जेठ २९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
बैशाख १५, २०७९
धनगढी उप—महानरपालिका प्रमुखमा नेकपा (एमाले)का तर्फबाट रणबहादुर चन्द चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा धनगढीमा तेस्रो शक्ति रहेको एमाले अहिले पहिलो बन्ने लक्ष्यसहित चुनावमा होमिएको छ । यही वैशाख ३० गते हुने निर्वाचनका सम्बन्धमा एमाले उम्मेदवार चन्दसँग लोकान्तर लागि गगन अर्याल र राजु बास्कोटाले गरेको कुराकानीको सम्पादित अंश :
धनगढी उपमहानगरपालिका प्रमुख पदमा उम्मेदवार बन्नुभएको छ, तपाईंले जित्ने आधार के हो ?
एमाले वडा तहदेखि पालिका हुँदै जिल्ला, प्रदेश र केन्द्रसम्म सुव्यवस्थित पार्टी हो । मैले धनगढी उपमहानगरपालिका जित्ने प्रमुख आधार भनेकै पार्टीको संगठन हो । पार्टीभित्रको एकता हो । हामी एकताका साथ चुनावमा होमिएका छौं । कुनै पनि फरक मत र विचार छैन । जित्ने पहिलो आधार यही हो ।
दोस्रो आधार भनेको हामीले वडा तहमा अब्बल, परिचित, जनताको काम गरेका र भिजेका उम्मेदवार उठाएका छौं । वडाहरूमा पनि हामीले जुन ठाउँमा जुन समुदाय र संरचना छ त्यहीअनुसार नै उठाएका छौं । अर्को कुरा एमाले पार्टीले लिएको नीति, दृष्टिकोण, सिद्धान्त जनतालाई बुझाउन सकेका छौं ।
गठबन्धन गलत स्वार्थ र निहीत स्वार्थका लागि बनेका कारणले जनताको काम गर्न सकेको छैन, त्यसैले पनि हामीले जित्छौं ।
माथि मिले पनि स्थानीय तहमा, गाउँमा, शहरमा गठबन्धनमा एकजुट हुन सकेको छैन । माथि भएको सत्ताको भागबन्डाले गर्दा पनि स्थानीय तहमा जनता रुष्ट भएका छन् । पदको भागबण्डा लगायतका कारणले गठबन्धनमा विवाद आएको देखिन्छ । मतदाताले गठबन्धनलाई स्वीकारेको देखिँदैन । त्यसले सिधै एमालेलाई फाइदा हुने हो । हामीले जित्छौं भन्ने आधार यो पनि हो ।
गठबन्धनलाई नरुचाउने मतदाताले एमाले नै रोज्छन् भन्ने हुन्छ र ?
अघिल्लोपटक नेपाली कांग्रेसले प्रमुख जित्यो । त्यो जित्ने बेलामा उनीहरूले जनतालाई धेरै आश्वासन दिएका थिए ।
आश्वासन अनुसार काम गर्न नसकेकाले जनता रुष्ट छन् । कांग्रेस फेल भइसकेपछि विकल्प एमाले हो भन्ने जनतालाई थाहा छ ।
गठबन्धन र स्वतन्त्र उम्मेदवार बलिया देखिएका छन् । त्यसबीचमा एमालेले नै बाजी मार्छ भन्नुभयो । तपाईंसँग मतदाता आकर्षित गर्ने त्यस्ता एजेन्डा के छन् ?
