×

NMB BANK
NIC ASIA

भागबण्डाको सकस

मोरङमा गठबन्धन दलबीच किन बढ्दैछ दूरी ?

बैशाख ३, २०७९

NTC
Premier Steels

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार भागबण्डालाई लिएर मोरङमा सत्ता गठबन्धन दलबीच दूरी बढ्न थालेको छ । 

Muktinath Bank

वैशाख ३० गते हुने निर्वाचनका लागि पटक–पटक बैठक बसे पनि भागबण्डाको टुंगो भने लागेको छैन । शनिवार दिउँसो बसेको बैठक पनि निष्कर्षविहीन सकिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा गठबन्धनको बैठक चलिरहेका बेला कांग्रेस कार्यकर्ताले नाराबाजी गरेपछि अन्य गठबन्धन दलका नेताहरू बैठक छाडेर हिँडेका छन् । 


Advertisment
Nabil box
Kumari

गठबन्धनमा रहेका अन्य दललाई कमजोर बनाउने उद्देश्यले कांग्रेसले कार्यकर्ता उचालेको भन्दै उनीहरू कांग्रेसको पार्टी कार्यालयमा बैठक बस्न नसक्ने भन्दै बाहिरिएका हुन् । 

Vianet communication

‘भित्र बैठक हुन्छ, बाहिर कांग्रेसले कार्यकर्ता बोलाएर नारा जुलुस लगाउँछ,’ बैठकमा सहभागी एक नेताले भने, ‘कांग्रेसको दोहोरो चरित्रका कारण हामी निष्कर्षमा पुग्न सकेनौँ ।’

शुक्रवारको बैठकमा पनि कांग्रेस कार्यकर्ताले नाराबाजी गर्दै पार्टी कार्यालय प्रवेश गरेपछि कार्यदलका नेताहरूले ढोका बन्द गरेका थिए । कांग्रेसले अघिल्ला चुनावमा जितेका पालिकामा मेयर उपमेयर दिन नसक्ने अन्य पदमा भागबण्डा गर्न सकिने अडान राख्दै आएको छ । 

अपरान्ह ५ बजे बस्ने गरी बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादीका नेता उद्धव पोख्रेलले बताए । 

यता माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले पनि स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताएर एमालेलाई हराउन माओवादी बाध्य नभएको बताएका छन् । 

‘एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन, लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यको अपेक्षा मात्र हो, सहमतिको नाममा विलम्ब घातक मात्र हुन्छ, अब मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि अविलम्ब अगाडि बढौँ,’ आङ्बोले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शीर्ष नेताहरूलाई आग्रह छ, आवश्यकता र औचित्यको आधारमा स्थानीयस्तरमा नै तालमेलको अधिकार स्वैच्छिक र खुल्ला गरिदिऊँ ।’

गठबन्धनबीच भागबण्डा नमिल्नु र माओवादी नेताबाटै यस्तो भनाइ आउनुले मोरङमा चुनावी तालमेलको विषय झनै पेचिलो बन्दै गएको छ । 

सस्थापनइतर समूहको वर्चस्व रहेका जिल्लामा कांग्रेसले गठबन्धनलाई हेप्न खोजेको माओवादीको आरोप छ । तर, कांग्रेसले भने नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आफ्नो हैसियतभन्दा बढी दाबी गरिरहेको जनाएको छ । 

माओवादीले धेरै पालिका मागेका कारण गठबन्धनबीचमा सहमति नजुटेको कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले बताए । 

सत्ता गठबन्धनलाई सबैभन्दा ठूलो सकस विराटनगर महानगरपालिकामा देखिन्छ । महानगरमा कांग्रेस र जनता समाजवादी पार्टीले नेतृत्वमा दाबी गर्दै आएका छन् । 

मोरङका १७ स्थानीय तहमध्ये गत चुनावमा एक्लै भिड्दा कांग्रेसले विराटनगर महानगरपालिकासहित ९ स्थानीय तह जितेको थियो । उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरमा जितेको कांग्रेसले कटहरी, केराबारी, धनपालथान गाउँपालिका पनि जितेको थियो । 

बूढीगंगा गाउँपालिकामा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो । गच्छदारको दल कांग्रेसमा गाभिएपछि अहिले मोरङमा १० स्थानीय तहमा कांग्रेसको नेतृत्व छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x