×

NMB BANK
NIC ASIA

कांग्रेसलाई तीनै तहको निर्वाचनमा विजयी बनाउनेतर्फ ध्यान केन्द्रित हुनुपर्छ : डा. कोइराला

बैशाख १, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ वर्षसँगै मुलुकमा चुनावी माहौल तात्ने बताएका छन् ।

Muktinath Bank

बिहीवार नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै डा. कोइरालाले यस वर्ष भरी नै विश्राम गर्ने समय नहुने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले शुभकामना सन्देशमा भनेका छन,'नयाँ वर्षसँगै देशमा चुनावी माहौल तात्नेछ । यो वर्षभरि नै हामीलाई विश्राम गर्ने समय हुने छैन । हाम्रो क्रियाशीलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुनेछ । नेपाली कांग्रेसका हामी सिपाहीले यो वर्षलाई चुनावी वर्ष" का रूपमा लिनु पर्नेछ ।'


Advertisment
Nabil box
Kumari

उनले नयाँ वर्षलाई स्वागत गर्दा कांग्रेसलाई तीनै तहको निर्वाचनमा विजयी बनाउने र जनताको मुहारमा खुशी ल्याउनेतर्फ अर्जुनदृष्टि केन्द्रित हुनुपर्ने बताएका छन् ।

Vianet communication

'बितेको वर्ष हामी सबैको लागि कष्टकर रह्यो । वैश्यिक स्तरमा फैलिएको कोरोना महामारीले हाम्रो राजनीतिक, सामाजिक र आर्थिक जीवनलाई नकारात्मक प्रभाव पारेको छ । कैयन परिवारले आफन्त गुमाएका छन । मैले पनि मेरो अभिभावक (दाजु) गुमाएँ । कैयन परिवारको आर्थिक अवस्था अस्तव्यस्त भएर तिनमा जीवन देखि निराशा छाएको मैले देखेको छु । उनीहरूमा नवजीवनको धारा बगाउनु छ,' उनले भनेका छन्,'नयाँ वर्षलाई स्वागत गर्दा हाम्रो सङ्कल्प र अर्जुन दृष्टि कांग्रेसलाई तिनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुशी ल्याउने तर्फ केन्द्रित हुनुपर्नेछ ।'

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x