×

NMB BANK
NIC ASIA

अर्थतन्त्रको ताजा चित्र

निर्यातबाहेक अर्थतन्त्रका सबै सूचक नकारात्मक, यस्तो छ ८ महिनाको अर्थचित्र

चैत २९, २०७८

NTC
Premier Steels

देशको अर्थतन्त्रमा योगदान गर्ने विभिन्न सूचकहरूमध्ये निर्यात बढेको बाहेक कुनै पनि सूचक सकारात्मक देखिएको छैन । 

Muktinath Bank

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबै ठीकठाक भनेपनि तथ्यांकले भने अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक रहेको देखाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षको ८ महिनासम्मको सार्वजनिक तथ्यांकअनुसार फागुनसम्ममा निर्यात ८० अर्ब रूपैयाँबाट बढेर १ खर्ब ४७ रूपैयाँ पुगेको छ । अरू सूचकमा साउनदेखि निरन्तर घट्दै गएको रेमिट्यान्स गत वर्षको फागुनको तुलनामा जम्मा ३ प्रतिशतले बढेको छ भने अरू सबै सूचक अर्थतन्त्रका लागि सकारात्मक देखिएका छैनन् । 


Advertisment
Nabil box
Kumari

चालू आर्थिक वर्षको ८ महिनामा सरकारले गर्ने बजेट खर्च जम्मा ४१ प्रतिशत छ । यस्तो खर्च अहिलेसम्म जम्मा ६ खर्ब ७५ अर्ब रूपैयाँ मात्रै छ । विकास बजेट खर्च गत वर्षको भन्दा ३ प्रतिशत कम छ । ८ महिनाको विकास खर्च जम्मा २० प्रतिशत छ ।

Vianet communication

अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशतका दरले खर्च गर्ने भने पनि ८ महिनामा भएको खर्च जम्मा ७७ अर्ब रूपैयाँ मात्रै हो । चालू आवका लागि सरकारले गर्नुपर्ने खर्च पौने ४ खर्ब रूपैयाँको छ । 

मुलुकको व्यापार घाटा करीब १३ खर्ब रूपैयाँ पुग्न लागेको छ । ८ महिनामा देशमा १३ खर्बको आयात भएको देखिए पनि यो आयात बढेर अहिले साढे १४ खर्ब पुगिसकेको छ । 

बैंकिङ प्रणालीमा चालू आवको शुरूदेखि नै लगानीयोग्य अभाव भएकाले बैंकहरूले निक्षेप बढाउन सकेनन् । निक्षेप अपेक्षाकृत ढंगले नबढेको र कर्जा प्रवाह मात्रै भएको हुँदा बैंकिङ प्रणालीमा तरलता अभाव बढेको छ । फागुनसम्ममा वाणिज्य बैंकहरूले जम्मा १ खर्ब ६० अर्ब निक्षेप संकलन गरेर कर्जा प्रवाह भने ५ खर्ब २८ अर्ब रूपैयाँ पुर्‍याएका छन् ।

विदेशी मुद्राको सञ्चिति हरेक महिना घट्दै गएको छ । गत असारमा मात्रै १३ खर्ब ९९ अर्ब रूपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति घटेर अहिले जम्मा ११ खर्ब ७१ अर्ब रूपैयाँमा सीमित भएको छ ।

गत वर्षको यो अवधिमा सरकारसँग ११.३ महिनाको आयात धान्न पुग्ने रकम थियो भने यो अहिलेको जम्मा ६.७ महिना मात्रै धान्न सक्ने अवस्था रहेको पनि राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

दुई आर्थिक वर्षको अर्थतन्त्रको चित्र (८ महिनासम्मको)

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x