत छैन । 

‘ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल’ भनेजस्तै यही सारथिमा आएर अक्षर चिनेका बालबालिका अहिले कलेज पढ्ने भइसके । कोही जागिरमा लागिसकेका छन् । 

साँघुरोबाट फराकिलोतर्फ बाल सारथि

काठमाडौंको गौशालाबाट चाबहिलतर्फ जाँदै गर्दा जयबागेश्वरीमा काठमाडौं महानगरपालिका वडा नम्बर ८ को कार्यालय छ । वडा कार्यालयलाई बायाँ पारेर ढुङ्गा बिच्छ्याएको बाटो केही पूर्वतर्फ लागेपछि भेटिन्छ, बाल सारथि नामक स्कूल । एउटा साँघुरो घरको भुइँतलामा झण्डै १०० जना बालबालिका पढिरहेका छन् । 

नेपालको एक परिचित व्यावसायिक घरानाकी सदस्य अस्मिता फुर्सद भयो कि एकछिनका लागि भएपनि बाल सारथि आउँछिन् र बच्चाहरूको खुशी हेर्छिन् । ‘हप्तामा दुई दिन त म नियमित आउँछु, अरू दिन पनि फुर्सद भयो भने आउने ठाउँ यही हो,’ अस्मिताले लोकान्तरसँग भनिन्, ‘मलाई यहाँ आउँदा स्वर्गीय आनन्द आउँछ । जीवनको वास्तविकता बुझ्न पाएँजस्तो लाग्छ ।’ 

कोही नयाँ मानिस भेटियो कि उनले पहिला चिनाउने बाल सारथि संस्थालाई हो । बाल सारथिलाई अगाडि बढाउन आफ्ना साथीहरूलाई भन्छिन्, कतिपय तयार हुन्छन्, कतिपय हुँदैनन् । ‘कति चिनजानका मान्छेलाई भन्छु, व्यावसायिक रूपमा राम्रो सम्बन्ध रहेका र आर्थिक रूपमा सम्पन्नहरू पनि यस्तो सामाजिक कामका लागि तयार नहुँदा खिन्न लाग्छ,’ उनले भनिन् । 

पशुपति क्षेत्रको व्यस्त र भीडभाडमा रहेको साँघुरो स्कूल अब केही समयमै आफ्नै व्यवस्थित भवनमा सर्दैछ । काठमाडौंका सुविधा सम्पन्न बोर्डिङ स्कूलजस्तै फराकिलो कम्पाउन्डसहितको भवनमा बाल सारथि सर्न लागेको छ ।

यो स्कूलको भवन ठडिनुको पनि छुट्टै कहानी छ । अस्मिता बाल सारथिमा जोडिएपछि आफ्नै स्कूल भवन बनाउने कुरा भयो । उनले स्कूलका लागि जग्गा आफूले दिने र भवन बनाउनका लागि आर्थिक सहयोग खोज्ने प्रस्ताव गरिन् । 

भवन बनाउनका लागि यज्ञ समेत लगाइयो । यज्ञमा एकजना व्यक्तिले एक करोड रुपैयाँ दिने घोषणा पनि गरे । उनलाई अभिनन्दन गरियो । तर, घोषणा गरे अनुसारको सहयोग प्राप्त हुन सकेन । 

प्रतिबद्धता अनुसारको सहयोग उठ्न नसके पनि अस्मिता नेतृत्वको टीमले हिम्मत हारेन । उनीहरूले भवन निर्माणका लागि श्री गणेश गरे । त्यहीबेला कोरोना महामारी शुरू भयो । सहयोग गर्न चाहेकाहरू पनि खुम्चिनुपर्ने अवस्था आयो । कोरोनाका कारण आर्थिक मन्दी भएपछि संस्था चलाउन र भवन बनाउन झनै कठिन भयो । विस्तारै कोरोनाको कहर सुस्ताउँदै जाँदा भवनले पनि अकार लियो । 

गुह्येश्वरी मन्दिरनजिकै अस्मिताले दिएको २५ आना जग्गामा सारथिको चारतले भवन ठडिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको यही भवनबाट बाल सारथिको यात्रा अगाडि बढ्ने छ । ‘अबको एक डेढ महिनामा सम्पन्न हुँदैछ, त्यसपछि हामीले आफ्नै भवनमा बालबालिकालाई पढाउन पाउँछौं,’ अस्मिताले भनिन् । अहिले साँघुरो रहेको भवनमा कोठा अभावमा दुईवटा कक्षा एउटै कोठामा सञ्चालन भइरहेको छ । 

