×

रवि लामिछानेका कारण नयाँ शक्तिलाई नाक देखाउने ठाउँ भएन : ज्ञानेन्द्र शाही

काठमाडाैं | जेठ १३, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेको कारण आफूहरूलाई नाक देखाउन गाह्रो भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विपक्षीको तर्फबाट बोल्दै शाहीले विपक्षमा हुँदा र एउटा सत्तापक्षमा हुँदा अर्को बोली बोल्ने गृहमन्त्री रवि लामिछानेको कारण नयाँ शक्तिलाई नाक देखाउनै गाह्रो भएको बताएका हुन् ।


Advertisment

‘यिनीहरूले काम गरेरनन् भनेर विकल्पमा हामीलाई भोट हालेको हुन् । इतिहास हेर्नुस्, पार्टी संगठन थिएन । यिनीहरूले  काम गर्न सकेनन् भनेर हामी आएका होइनौं । तर हिजो  विपक्षमा हुँदा एउटा कुरा आज सत्तापक्ष हुँदा अर्को कुरा गर्न सुहाउँछ ?’, शाहीले भने, ‘गृहमन्त्री'ज्यू सहकारी ठगीमा छानबिन समिति बनाउन दिनुस् । दोषी भएर कारबाही, निर्दोष भए फेरि गृहमन्त्री हुनुहोला । छानबिन समिति गठन गर्दैमा, छानबिन गर्दैमा दोषी हुँदैन । तर नयाँ शक्तिलाई तपाईंको कारण नाक देखाउने ठाउँ भएन ।’


Advertisment

सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर जनतालाई न्याय दिनुपर्ने उनले बताए ।​

संसद्को विपक्षी र सत्ताको एउटै कुर्सीमा बसेर अलग-अलग चरित्र नदेखाउन पनि उनले गृहमन्त्री लामिछानेलाई चुनौती दिए ।

‘संसद् संसदजस्तो भएको छैन । संसद्को विपक्ष र सत्ता पक्षको दाहिने र देब्रे कुर्सीमा बस्दा मान्छेको चरित्र अर्को हुनुहुँदैन । यही कुर्सीमा बसेर गृहमन्त्रीले जसको नाम आएको छ छानबिन गरौं भन्नुभयो । छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्री डराउने भनेर तीन महिना अघि भन्नुभएको होइन ? खुट्टा कमाउन भएन भन्नुभएको होइन', शाहीले भने, ‘सहकारी पीडितको बास सडकमा भएको छ । मकै र सागको मुठा बेचेको पैसा हो । कुनै अरबपति र खरबपतिको पैसा होइन । नेपाली जनतालाई मार्ने अधिकार कसैको छैन ।  गृहमन्त्रीको शब्द लिएर भन्छु मुटु छकि छैन ? डराएको हो ? खुट्टा  कमाएको हो ? अब छानबिन समिति आवश्यक देखिन्छ ।’

सहकारी उस्तै प्रकरणमा आफ्नै राप्रपाकै सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी हुँदा गृहमन्त्रीलाई किन हुँदैन भन्दै शाहीले प्रश्न उठाएका छन् ।

‘यो संसद्‌मा दुई वटा कानून छ कि एउटा ? गीता बस्नेतको कुरा गर्दैछु । सहकारीमा ज्वाईंले खाता खोल्नुहुन्छ । बर्दियाको कृष्णसारको रेष्टुरेण्टमा लगानी भएको छ । गीता बस्नेत सहकारीको सदस्य पनि हुनुहुँदैन । तर संसद्को सदस्य गीता बस्नेतलाई पक्राउ पुर्जी जारी हुन्छ', शाहीले भने, ‘त्यस्तै गोर्खा मिडियामा पैसा आउँछ, तर गृहमन्त्री पदमै हुनुहुन्छ छानबिन गर्न हुँदैन ? म गीता बस्नेतलाई कारबाही हुनुहुँदैन भन्ने पक्षमा छैन, प्रधानमन्त्री नै भए पनि कानून सबैको लागि बराबर हो ।  हिजो प्रतिपक्षमा हुँदा एउटा आज सरकारमा पुग्दा अर्को भन्ने हुँदैन । यसरी फरक बोली बोल्न पाइँदैन ।’

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x