×

NIC ASIA

स्थानीय चुनावका लागि छापिए ४६ जिल्लाका ९५ लाख बढी मतपत्र

बैशाख ५, २०७९

Prabhu Bank
NTC
Premier Steels

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाका ९५ लाख २५ हजार मतपत्र छापिसकेको जनाएको छ ।

Muktinath Bank

निर्वाचनका लागि आयोगले १ करोड ९४ लाख मतपत्र छाप्ने तयारी गरेको सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख १ गतेदेखि हालसम्म आयोगबाट भएका निर्णय, क्रियाकलाप र गतिविधिको जानकारी दिँदै आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन हरेक दिन ‘स्थानीय तह निर्वाचन ई–बुलेटिन’ प्रकाशन गरिरहेको जनाएको छ । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध रहेको छ ।


Advertisment
Nabil box
Kumari

आयोगले आगामी स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापमा एकरुपता कायम गर्न आयोगले ७७ वटै मुख्य  निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयलाई प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको जनाएको छ ।

Vianet communication

स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ । जवाफ आउने क्रम जारी रहेको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि गत चैत ३० गते ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा तथा वैशाख २ गते जनकपुर, हेटौंडा, बुटवल र धनगढीमा सम्पन्न भएको छ । प्रशिक्षणपछि निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र दिइएको छ । 

निर्वाचनमा आयोग र सञ्चार जगतसँगको समन्वय र सहकार्य अभिवृद्धि गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तुल्याउन निर्वाचन आचारसंहिताको कार्यान्वयनमा योगदान पुर्‍याउने हेतुले वैशाख ३ गते मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौंडा, लुम्बिनी प्रदेशको बुटवल र सुदूरपश्चिम प्रदेशको धनगढीमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको जनाइएको छ । 
 
 मिडिया अभिमुखीकरणमा प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका पदाधिकारी एवं प्रतिनिधि सहभागी थिए । कार्यक्रम महासंघ र काउन्सिलको सहकार्यमा सम्पन्न भएको थियो । 

आयोगले राष्ट्रिय सञ्चार माध्यमका निर्वाचनसम्बन्धी विषयमा समाचार लेख्ने समाचारदाता र फोटो पत्रकारका लागि वैशाख ६ गते काठमाडौंमा अन्तर्क्रिया गर्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x