×

NIC ASIA

केपी ओलीको मुखमा अँगार भएकाले कालो ओकल्ने गर्छन् : गगन थापा

बैशाख १४, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखमा अँगार भएकाले कालो ओकल्ने गरेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले कालो ओकल्ने गरेको टिप्पणी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले मंगलवार एक कार्यक्रमबीच कांग्रेसको घोषणा पत्रको सन्दर्भलाई उल्लेख गर्दै महामन्त्री थापाले ओलीले मुख छाड्नु नौलो कुरा नभएको बताए । उनले मुखमा अँगार हुनेले कालै ओकल्ने बताए ।


Advertisment
Rupse Holidays
Nabil box

ओलीले आफूले बोलेको झूटलाई चुनौती दिने मानिसलाई सनक्क सन्किएर पागल भन्ने गरेको पनि उनले बताए । ओलीले विगतमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र चिकित्सक गोविन्द केसीलाई पनि पागल भनिसकेको उल्लेख गरे । महामन्त्री थापाले ओलीलाई आफ्नो प्रशंसाको एकलाप सुन्ने बानी भएको भन्दै कांग्रेसको घोषणापत्रले उनको झूटको पर्दाफास गरेकाले रिस उठेको बताए ।

Vianet communication

उनले ओलीलाई लजिक मन नपरेर म्याजिक मन पर्ने गरेको टिप्पणी गरे । घोषणा पत्रमा लजिकको कुरा भएको र म्याजिकको कुरा नभएकाले ओलीलाई मन नपरेको उनको भनाइ छ ।