धनगढी सुदूरपश्चिम प्रदेशको एउटा मात्रै उपमहानगरपालिका हो । यसले जुन गतिमा विकास निमार्णको काममा गर्नुपर्ने थियो, त्यो सकेको छैन । योजना बनाएर विकास गर्नुपर्नेमा खालि तदर्थवादमा मात्रै चलेको छ ।
परम्परागत रूपमा चलेको छ । त्यसलाई नयाँ स्वरूप दिनुपर्छ भनेर म अगाडि आएको हुँ । यसलाई मेगा सिटी हुँदै महानगर बनाउनुपर्छ भन्ने योजनाका साथ हामी अगाडि आएका छौं । घोषणामार्फत हामीले धनगढीलाई सफा, सुन्दर र व्यवस्थित बनाउने योजना अगाडि सारेका छौं । यहाँ मुख्य यातायात व्यवस्थापन, सडकमा पार्किङको समस्या, ढलको समस्या छन् । सडकहरूमा पनि त्यस्तै समस्या देखिएका छन् ।
व्यवस्थित शहर बनाउनका लागि ती समस्या समाधान गर्नुपर्ने छ, हामी त्यसमा लाग्ने छौं । १९ वटा वडा रहेको उपमहानगरपालिकामा नागरिकका आधारभूत आवश्यकता पनि पूरा गर्न सकेका छैनौं, त्यसलाई पनि हामी पूरा गर्छौं ।
जनताहरू अझै पनि स्वच्छ खानेपानी, शिक्षा, स्वस्थ्य, रोजगारी लगायतका आधारभूत सेवाबाट वञ्चित छन्, त्यसलाई कसरी पूरा गर्दै लैजाने भन्ने कुराको योजना लिएर अगाडि बढ्छौं । धनगढीमा अव्यवस्थित बसोवासको धेरै ठूलो समस्या छ, त्यसलाई मुख्य एजेण्डा बनाएर जान्छौं । भूमि आयोगले काम गरेको थियो तर यो सरकारले त्यसलाई विस्थापित गरिदियो । अहिले त्यो काम अड्किएको छ, त्यसलाई पनि अगाडि लैजान्छौं ।
तपाईंहरू अघिल्लोपटक निकटतम् प्रतिस्पर्धी पनि हुनुहुन्थेन, एक्कासि जित्छौं भन्ने आत्मविश्वास पछाडिको कारण के हो ?
पाँच वर्षअगाडि र अहिलेको अवस्था धेरै फरक छ । हिजो के थियो भन्ने नहेरौं अहिले के छ भनेर हेर्नुपर्छ । परिस्थिति परिवर्तन भएको छ ।
नेकपा भएको समयमा आउनुभएका माओवादीका साथीहरू अहिले पनि एमालेमै हुनुहुन्छ, त्यसले गर्दा पनि हाम्रो मतदाताको संख्या बढेको छ । नेकपाकै निरन्तरतासहित नयाँ एमाले हो पुरानो एमाले होइन ।
पार्टीको गतिले गर्दा पनि मानिसहरूले एमालेलाई विश्वास गरेका छन् । हाम्रै पार्टीको पहलमा भएको लिपुलेक लिम्पियाधुरा फिर्ता ल्याएको कारणले पनि मतदाता थपिएका छन् ।
चुनावमा एक्लै लड्नुपर्ने थियो तर गठबन्धनबाट लडेकाले पनि एमालेलाई फाइदा छ ।
तपाईंका प्रतिस्पर्धीले अघिल्लोचोटि पनि हामीले जितेका हौं, यसपालि त ७० प्रतिशत मत ल्याएर जित्छौं भन्नुहुन्छ नि !
त्यो गलत हो । धनगढीमा नेकपा एमाले र गठबन्धनबीच नै प्रतिस्पर्धा हुने हो । हामी अगाडि आउँछौं ।
एमालेले विजय प्राप्त गर्छ भन्ने हाम्रो विश्वास हो, किनभने कांग्रेसले जित्यो तर जनतासामु गरेका वाचा पूरा गरेन । विकास निमार्णका कामको योजना ल्याउन सकेको छैन । उहाँहरूले जित्नुहुन्छ भन्ने हामीलाई लागेकै छैन । त्यसको विकल्प एमाले हो ।
स्वतन्त्र व्यक्ति अर्थात् संगठन नभएको व्यक्तिलाई जनताले विश्वास गर्ने कुरा भएन । कुनै पनि पार्टीको विकल्प स्वतन्त्र हुन सक्दैन । विकास गर्न संगठन चाहिन्छ, त्यो एमालेसँग छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन् । विसं २०३२ मा नेपाल विद्यार्थी संघबाट राजनीति...
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...