×

NMB BANK
NIC ASIA

‘आमा’ उत्कृष्ट चलचित्र, दीपक र सुरक्षा उत्कृष्ट अभिनेता-अभिनेत्री

बैशाख ५, २०७९

NTC
Premier Steels

राष्ट्रिय चलचित्र पुरस्कारमा ‘आमा’ले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ ।

Muktinath Bank

राष्ट्रपति भवन शीतलनिवासमा आइतवार आयोजित समारोहमा दीपेन्द्र के. खनाल निर्देशित ‘आमा’ले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७६/०७७ सालमा प्रदर्शन भएका चलचित्रहरूमध्ये १० विधामा पुरस्कार वितरण गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कार वितरण गरिन् । समारोहमा चलचित्र ‘आमा’बाट दीपेन्द्र के. खनालले उत्कृष्ट निर्देशकको समेत अवार्ड प्राप्त गरे । 


Advertisment
Nabil box
Kumari

Vianet communication

यस्तै, चलचित्र ‘छ माया छपक्कै’बाट दीपकराज गिरीले उत्कृष्ट अभिनेताको अवार्ड पाए भने ‘आमा’बाट सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । उत्कृष्ट पटकथा र संवादतर्फ चलचित्र ‘जात्रैजात्रा’बाट प्रदीप भट्टराईले अवार्ड प्राप्त गरे । उत्कृष्ट छायाँकनतर्फ ‘छ माया छपक्कै’बाट हरि हुमागाईं उत्कृष्ट भए भने उत्कृष्ट सम्पादनतर्फ चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’बाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड जिते । 

आदिवासी–जनजातितर्फ भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ उत्कृष्ट बन्यो । प्रोत्साहन पुरस्कार जुरीतर्फको अवार्ड चलचित्र ‘जीवन काँडा की फूल’बाट अवस्था थापाले प्राप्त गरिन् भने ‘रातो टीका निधारमा’ चलचित्रबाट यही अवार्ड अंकित शर्माले प्राप्त गरे । 

समारोहमा अभिनेत्री भुवन चन्द थापा र संगीतकार शम्भुजित बाँस्कोटालाई नगद तीन लाख ५१ हजार नगद तथा सम्मानपत्रसहित ‘चलचित्र दीर्घ साधना’ सम्मानबाट सम्मानित गरियो ।

चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै अभिनेता राजेश हमाल, अभिनेत्री गौरी मल्ल, चैत्यदेवी सिंह, निर्देशक शम्भु प्रधान, अभिनेता नवल खड्का, रविन्द्र खड्कालगायतलाई पनि सम्मान गरिएको थियो । समारोहमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतको समेत उपस्थिति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x