×

NIC ASIA

स्थानीय चुनाव

पालिकाको नेतृत्व गर्ने दौडमा यी महिला नेत्रीहरू

बैशाख १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहको नेतृत्वका लागि महिला नेत्री प्रतिस्पर्धामा छन् । 

Muktinath Bank

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नेकपा एमालेबाट रमावती यादव, पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा एमालेकै बिमला अर्याल, पाल्पाको बगनाशकाली गाउँपालिकामा एमालेकै सरस्वती दर्लामी चिदी प्रतिस्पर्धामा छन् । बगनाशकालीमै कांग्रेसबाट अध्यक्षको उम्मेदवार सुनिता अधिकारी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयरमा आशाकुमारी चौधरीले मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा छिन् । सबै महिला नेत्रीहरू राजनीतिमा बलिया र निखारिएका छन् । उनीहरूको उम्मेदवारीले महिला नेतृत्व उपाध्यक्ष र उपप्रमुखमा मात्र होइन, नेतृत्व गर्न समक्ष छन् भन्ने उदाहरण दिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रमुख राजनीतिक दलबाट उम्मेदवार बनेका उनीहरू सबैले निर्वाचन जितेर नेतृत्वमा आए समग्र पालिकामा विकास र नमूना काम गरेर देखाउने दाबी गरेका छन् । 

Vianet communication

विमला यसअघि २०७४ सालमा पनि एमालेबाट मेयरको उम्मेदवार थिइन् । उनी कांग्रेसका भरत थापासँग झिनो मतान्तरले पराजित भएकी थिइन् । अर्याल र थापाको मतान्तर ५०० मात्र थियो । पार्टीको केन्द्रीय सदस्य तथा नवलपरासी सहइन्चार्ज बिमला गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका अर्जुन पोखरेलसँग प्रतिस्पर्धा गर्दैछिन् ।

उनी भन्छिन्, ‘महिला उपप्रमुखमा मात्र सीमित हुने होइन, नेतृत्वमा महिला पुगेर पुरुषहरूको सिन्डिेकट तोड्नुपर्छ ।’ 

‘कांग्रेसले गत निर्वाचनमा मनी र मसल प्रयोग गरेर चुनाव जितेको हो । एमालेसँग बलियो संगठन छ । गत निर्वाचनमा म पराजित भए पनि जनताको बीचमा रहेर काम गरे । यसपटक निर्वाचन सहज रूपमा जित्छु,’ विमला भन्छिन् ।

महिलामा संवेदनशीलता र मैत्रीभाव हुने भन्दै विमलाले महिला हिंसा, लैगिक विभेद जस्ता महिलाका क्षेत्रमा कामहरू गर्ने आफ्नो प्रतिबद्धता जनतामाझ पुर्‍याउने योजना अगाडि सारेको बताइन् । 

लुम्बिनीमा समाजसेवामा क्रियाशील रमावती यादव लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख पदमा उम्मेदवार छिन् । मधेशी बाहुल नगरमा एमालेले यावदलाई अगाडि सारेको हो । विश्व शान्तिको मुहान लुम्बिनीको विकास, सुशासन, कूरीति र मधेशी महिलामा समस्या अन्त्यका एजेन्डा लिएर नागरिकका मत तान्ने उनले बताइन् ।

‘बुद्धजन्मस्थल लुम्बिनी भएर पनि यहाँ भौतिक रूपमा धेरै विकास गर्न र सामाजिक परिवर्तनमा काम गर्नुपर्ने छ,’ उनले भनिन्, ‘म यी कामको अगुवाइ गर्नेछु ।’ मधेशी समुदाय भएको ठाउँमा महिला प्रमुख पदमा उठ्नु र काम गर्नु चुनौतीपूर्ण भए पनि युवा र पुरुषलाई पनि साथमा लिएर अगाडि बढेको उनले बताइन् । 

उनी र उनको परिवार लामो समयदेखि राजीतिमा छ । यादवले लुम्बिनीको प्रचारप्रसार गरी लुम्बिनीमा पर्यटक ल्याएर लुम्बिनीसँगै समग्र देशको विकासमा लाग्ने गरी अगाडि सरेको बताइन् ।
 
पाल्पाको बगनाशकालीको नेतृत्वका लागि २ जना महिला नै होमिएका छन् । एमालेबाट सरस्वती चिदी मगर र कांग्रेसबाट सुनिता अधिकारीलाई नेतृत्वमा अगाडि सारिएको छ । चिदी अहिले गाउँपालिकाको उपाध्यक्ष हुन् । गाउँपालिका उपाध्यक्ष हुँदा राम्रो भूमिका निर्वाह गरेकी चिदीलाई पार्टीले अध्यक्षमा अगाडि सारेको जनाइएको छ । चिदी अब्बल र समग्रमा राम्रो काम गरेकी पालिका उपाध्यक्षमा पर्छिन् । 

उपाध्यक्ष हुँदा काम गरेको अनुभवले गर्दा नेतृत्वका लागि आफू अगाडि सरेको उनी बताउँछिन् । व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको चिदीको अनुभव छ । ‘व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा महिलाको योगदान पुरुष बराबर छ तर आज पनि महिला सबै उहीँ छ । आर्थिक सशक्तीकरण विना व्यवस्थामा परिवर्तन ल्याउन सक्दैनौं । समानताको लागि महिला नेतृत्वमा आउन आवश्यक छ,’ चिदी भन्छिन् । 

सरस्वतीले गाउँपालिमा विजयी भए शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणका योजनालाई अगाडि सार्ने बताइन् । २०५७ सालदेखि नेपाल विद्यार्थी संघबाट स्ववियू सदस्य हुँदै राजनीतिमा लागेकी उनी अहिले कांग्रेस पाल्पा सचिव हुन् । कांग्रेस नै देशको विकास गर्ने पार्टी भएकाले यसपटक जनताले कांग्रेसलाई रोज्ने उनको भनाइ छ । 

रुपन्देहीको तिलोत्तमामा नेकपा एकीकृत समाजवादीले आशाकुमारी चौधरीलाई अगाडि सारेको छ । चौधरी पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य हुन् । ४३ वर्षीय चौधरी अनेमसंघ जिल्ला उपाध्यक्ष पनि हुन् । तिलोत्तमा–१३ मडहरा घर भएकी उनी व्यावसायिक रूपमा फेन्सी पसल सञ्चालन गर्छिन् । उपमेयरमा नेकपा एसले सन्जीव भण्डारीलाई अगाडि सारेको छ । चौधरी थारु कल्याणकारी सभा तिलोत्तमाका अध्यक्ष हुन् । 

आफूसँग भौतिक विकासँगै सामाजिक विकासका थुप्रै एजेन्डा भएकाले तिनै एजेन्डा लिएर मतदातामाझ गएर भोट मागिरहेको उनले बताइन् । तिलोत्तमामा शुरू भएका राम्रा योजना पूरा गर्ने र भौगोलिक रूपले समानुपातिक विकास गर्ने उनले बताइन् ।

‘माग र आवश्यकताका आधारमा युवालाई सीप र क्षमता विकास तालिम दिने र बीउ पुँजी दिएर स्वदेशमै स्वरोजगार बनाउने अभियान चलाउने छु,’ उनले भनिन् । लुम्बिनी प्रदेशमा १०९ पालिका छन् । केही पालिकाको नेतृत्वका लागि मात्र पार्टीहरूले महिलालाई अगाडि सारेका छन्, निर्वाचन आउन अब १४ दिन मात्र बाँकी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x