×

चुनावी तालमेल

गठबन्धन दलबीच प्रतिस्पर्धा हुन सक्छ तर, एमालेसँग तालमेल गर्न पाइँदैन- कांग्रेस प्रवक्ता महत

बैशाख ३, २०७९

स्थानीय तहमा गठबन्धनमा रहेका दलहरूबीच सहमति हुन नसकेमा गठबन्धनमा रहेका दलहरूबीच पनि प्रतिस्पर्धा हुन सक्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । 

शनिवार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेका बेला पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहानगर र महानगरपालिकामा बाहेक अरू स्थानीय तहको उम्मेदवार तल्लो तहमा छलफल गरेर टुंगो लगाउनुपर्ने उनले बताए । 


Advertisment

गठबन्धनमा रहेका एक भन्दा बढी दललाई आफूले जित्छु भन्ने लागेमा मैत्रीपूर्ण प्रतिस्पर्धा हुन सक्ने महतले बताए ।


Advertisment

गठबन्धनमा रहेका दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दा नेकपा एमालेसँग गठबन्धन भने गर्न नपाउने उनले बताए । 

‘कुनै ठाउँमा सहमति भएन । मेरै शक्ति छ, मेरै जनाधार बढेको छ, विपक्षी दलले जित्दैन भन्ने आयो भने त्यस्तो ठाउँमा फ्रेन्डली प्रतिस्पर्धा पनि हुन सक्छ । तर हामी एक अर्कामा मिलेनौं भनेर एमालेसँग गठबन्धन गर्न पाइँदैन,’ उनले भने । 

गठबन्धनभित्रकै दलका उम्मेदवार निर्वाचित हुने स्थितिमा तालमेल नहुन पनि सक्ने महतको भनाइ छ । ‘जो आए पनि हामी नै आउने हो, एमाले आउने होइन भन्ने भयो भने राम्रै कुरा भयो,’ उनले भने ।

देशभरका ११ उपमहानगरपालिका र ६ महानगरपालिकामा उम्मेदवार छनौटको बारेमा धारणा बनाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । 

उपहानगरपालिका र महानगरपालिकामा गठबन्धनका दलहरूले छलफल गरेर उम्मेदवार टुंगो लगाउने पाँच दलीय गठबन्धनमा सहमति बनेको छ ।

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x