×

NIC ASIA

राष्ट्र बैंक सञ्चालक समिति बैठक नै अन्योलमा

बैशाख ४, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा आधा सदस्य रिक्त भएपछि बैठक नै अन्योलमा परेको छ । गभर्नर महाप्रसाद अधिकारीको निलम्बन तथा सञ्चालकद्वय डा. श्रीराम पौड्याल र रामजी रेग्मीको कार्यकाल सकिएपछि सञ्चालक समिति बैठक नै अन्योलमा परेको हो ।

सरकारले छानविन समिति गठन गरेपछि गभर्नर अधिकारी चैत २४ गतेदेखि निलम्बनमा छन् । सञ्चालकद्वय पौड्याल र रेग्मीको कार्यकाल शुक्रवार सकिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्थाअनुसार सञ्चालक समिति बैठकमा अध्यक्षता गर्ने व्यक्ति र कम्तीमा तीनजना सञ्चालकको उपस्थिति भए मात्र गणपूरक संख्या पुग्छ । गभर्नरको निलम्बन र दुईजना सञ्चालकको कार्यकाल समाप्तिपछि सञ्चालकको संख्या चारजनामा झरेको छ । त्यसमाथि विज्ञ सञ्चालक डा. सुवोधकुमार कर्ण बैठकमा उपस्थित नहुने भएकाले अन्योल भएको हो ।


Advertisment
Rupse Holidays
Nabil box

‘आर्थिक विवादका कारण कर्ण सर विगतका बैठकमै आउनुभएको छैन,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘उहाँ नआएसम्म वा नयाँ सञ्चालक नियुक्त नभएसम्म ऐनअनुसार सञ्चालक समितिको औपचारिक बैठक बस्न सक्दैन ।’ सरकारले हालसम्म कर्णलाई कुनै कारवाही भने गरेको छैन ।

Vianet communication

कामु गभर्नर नीलम ढुंगाना तिम्सिना, अर्थसचिव मधुकुमार मरासिनी र डेपुटी गभर्नर बमबहादुर मिश्रमात्र बैठकमा उपस्थित हुने भएकाले गणपूरक संख्या पुग्दैन । राष्ट्र बैंक सञ्चालक समितिमा ७ जना रहने व्यवस्था छ । गभर्नर अध्यक्ष रहने समितिमा दुईजना डेपुटी गभर्नर, अर्थसचिव र तीनजना विज्ञहरू सञ्चालक हुने व्यवस्था छ । सञ्चालक समिति बैठकमा अध्यक्षता गर्ने गभर्नर र कम्तीमा तीनजना सञ्चालक उपस्थित भएमात्र गणपूरक संख्या पुगेको मानिने प्रावधान छ । विज्ञ सञ्चालकमध्ये पनि एकजनाको उपस्थिति अनिवार्य गरिएको छ ।

समितिको बैठक आवश्यकताअनुसार बस्ने भए पनि महीनामा कम्तीमा एकपटक बस्नैपर्ने कानुनी व्यवस्था छ । बैठकले नीतिगत निर्णय गर्ने भएकाले अब मौद्रिक नीतिको त्रैमासिक समीक्षा, नयाँ मौद्रिक नीतिको तयारीलगायत विषयको काम प्रभावित हुनेछ ।

ऐनबमोजिम मौद्रिक तथा विदेशी विनिमय नीति, नोट तथा सिक्का निष्काशन, बैंक तथा वित्तीय संस्थाको निरीक्षण तथा सुपरिवेक्षणका आवश्यक नीति तर्जुमा, कर्मचारीको सरुवा–बढुवा र नयाँ इजाजतपत्र दिने तथा रद्द गर्ने काम सञ्चालक समितिले गर्छ । त्यसैगरी, सरकारलाई दिने कर्जाको सीमा निर्धारण, बैंकहरूलाई दिने कर्जा तथा पुनर्कर्जा रकम, सीमा तथा शर्त निर्धारण, वित्तीय स्रोत परिचालन र लगानी नीति निर्माणलगायत काम पनि सञ्चालक समितिबाट गर्नुपर्ने प्रावधान छ ।

राष्ट्र बैंकमा सरकारले तीनजना विज्ञ सञ्चालक नियुक्त गर्न पाउने प्रावधान छ । विज्ञ सञ्चालकका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ । पाँचवर्षे कार्यकाल हुने सञ्चालक नियुक्ति आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिमध्ये अलग अलग क्षेत्रको प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद्बाट गर्नुपर्ने ऐनमा व्यवस्था छ । आर्थिक अभियान दैनिकमा यादव हुमागाईंले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x