×

हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

काठमाडाैं | असार २, २०८१

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरेको छ । उक्त शाखालाई काठमाडौं महानगरपालिका वडा नं ११ स्थित थापाथलीमा स्थानान्तरण गरिएको हो ।

आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याइएको बैंकले विज्ञप्ति जारी गर्दै जनाएको छ । 


Advertisment

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन् ।


Advertisment

यसैगरी, बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरेको छ । ‘उक्त शाखालाई भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आइतबारदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याइएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

हाल बैंकले नेपालभरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकलाई विभिन्न  बैंकिङ्क सेवा प्रदान गर्दै आएको प्रेस तथा जन सम्पर्क अधिकृत शीतल कोइरालाले जानकारी दिए । 

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

जेठ २४, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार बिहीवार पुनः थप ओरालो लागेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ९३ अङ्क...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

जेठ १९, २०८१

माछापुच्छ्रे बैंक लिमिटेडले त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको शारदा नगरपालिका वडा नम्बर १५ माल्नेटामा रहेको विद्...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x