×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

राप्रपाको पकड भएको भैरहवामा कांग्रेस-एमालेको चुनावी भिडन्त, कसले मार्ला बाजी ?

चैत ३०, २०७८

NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राम्रो प्रभाव भएको नगर हो रूपन्देहीको सिद्धार्थनगर नगरपालिका । भारतसँग सीमा जोडिएको रूपन्देहीको पुरानो बजार सिद्धार्थनगर भैरहवाका नामले बढी परिचित छ ।

Muktinath Bank

राप्रपाका प्रभावशाली नेता तथा पूर्व मन्त्री दीपक बोहोराको गृहनगर भैरहवामा गत निर्वाचन २०७४ सालमा भने एमालेले मेयर/उपमेयरसहित बहुमत वडामा सहज जीत निकालेको थियो । सिद्धार्थनगर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएको नगर हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी वैशाखको निर्वाचनमा भैरहवामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । नगरमा सत्तारूढ गठबन्धनले तालमेल गरेर अगाडि बढ्ने सहमति गरिसकेको छ । भैरहवामा नेकपा एमाले, राप्रपा र सत्तारुढ दलका उम्मेदवारबीच कडा ‘टक्कर’ हुने देखिन्छ । सत्तारुढ गठबन्धनले तालमेल गरेपछि भैरहवामा एमाले र राप्रपाबीच पनि तालमेलको चर्चा छ ।


Advertisment
Nabil box
Kumari

एमालेले मेयर र ९ वटा वडा दिन तयार भए मात्र राप्रपासँग तालमेल गर्न सकिने प्रस्ताव गरेको छ तर राप्रपा मेयर छाड्न तयार छैन । तालमेलको सम्भावना पनि कम हुँदै गएको छ । सत्तारुढ गठबन्धन, एमाले र राप्रापाबीच त्रिपक्षीय प्रतिस्पर्धा भए भैरहवाको चुनावी लडाइँ झनै रोचक हुनेछ ।

Vianet communication

व्यापारिक शहर भैरहवामा प्रमुख दलहरू बराबर हैसियतको राप्रपासँग हुने चुनावले शहर झनै तातेको छ । भैरहवा बोहोराको निर्वाचन क्षेत्र भएकाले राप्रपाको बढी प्रभाव छ ।

गत निर्वाचनमा एमालेका हरिप्रसाद अधिकारी ६ हजार ७०५ मतका साथ मेयरमा निर्वाचित भए । उपमेयरमा एमालेकै उमा काफ्ले ६ हजार १७२ मतका साथ निर्वाचित भइन् । अधिकारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मात्रिकाप्रसाद यादवले ५ हजार २५० मत र उपप्रमुखमा निकटतम प्रतिस्पर्धी कांग्रेसकै माधवी शर्मा वाग्लेले ४ हजार २२४ मत ल्याइन् । एमालेबाट निर्वाचित उपमेयर काफ्ले हाल नेकपा एकीकृत समाजवादीमा छन् । 

राप्रपाका सागरप्रताप राणाले ४ हजार ६३७ मत मात्र ल्याए । अहिले राप्रपाले शक्तिआर्जन गरेर फेरि सागरप्रताप राणालाई नै अगाडि सार्दैछ । राणा ७७ वर्षीया वृद्ध हुन् । राणा २०५४ सालमा सिद्धार्थनगरको मेयर बनेका थिए । २०६० सालमा पनि तत्कालीन प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाले राणालाई भैरहवामा मेयर मनोनीत गरेका थिए । राणाले आउँदो निर्वाचन राप्रपाले जित्ने दाबी गरेको छ ।

‘गत निर्वाचनमा हामी कमजोर जस्तो देखियौँ,’ राणा भन्छन्, ‘यसपटक हाम्रो धेरै क्षेत्रमा सुधार भएको छ । कार्यकर्तामा पनि एउटा उत्साह छ । हामी चुनाव जित्छौँ ।’ यता एमालेले पनि भैरहवामा चुनावी गतिविधिलाई तीव्र बनाएको छ । 

