×

NMB BANK
NIC ASIA

गठबन्धनको भागबण्डामा कांग्रेसको हात नै माथि

बैशाख ८, २०७९

NTC
Premier Steels

सत्तारूढ ५ दलले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयर पद भागबण्डा गरेका छन् ।

Muktinath Bank

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरतर्फको मेयर र उपमेयरको सिटमा भागबण्डा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धनका तर्फबाट साझा उम्मेवार उठाउने गरी ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरमा भागबण्डाको लिखित सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

जसअनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद पाएको छ ।

Vianet communication

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर भाग पाएको छ भने नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाएको छ । 

जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर र विराटनगरको उपमेयर पाएको छ ।

११ उपमहानगरपालिकाको भागबण्डा गर्दा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढी गरी ७ उपमहानगरको मेयर पद पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा गरी ३ उपमहानगरको उपमेयर कांग्रेसको भागमा परेको छ ।

माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद भाग पाउँदा धरान र धनगढीको उपमेयर पाएको छ ।

नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद पाउँदा इटहरी, बुटवल र तुलसीपुरको उपमेयर पाएको छ । जसपाको भागमा जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगन्जको उपमेयर परेको छ ।

सत्तारूढ गठबन्धनको आइतवारदेखि भागबण्डाको बैठक नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको भागबण्डा नमिल्दा मंगलवार राति २ बजेसम्म बसेको बैठकमा सहमति भएको थिएन ।

बुधवार बसेको सत्तारूढ दलको शीर्ष नेताको बैठकले नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको छ । जनकपुरमा जसपालाई दिएपछि गठबन्धनमा उपमहानगरतर्फको भागबण्डा मिलेको हो ।

देशभरका ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरको भागबण्डाको अवस्था हेर्दा गठबन्धनमा कांग्रेस बढी नाफामा देखिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले २ वटा मात्रै महानगरपालिकाको नेतृत्व हात पारेको थियो । त्यसबखत ६ महानगरपालिकामध्ये ललितपुर र विराटनगरको प्रमुख कंग्रेसले जितेको थियो ।

तर अहिले कांग्रेसले गठबन्धनको भागबण्डामा काठमाडौंसहित ३ वटा महानगरपालिकामा मेयरको टिकट आफ्नो पोल्टामा पारेको हो । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पद लिएको हो । २०७४ सालमा नेकपा एमालेले जितेको पोखरा महानगरपालिकाको उपमेयरको टिकट पनि कांग्रेसले नै पाउने भएको छ ।

यसैगरी ७ वटा उपमहानगरपालिकाको प्रमुख पदको टिकट पनि कांग्रेसको भागमा परेको छ । यीमध्ये ३ वटा उपमहानगरमा कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको थियो । त्यसमा ४ वटा थप गर्दै कांग्रेसले ७ वटा महानगरको टिकट आफ्नो भागमा पारेको हो ।

२०७४ सालमा धरान, धनगढी र कलैया उपमहानगरपालिकाको मेयर पद कांग्रेसले जितेको थियो । हाल इटहरी, बुटवल, तुलसीपुर र नेपालगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारी कांग्रेसले पाएको छ । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x