×

स्थानीय तहको पाँच वर्ष : महिला उपप्रमुखको भूमिका सङ्कुचित

चैत २८, २०७८

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

स्थानीय तहको पहिलो निर्वाचनको कार्यकाल अन्तिम क्षणमा आइपुग्दासम्म स्थानीय तहका उपप्रमुखहरू आफ्नै भूमिकाप्रति पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन् ।

संविधान र कानुनले स्थानीय तहका उपप्रमुखलाई निश्चित अधिकार प्रदान गरे पनि उक्त अधिकारमा प्रमुखको ठाडो हस्तक्षेपका कारण उपप्रमुखहरू आफ्नो भूमिकाप्रति सन्तुष्ट हुन नसकेको पाइएको हो ।


Advertisment

अधिकांश पालिकामा प्रमुखको हस्तक्षेपले उपप्रमुखले कानुनले दिएको अधिकार पनि प्रयोग गर्न नपाएको गुनासो गरेका छन् भने महानगरपालिकामा अन्य पालिकामा भन्दा अझ बढी गुनासो छ । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले संविधान र कानुनले उपप्रमुखलाई चारवटा अधिकार प्रदान गरे पनि व्यवहारमा सो अधिकारको निर्वाध रूपमा प्रयोग गर्न नपाएको गुनासो गरिन्।


Advertisment

उनले भनिन्, “कानुनले त स्थानीय तहका उपप्रमुखलाई अधिकार दिएको छ तर सबैजसो काममा प्रमुखको हस्तक्षेपले सोचे जति काम गर्न सकिएन ।” स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका उपप्रमुखलाई न्यायिक समितिको संयोजकको भूमिका, बजेट निर्माण गर्ने, राजस्व सङ्कलनको अनुगमन, सहजीकरण र स्थानीय तहको बजेटबाट पालिकाभित्र सञ्चालन भएका सबै योजना अनुगमन गर्ने सोको प्रतिवेदन बैठकमा पेस गर्ने जिम्मेवारी दिएको छ ।

उपप्रमुख कार्कीले अधिकांश स्थानीय तहमा उपप्रमुख महिला भएकै कारणले कानुनले दिएको अधिकारमाथि पनि प्रमुखबाट हस्तक्षेप भएको गुनासो गर्दै सबैजसो पालिकामा प्रमुख स्वयंले तोक लगाएर बजेट दिने व्यवस्था गरिएको छ तर उपप्रमुखलाई त्यस्तो अधिकार नदिएकाले पनि स्थानीय तहमा उपप्रमुख कमजोर भएको भनाइ उनीहरूको छ ।

काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले कानुनले दिएको अधिकार प्रयोग गर्न आफूले पाँच वर्षसम्म प्रमुखसँग सङ्घर्ष गर्नुपरेको बताइन् । कानुनले स्थानीय तहका उपप्रमुखलाई चारवटा अधिकार दिएको छ र यी अधिकार लिन पनि प्रमुखसँग सङ्घर्ष गर्नुप-यो भन्दै उनले थपिन्, “प्रमुखको हस्तक्षेपकारी भूमिकाले गर्दा स्थानीय तहमा उपप्रमुखका कतिपय अधिकार प्रयोग गर्न कठिन भयो ।

” विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले कानुनले दिएको अधिकार आफूले प्रयोग गरे पनि कतिपय अवस्थामा प्रमुखसँग असहमति हुने गरेको गुनासो गरिन्। उनले पालिका प्रमुख चाहिँ जनताबाट निर्वाचित भएको र उपप्रमुख मनोनीत भएकोजस्तो व्यवहार प्रमुखले देखाउने गरेकाले हरेक स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच द्वन्द्व हुने गरेको छ भनिन्। पालिकामा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपप्रमुख हुने व्यवस्था छ ।

उनीहरूले छलफलपछि ल्याएका कार्यक्रमलाई कार्यपालिकाको बैठक र पालिकाको सभाबाट पारित गर्नुपर्ने व्यवस्था छ तर पदाधिकारीमध्ये बहुमत पुरुष हुँदा महिलामैत्री महत्त्वपूर्ण योजना पारित नगरी योजनाबाट हटाइने गरिएको गुनासो सबैजसो उपप्रमुखको छ । गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खबर लेखेका छन् ।

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x