उनले भने, ‘म त हिजो पार्टी कार्यालयमा थिएँ । मलाई एउटा साथीले फोन गरेर भन्नुभयो, दाइ थाहा पाउनुभयो उहाँले मलाई भन्नुभयो एमाले अध्यक्ष ओलीजीले घोषणा पत्रको बारेमा मुख छाड्नुभयो नि भन्नुभयो । अनि मैले उहाँलाई भने अरे बाबा सफा बोलेको भए, शालिन बोलेको भए पो समाचार हुनु । केपी ओलीले मुख छाड्नु भो भन्ने कुरा त नयाँ कुरा हुँदै भएन नि ! जसको मुखमा अँगार छ । उसले ओकल्ने कालै हो । मुखमा अँगार भएकाले कालै ओकल्छ । मैले भने यो त कुनै नयाँ कुरा भएन । म त पार्टीको काममा थिएँ । त्यसपछि उहाँले भन्नुभयो, होइन तपाईंलाई त उहाँले पागल भन्नुभयो,  मैले भने ठीक छ । मैले उहाँलाई फेरि भने, तपाईंलाई याद छ, केपी ओलीले को–कोलाई पागल भन्नुहुन्छ ? केपी ओली झूट बोल्नुहुन्छ । कोही आँट भएको मान्छेले आएर तपाईं झूट बोल्दै हुनुहुन्छ भन्नुभयो भने सनक्क सन्केर पागल भन्नुहुन्छ । पहिला कसलाई भन्नुभएको थियो ? सुशीला कार्कीलाई । गोविन्द केसीलाई । सनक्क सन्किसकेपछि उहाँको मुखबाट निस्कने कुरा भनेकै जब उहाँको झूटलाई कसैले च्यालेन्ज गर्छ, फरेवलाई कसैले च्यालेन्छ गर्छ, उहाँले सबैभन्दा पहिला गाली गर्ने भनेकै पागल भनेर भन्ने हो । मैले भने ठीकै छ । यो पनि कुनै नौलो कुरा भएन । त्यसपछि मलाई के लाग्यो भने होइन, केही कुराहरू हाम्रो कन्टेन्टको बारेमा भन्नुभएको कि भन्ने लाग्यो । मलाई फेरि साथीले भन्नु भो, हैन, यसको जवाफ त फर्काउनुपर्छ । मैले उहाँलाई भने हेर्नुस्, प्याच्च बोल्ने, आफ्नो प्रतिद्वन्द्वीको बारेमा त्यो कुण्ठाले भरिएको अभिव्यक्ति दिएर हलमा खित्का छोडेर आफ्नो समर्थक हाँसेर ताली बजाइसकेपछि दंग परेर बेलुका गएर भरपेट खाएर सुत्ने चाहिँ केपी ओली हो । हामी त्यो होइनौं । त्यसैले यसको मुखामुख गर्ने, जवाफ फर्काउने काम छोडिदिनुस् । कन्टेन्टमा केही छन् भने हामीले सिक्ने कुरा पनि होला । यत्रो वर्ष अनुभव गरेर आउनुभएको । प्रधानमन्त्री भएर आउनुभएको । हामीले कति गल्ती गरेका होलाऊ । कमजोरी गरेका होलाउ । कन्टेन्टका बारेमा उहाँले भनेको कुरा हामीले पढ्नुपर्छ । त्यसका बारेमा छलफल गर्नुपर्छ म बेलुका आउँछु भनेर भने, साथीहरूको टीमसँग बेलुका भेट्न गएँ । उहाँले बोलेको कुरा सुन्यौं । कन्टेन्टको बारेमा केही पनि छैन । अनि मैले अनुमान लगाएँ, बुढा राति उठेर पढेछन् पूरै । पृष्ठ–पृष्ठ पढेछन् । पढेर शुरू गर्नासाथै सुरुमै हामीले खेर गएको ५ वर्ष भनेर लेखेका छौं । के–के गर्नुभयो भनेर । नेपाली कांग्रेसले ५ वर्ष खेर गएको ठाउँमा उहाँको भक्तिगान गाउने त कुरा भएन । स्तुतिगान गाउने कुरा त भएन । उहाँलाई त्यो आफ्नो प्रशंसाको एकलाप सुन्ने बानी भएको । एकपछि अर्को, एकपछि अर्को झूटको पर्दाफास गरेको कुराले सहन सक्ने कुरै भएन । सनक्क सन्कनुभयो । केपी ओलीलाई रिस उठ्यो भनेर सत्य बोल्न छोड्ने कुरो भएन । केपी ओलीलाई रिस उठ्यो भनेर उहाँको झूटलाई ठीक हो भन्ने कुरा भएन । केपी ओलीलाई रिस उठ्यो भनेर कालोलाई सेतो भन्ने कुरा भएन । सत्य बोलिराख्ने । भनिराख्ने तर एउटा मात्र एड्भाइस उहाँलाई के हो भने बुढा बा धेरै सनक्क सन्किँदै गर्दा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो गर्न सक्छ । यो त बोलिराख्ने भयौं । भनिराख्ने भयौं । झूटलाई झूट त भनिराख्ने भयौं । यसका बारेमा ख्याल गर्नुहोला । शरीरको ख्याल गर्नुहोला । कन्टेन्टको बारेमा, उहाँले कन्टेन्टमा केही पनि छैन भनिदिनुभयो । मैले यसो सोचे यो पनि ठीकै हो, उहाँको ठाउँबाट । केपी ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । यो घोषणा पत्रमा म्याजिकको कुरा छैन, लजिकको कुरा छ । के गर्न सकिन्छ, के गर्न सकिँदैन भनेर लजिक । यहाँ मैले म्याजिकको कुरा गरेको छैन । म्याजिक छैन मन परेन होला ।’

उनले केपी ओलीलाई ट्युसन पढाउन बालकोट जाने बताए । ओलीले आफूले अघि सारेको समुन्नत नेपालको अवधारणालाई चोरेको आरोप लगाएको भन्दै उनले आफ्नो समुन्नत नेपालको अवधारणा र ओलीको समृद्धिको अवधारणाको बीचको फरकबारे पढाउन बालकोट नै जानुपर्ने भएको बताए । उनले ओलीको समृद्धिमा अहंकार भएको बताए भने आफ्नो समुन्नत नेपालमा मानिसको जीवनमा भएको दुःखलाई समाधान गर्ने खोजी भएको उल्लेख गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x