भवन निर्माणका लागि डा. लुना अर्यालले गिट्टी र बालुवा सहयोग गरिन् भने नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले एक ट्रक सिमेन्ट सहयोग गरेका थिए । कक्षा कोठा आफ्ना दुई छोरीको नाममा राखिदिन आग्रह गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष भवन भट्टले १० लाख रुपैयाँ सहयोग गरेका छन् । 

नेपाली कांग्रेसका नेता पूर्वमन्त्री टेकबहादुर गुरुङले ५ लाख दिएका छन् भने महालक्ष्मी विकास बैंकले पनि ५ लाख सहयोग गरेको छ । ‘सबैको नाम लिन सम्भव भएन, ५ सय रुपैयाँदेखि माथि सहयोग गर्ने सबैको नाम मार्बलमा लेखेर भित्तामा टास्छौं,’ अस्मिताले भनिन् ।

किया मोटर्सकी रेखा घिमिरेले अक्षयकोष निर्माणका लागि ५ लाख रुपैयाँ दिएकी छिन् । यो बाहेक भवन निर्माणका लागि अस्मिताले नै खर्च जुटाइन् ।

‘अस्मिता म्याडम जोडिएपछि बाल सारथिको मुहार फेरिएको छ, केही नयाँ काम गर्न अन्यत्रबाट सहयोग भएन भने उहाँ आफैँ अग्रसर हुनुहुन्छ,’ बाल सारथिसँग आबद्ध एक पदाधिकारीले भनिन् । 

अहिले कक्षा ५ सम्म पढाइरहेको बाल सारथिले कक्षा बढाउँदै नयाँ भवनमा असहाय बालिकाका लागि होस्टल समेत सञ्चालन गर्ने तयारी गरेको छ । त्यो भवनमा अभिभावक नभएका ७७ वटै जिल्लाका बालिकालाई राख्नेगरी होस्टल बन्दैछ । काठमाडौंमा त विभिन्न संस्था छन्, तर बाहिरका जिल्लामा अलपत्र बालिकालाई ल्याएर होस्टलमा राख्ने योजना बाल सारथिको छ । 

अहिले कक्षा ५ सम्म पढाइरहेको बाल सारथिले कक्षा बढाउँदै नयाँ भवनमा असहाय बालिकाका लागि होस्टल समेत सञ्चालन गर्ने तयारी गरेको छ । त्यो भवनमा अभिभावक नभएका ७७ वटै जिल्लाका बालिकालाई राख्नेगरी होस्टल बन्दैछ । काठमाडौंमा त विभिन्न संस्था छन्, तर बाहिरका जिल्लामा अलपत्र बालिकालाई ल्याएर होस्टलमा राख्ने योजना बाल सारथिको छ । 

‘भुइँतलाको कोठाहरूमा कक्षा सञ्चालन गरेर माथिल्लो तलामा होस्टल सञ्चालन गर्ने योजना छ,’ भवन देखाउँदै अस्मिताले भनिन्, ‘अहिले साँघुरो भवनमा पढिरहेका कोपिलाहरू अब फराकिलो ठाउँमा बसेर पढ्न पाउने छन् ।’ कम्पाउन्डसहितको फराकिलो भवनमा खेल्न पाइने भएकाले बालबालिका आकर्षित हुने उनको विश्वास छ । 

बाल सारथिको नयाँ स्कूल भवनसँगैको जग्गामा वृद्धाश्रम बनाउने अस्मिता लगायत उनका साथीहरूको कल्पना छ । ‘यहाँ एउटा वृद्धाश्रम बनाउने सपना छ, हेरौं कति पूरा गर्न सकिन्छ,’ अस्मिताले भविष्यको योजना सुनाउँदै भनिन् । 

स्कूल सञ्चालन बाल सारथि संस्थाले गरिरहेको छ, जसको अध्यक्ष अस्मिता छिन् भने बाल सारथि एकेडमीको अध्यक्ष माला खरेल । बाल सारथिको कुरा गर्ने बेला अस्मिताले नछुटाउने नाम हो, माला खरेल र कमला ओली । विगतमा बाल सारथिको महासचिव समेत रहिसकेकी कमला सूचना आयुक्त नियुक्त भएदेखि सक्रिय छैनन् । 

बाल सारथिका लागेका कोपिला र फुलेको फूल

शर्मिला न्यौपाने अहिले बाल सारथि स्कूलमा पढाउँछिन् । जुम्लाबाट सानैमा काठमाडौं आएकी शर्मिला नजिकैको शारदा स्कूलमा पढ्ने बेला खाजा खानका लागि बाल सारथिमा आउने गर्थिन् । कुनै बेला सारथिको कक्षा कोठामा आएर बसिन् । खासमा निःशुल्क खाजा खान पाइने कुराले उनलाई लोभ्याएको थियो । 

