×

NMB BANK
NIC ASIA

मोरङका यी तीन पालिका, जहाँ प्रमुखमा एमालेले एकल नाम सिफारिस गर्‍यो

चैत २९, २०७८

NTC
Premier Steels

नेकपा एमालेले मोरङका तीन पालिका प्रमुखका लागि सर्वसम्मत रुपमा एक–एक जनाको नाम सिफारिस गरेको छ । 

Muktinath Bank

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दुई गाउँपालिका र एक नगरपालिकामा एमालेले सर्वसम्मत नाम सिफारिस गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रंगेली नगरपालिकामा माओवादीबाट केही दिनअघि एमाले प्रवेश गरेका मेयर दिलीप अग्रवाललाई नै एमालेले मेयरको उम्मेदवार बनाउने भएको छ । 


Advertisment
Nabil box
Kumari

अग्रवाल एमालेमा प्रवेश भएसँगै माओवादी प्रदेश १ मा मेयरविहीन भएको थियो । उनी कांग्रेस, माओवादी हुँदै एमालेमा प्रवेश गरेका हुन् ।  

Vianet communication

यस्तै उपमेयरमा ३ जनाको नाम सिफारिस गरिएको छ । बहालवाला उपमेयर केशवकुमारी खराल, उषा झा र भूमा पराजुलीको नाम सिफारिस भएको एमाले रंगेली नगर कमिटीले जनाएको छ । 

मेयर अग्रवाल र उपमेयर खराल दुवै अघिल्लो चुनावमा माओवादीबाट विजयी भएका हुन् । उनीहरूलाई केही दिन अघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए । 

यस्तै कटहर गाउँपालिकाको प्रमुखमा मुसहरु मण्डलको नाम मात्रै सिफारिस भएको छ । उपाध्यक्षमा भने ५ जनाको नाम एमाले कटहरी गाउँ कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरेको छ । 

किरणदेवी चौधरी, उपासी देवी राजवशी, सीता पाठक, विमला विष्ट, राधा देवी पासवानको नाम सिफारिस गरिएको एमाले कटहरी गाउँ कमिटीले जनाएको छ । 

जहदाँ गाउँपालिकामा भने अध्यक्ष उपाध्यक्षमा एक–एक जनाको नाम सिफारिस गरिएको छ । अध्यक्षमा कृष्ण गिरी र उपाध्यक्षमा अनिता सोरेनको नाम सिफारिस गरिएको हो । 

उपाध्यक्षमा सिफारिस भएकी सोरेन अघिल्लो चुनावमा कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार बनेकी थिइन् । जहदाँमा अध्यक्ष–उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको थियो । 

मोरङका अधिकांश वडामा वडाध्यक्ष सदस्य पदमा भने सर्वसम्मत भएको नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले बताए ।

विराटनगरले भने यसअघिकै प्रमुख–उपप्रमुखको नाम सिफारिस गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x