एमाले नगर कमिटीले मेयरमा ८ जनाको नाम जिल्लामा सिफारिस गरेको छ । मेयरमा नारायण भण्डारी, भरत पोखरेल, राजेन्द्र पन्थी, हितराज पन्थी, हरि अधिकारी, जीवलाल अर्याल, डा. रामप्रसाद बस्याल र धर्मराज गिरीको नाम पठाइएको छ । ८ जनामध्ये भण्डारी, पोखरेल र पन्थी प्रमुख दाबेदार हुन् ।

पोखरेल एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट हुन् । उनी गत निर्वाचनमा पनि मेयरका दाबेदार थिए । बहालवाला मेयर हरि अधिकारीले पनि दोहोरिने इच्छा देखाएका छन् । उनी घनश्याम भुसाल निकट हुन् । भैरहवा एमाले नेता घनश्याम भुसालको प्रभाव पहिलेभन्दा धेरै घटेको छ । जनताको चाहनाअनुसार अधिकारीले काम गर्न नसकेको भैरहवावासी बताउँछन् । उनले वाचा एउटा काम अर्कै गरेको नगरवासीको आरोप छ ।

हालै एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले प्रवेश गराएका नारायण भण्डारी पनि प्रमुख दाबेदार मानिन्छन् । भण्डारीले आफूसहित धेरै माओवादीलाई एमालेमा भित्र्याएकाले एमाले र आफूसँगै आएका मतले चुनाव जित्न सकिने दाबी गरिरहेका छन् । उनले माओवादीका भैरहवाका ३ हजार ५०० भोटमध्ये १ हजार ७०० भोट आफूसँगै आएको लोकान्तरसँग दाबी गरे । 

एमाले रुपन्देहीका उपसचिव तथा भैरहवा एमाले नेता हितराज पन्थी पनि मेयरको दाबी गरिरहेका छन् । एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले भैरहवामा एमालेको संगठन धेरै बलियो रहेकाले एमालेलाई चुनाव जित्न कुनै गाह्रो नभएको दाबी गरे । मेयरका दाबेदार भण्डारीले आफूलाई पार्टीले भैरहवामा अगाडि सारे सहज जीत निकाल्ने दाबी गरे । 

कांग्रेसबाट सिद्धार्थनगरको मेयर पदमा उम्मेदवारीका लागि कांग्रेसबाट संविधान सभा सदस्य भइसकेका इस्तियाक अहमद खानले दाबी गरेका छन् । यसअघि पराजित भएका निवर्तमान क्षेत्रीय सभापति मात्रिका यादव, क्षेत्रीय सभापति सुशील गुरुङ, महासमिति सदस्य तथा सिद्धार्थनगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले पनि मेयरमा दाबी प्रस्तुत गरेका छन् । 

कांग्रेसको सिद्धार्थनगर सभापति कोसिसबहादुर खड्काले छिट्टै मेयर पदको उम्मेदवार तय गर्ने बताए । तालमेल भएपछि पनि भैरहवा कांग्रेसले मेयरको टिकट पाउने दाबी गरे । ‘हामी यहाँ एक्लै लडे पनि जितिन्छ । गठबन्धन बन्ने भयो,’ खड्काले भने, ‘गठबन्धन हुँदा जीत ढुक्क छ । धेरै वडामा हामी विजयी हुन्छौं ।’

सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रले उपमेयर पाउने सम्भावना छ । 

२०४६ यताका ६ वटा संसदीय तथा संविधान सभा निर्वाचनमा कांग्रेसले २०४८ र २०५६ सालमा चुनाव जितेको छ । २०५१ र २०७४ सालमा एमालेले जित्यो भने राप्रपाले २०७० सालमा र तत्कालीन मधेशी जनअधिकार फोरम २०६४ सालले एकपटक जितेको छ ।

२०४९ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसले नगर प्रमुख जितेको थियो । २०५४ सालमा एमालेसँगको तालमेल गरेर राप्रपा मेयरमा विजयी भएको थियो । एमालेले यी दुवै चुनावमा उपमेयर पाएको थियो । भैरहवामा जनता समाजवादी पार्टी (जसपा), नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पनि राम्रै प्रभाव छ ।

मिश्रित समुदायको बसोबास रहेको भैरहवामा १३ वटा वडा छन् भने ४४ हजार ६५२ मतदाता छन् । भैरहवा नेपालकै दोस्रो ठूलो सुनौली भन्सार नाका भएको नगर पनि हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x