शारदा स्कूलबाट एसएलसी पास गरेपछि उनले काठमाडौंमै प्लस टू र गोल्डेन गेट कलेजबाट ब्याच्लर अध्ययन गरिन् । शर्मिलालाई ब्याच्लर बढ्ने बन्दोबस्त भने अस्मिताले मिलाइदिएकी हुन् । ‘शुरूमा सित्तैमा खाजा खान पाइन्छ भनेर यहाँ आएकी थिएँ, अहिले यही स्कूलमा काम गर्न पाउँदा खुशी लागेको छ,’ शर्मिलाले भनिन् । 

शुरूमा बाल सारथिको सहयोगमा केही विद्यार्थी कलेज पढ्ने भइसकेका छन् । पाँच कक्षासम्म यहीँ पढेका १६ जना विद्यार्थी अहिले तिलगंगामा रहेको हिमालयन बोर्डिङमा पढिरहेका छन् । पशुपति स्कूलमा पनि तीनजना पढिरहेका छन् । 

यस्तै टेक्सास स्कूलमा २ जना र ग्लासियर कलेजमा ३ जनाले पढिरहेका छन् । उनीहरूको पढाइ शुल्क बाल सारथिले नै व्यहोरिरहेको छ । 

बाल सारथिमा पढेका बालबालिका अहिले रोजगारीमा समेत लागिसकेका छन् । ‘अस्ति एउटा बुटिकमा यहीँ पढेकी एक बहिनीसँग भेट भयो । मलाई देखेर उनी अंगालो हाल्न आइन्, म रविना बाल सारथिमा पढेको चिन्नुभएन भन्दै । मेरो आँखाबाट आँसु आयो, हाम्रा बच्चाहरू जागिर खाने भएछन् भनेर,’ अस्मिताले भनिन् । 

बालबालिकाका लागि समर्पित रमा

अहिले स्कूलको रूप ग्रहण गरेको बाल सारथि शुरूआती चरणमा एउटा कोठामा सीमित थियो ।

२०६४ सालमा बालबालिकालाई चिउरा र दालमोठ दिएर पढ्नका लागि लोभ्याइन्थो । माला खरेल (जो बाल सारथिकी संस्थापक हुन्)ले बाहिर र रमा उप्रेतीले कोठामा बसेर काम गर्थे ।

‘बालबालिकाको हात मुख धोइदिँदै काम शुरू गरेको, अब काम छाड्छु भन्यो, यिनीहरूको मायाले छाड्न सक्दिनँ,’ आइतबार स्कूलमा भेटिएकी उप्रेतीले भनिन् ।

उनीलगायत शिक्षिकाहरूले सडकका बालबालिकालाई शिक्षा र सभ्यता सिकाइरहेका छन् । बाल सारथि स्कूलमा पढ्ने बालबालिकाको खाना खाजाका लागि दाताहरूले सहयोग गरिरहेका छन् । 

कतिपय संस्थाले लगातार सहयोग गरिरहेका छन् भने कतिपयले जन्मदिन, वैवाहिक वर्षगाँठ लगायतका बेला आएर सहयोग गर्ने गर्दछन् । बाल सारथिका लागि श्री एयरलाइन्सले चामल सहयोग गर्दै आएको छ ।

‘श्री एयरलाइन्सबाट लामो समयदेखि चामल प्राप्त भइरहेको छ, किशोर कुमारजीले दाल, गेडागुडी, आलु, मसलालगायत सहयोग गरिरहनुभएको छ,’ अस्मिताले भनिन्, ‘विद्यार्थीका लागि कपी, ब्याग र ड्रेसलगायत सामग्री जुटाइदिने काम पूर्व रक्षा सचिव आत्मराम पाण्डेले गर्दै आउनुभएको छ ।’ 

बाल सारथिमा अहिले १३ जना शिक्षक र कर्मचारी छन् । ‘शिक्षकहरूले पनि एक प्रकारको भोलिन्टियर सेवा गरिरहनुभएको छ । सबैको सहयोग र सेवा भावले नै बाल सारथि चलिरहेको छ,’ अस्मिताले भनिन् । 

प्रायः सडकमा खेल्ने रमाउने बालबालिकालाई बेलाबखत मनोसामाजिक परामर्श दिने गरिएको छ ।

प्रहरी वृत्त गौशालाका महिला प्रहरीले बालिकामाथि हुने ‘गूड टच र ब्याड टच’बारे उनीहरूलाई जानकारी गराउने गरेका छन् । 

बाल सारथिमार्फत न्युनतम सुविधाबाट बञ्चित बालबालिकालाई पनि शिक्षाको ज्योति दिने र उनीहरूलाई सभ्य नागरिक बनाउन प्रेरित गर्ने आफूहरूको अभियान सफल हुने अस्मिताको विश्वास छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x