×

NIC ASIA

स्थानीय तह निर्वाचनमा देशैभर द्विपक्षीय प्रतिस्पर्धा

बैशाख ३, २०७९

Prabhu Bank
NTC
Premier Steels

स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा देशैभरि द्विपक्षीय प्रतिस्पर्धा गर्ने गरी दलहरू अगाडि बढेका छन् ।

Muktinath Bank

सत्तापक्षीय र विपक्षी २ वटा गठबन्धनमा मुलुक निर्वाचनमा अघि बढेको छ । केही दल भने यी दुवै गठबन्धनमा आवद्ध छैनन् । ती दल बहस र छलफलमै केन्द्रित छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारूढ गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । सत्तारूढ गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । उता संसद्को सबैभन्दा ठूलो दल एमाले नेतृत्वको विपक्षी गठबन्धनमा हालसम्म राप्रपा नेपाल र परिवार दलले सहभागिता जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

कमल थापा नेतृत्वको राप्रपा नेपाल र पूर्वमन्त्री एकनाथ ढकाल नेतृत्वको परिवार दल एमालेको सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रने तयारी गरिरहेका छन् । संसद्को सबैभन्दा सानो राष्ट्रिय दल लोसपा भने कुन गठबन्धनमा लाग्दा फाइदा हुन्छ भनेर हिसाबकिताब गरिरहेको अवस्था छ ।

Vianet communication

नेमकिपा, जनमत पार्टी, राप्रपा, नेकपा, माले, जप्रपा, तमलोपा कुनै पनि गठबन्धनमा आबद्ध भइसकेको छैन । कतै नखुलेका यी दल अन्तिम समयसम्म आफ्नो अस्तित्व जोगाउन भए पनि गठबन्धनमा सहभागी हुने अनुमान गरिन थालिएको छ ।

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक तथा राजनीतिक विश्लेषक कुर्वान हवारी आगामी स्थानीय तह निर्वाचनमा देशैभरि द्विपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको बताउँछन् । ‘एकातर्फ सत्तारूढ दलहरू गठबन्धन नै बनाएर चुनावी मोर्चामा होमिएको अवस्था छ भने अर्कोतर्फ प्रतिपक्षी दलहरूको गठबन्धन पनि बनेको छ । केही साना दल यी दुवै गठबन्धनमा नभए पनि आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै गठबन्धनमा अनिवार्य रूपमा सहभागी हुने नै छन्,’ हवारी भन्छन् ।

लोसपा स्रोतका अनुसार पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग ठाकुर र महतो समानान्तर रूपमा छलफल गरिरहेका छन् । जुन गठबन्धनमा आफूलाई बढी फाइदा हुन्छ सोही गठबन्धनमा सहभागी हुने रणनीति लोसपाको छ ।

लोसपाको तराई मधेशमा राम्रो प्रभाव रहेको छ । मधेशको नयाँ तर शक्तिशाली भनिएको डा. सिके राउत नेतृत्वको जनमत पार्टी कुनै पनि गठबन्धनमा सहभागी भइसकेको छैन । जनमत पार्टीसहित हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) लाई आफू नेतृत्वको गठबन्धनमा सहभागी गराउन एमाले अध्यक्ष ओली सक्रिय छन् ।

आन्तरिक रूपमा ओलीले अन्य साना कम्युनिस्ट पार्टीलाई समेत आफ्नो गठबन्धनमा सहभागी गराउन प्रयास जारी राखेका छन् । नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, सिपी मैनाली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माले), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतलाई आफू नेतृत्वको गठबन्धनमा सहभागी गराएर ओलीले सत्तारूढ गठबन्धनलाई चुनौती दिन खोजेका छन् ।

सत्तारूढ ५ दलीय गठबन्धनमा रहेको कांग्रेसका वरिष्ठ नेता एवं स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलले आगामी स्थानीय तह निर्वाचनमा आफूहरूको विजयी सुनिश्चित रहेको ठोकुवा गरेका छन् ।

जनतामा राम्रो प्रभाव भएका प्रमुख दलहरूको गठबन्धन भएकाले आफूहरू विजयी हुने निश्चित भएको दाबी पौडेलले गरेका छन् तर निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्तारूढ ५ दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । सिट बाँडफाँटको मापदण्डबारे ५ दलीय गठबन्धनले अझै टुंगो लगाउन सकेको छैन ।

एउटै पालिकामा गठबन्धनमा आबद्ध सबै दलको दाबी रहिरहनु र एकले अर्कोलाई सहयोग नगर्ने उद्घोष जिल्ला–जिल्लाबाट हुनुले मत विभाजन हुने र विपक्षी गठबन्धनलाई सहज हुनसक्ने आकलन समेत भइरहेको छ । ५ दलीय गठबन्धनको साझा उम्मेदवारलाई पाँचै दलले स्वीकार गरेर मतदान गरे विपक्षी गठबन्धन उसको अगाडि टिक्न गाह्रो हुनेछ तर पाँचै दलबीच पालिकास्तरमा एउटै स्वर वा एकमत देखिँदैन । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x