×

NIC ASIA

गृहमन्त्रीलाई विश्वप्रकाशको चुनौती- कांग्रेसका दाइ-भाउजूमाथि नाम थर, गोत्र लेखेरै छानबिन गर्नुस्

काठमाडाैं | जेठ ११, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेताबाट कुनै गैरकानूनी काम भएको भए नाम, थर र गोत्र किटेरै छानबिन समिति बनाउन आग्रह गरेका छन् । कांग्रेसको कोही नेता भ्रष्टाचारी ठहर भए आफूहरू सती नजाने उनले बताए ।

संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले आफ्नो छानबिन भए कांग्रेसका नेताको पनि छानबिन गर्नुपर्ने भनेर गृहमन्त्री लामिछानेले आफ्नो एकढंगको स्वीकारोक्ति गरिसकेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कांग्रेसको सभापतिमाथि छानबिन गर्ने हो कि दाइ-भाउजूमाथि छानबिन गर्ने हो गर्नुस् । नाम थर, गोत्र लेख्नुस् । माइती ससुरालीको कुरा लेख्नुस् । औँठामा भएको शंख, चक्र उल्लेख गर्नुस्’, शर्माले भने, ‘कांग्रेसको कोही भ्रष्टाचारी भयो भने हामीहरू कसैको सती जान्नौं ।’


Advertisment
Rupse Holidays
Nabil box

महामन्त्री शर्माले संसदीय छानबिन समिति बनाउने कुरा सहकारी पीडितको पक्षमा संसद् उभिने कि नउभिने प्रश्न रहेको बताए । उनले सहकारी ठगीसम्बन्धी छानबिन समितिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नैपर्ने बताए । 

Vianet communication

शर्माले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँधिएको बताए । 

गृहमन्त्री लामिछानेको दुई वटा पासपोर्टको छानबिन गर्नुपर्ने शर्माले बताए ।

‘दुई वटा पासपोर्टमा छानबिन गर्नुपर्ने किन भएन ? महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संगठन हो कि गृहमन्त्रालयको शाखा हो ? कहिले पासपोर्टमा छानबिन गर्दिनँ भनेको छ । कहिले सहकारीको उजुरी परेको छ । के महान्यायाधिवक्ता संवैधानिक अदालत हो ?’, शर्माले प्रश्न गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x