×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपमा तीन सय भन्दा बढी खेलाडी

बैशाख २४, २०७९

NTC
Premier Steels

अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १३ औं संकरणमा तीन सय भन्दा बढी खेलाडीको सहभागिता पक्का भएको छ । च्याम्पियनसिप मे १३ र १४ तारिखमा अमेरिकाको मिचिगन राज्यमा हुदै छ । च्याम्पियनसिपका लागि मे १० तारिखसम्म खेलाडी दर्ता खुल्ला छ ।तर ६ तारिखसम्ममा तीन सय भन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेको आइओएफटीसीको स्थानीय इभेन्ट म्यानेजर अमुल गोर्खालीको भनाइ छ ।
‘अहिलेसम्म खेलाडी दर्ता संख्या तीन सय नाग्यो, दस तारिखसम्म यो संख्या तीन सय ५० भन्दा माथि पुग्ने देखिएको छ ।’ गोर्खालीले भने ।​ मिचिगनमा हुन लागेको च्याम्पियनसिपको स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमी रहेको छ । इभेन्ट म्यानेजर अमुल गोर्खालीका अनुसार १३ तारिख खेलाडीको वेट लिइने छ । मुख्य प्रतिस्पर्धा भने मे १४ तारिक हुने छ ।
च्याम्पियनसिपमा अहिले सम्म अमेरिका बाहेक आठ देशका खेलाडीले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् । अमेरिका भित्र पनि मिचिगन बाहेक ११ राज्यका खेलाडीले सहभागिता जनाउदै छन् ।
गोर्खालीका अनुसार अमेरिकाका विभिन्न राज्यबाट नेपाली खेलाडी मात्र ३२ जनाले अहिलेसम्म नाम दर्ता गराएका   छन् । त्यसपछि क्यानडाबाट एक नेपाली सहित १३ खेलाडीको सहभागिताको टुङ्गो लागेको छ । मेक्सिको, कतार, भारत, दक्षिण कोरिया, फिलिपिन्सबाट पनि खेलाडीले भाग लिने छन् ।  
च्याम्पियनसिप जुनियर र सिनियर गरि हुने छ । रोचक पक्ष च्याम्पियनसिपमा कडेट इभेन्ट समावेस गरिएको छ । यो इभेन्टमा पाँच वर्ष मुनि, ६ देखि ७ वर्ष, ८ देखि ९वर्ष, १० देखि ११ वर्ष र १२ देखि १४ वर्ष उमेर समुहमा प्रतस्पर्धा गराइने छ ।
यस्तै जुनियर इभेन्टमा १५ देखि १७ वर्ष र १८ देखि ३२ वर्ष उमेर समुहमा प्रतिस्पर्धा हुने छ । इभेन्ट म्यानेजर गोर्खालीका अनुसार सिनियरमा भने महिला तथा पुरुष दुवैतर्फ विश्व तेक्वान्दो महासंघ डब्लुटीएफ र ओलम्पिक फर्म्याटका तौल समूहमा प्रतस्पर्धा गराइने छ ।
मिचिगनको एप्सीलान्टी सिटीमा रहेको इस्टर्न मिचिगन विश्वविद्यालयस्थित जर्ज गेर्विन गेम ओभर सेन्टरमा हुने च्याम्पियनसिपको सिनियर पुरुषमा ५४ केजीमुनि, ५८ केजीमुनी, ६३ केजीमुनि, ६८ केजीमुनि, ७४ केजीमुनि, ८० केजीमुिी, ८७ केजीमुनि र ८७ केजीमाथि तौल समुहमा समावेश छ ।
यस्तै महिला तर्फ ४६ केजीमुनि, ४९ केजीमुनि, ५३ केजीमुनि, ५७ केजीमुनि, ६२ केजीमुनि, ६७ केजीमुनि, ६३ केजीमुनि, ७३ केजीमुनि र ७३ केजीमाथि प्रतिस्पर्धा हुने छ ।
गोर्खालीका अनुसार ह्याभी वेट बाहेक अन्य तौलसमूहमा खेलाडीको दर्ता भइसकेको छ । च्याम्पियनसिप पाँच रिङ्गमा हुने छ ।
च्याम्पियनसिपमा रेफ्रि डिरेक्टर युएस तेक्वान्दोका पूर्व सिइओ ब्रस हेरिस रहेका छन् । यस्तै रेफ्रि चियरमा अष्ट्रेलियाका रेने लेभोस रहेका छन् । उनी ओलम्पिक रेफ्रि समेत हुन् । यस्तै अर्का रेफ्रि चियरमा रेमण्ड सु छन् । उनी विश्व तेक्वान्दो पुम्से कमिटीको सदस्य हुन् ।
च्याम्पियनसिपमा २२ जना रेफ्रि रहने छन् । जसमा दस जना अन्तर्राष्ट्रिय छन् । अमेरिका बाहिरबाट आठ देशका रेफ्री छन् ।
स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमीका संचालक तथा मुख्य प्रशिक्षक एवं च्याम्पियनसिपका संयोजक लव गोर्खालीले खेलाडीको सहभागिता उत्साहजनक रहेको बातए । ‘कोभिड–१९ का कारण लामो समय देखि बन्द दुतावासहरु भर्खर खुल्दै छन्, त्यसले गर्दा अहिले अन्तरवार्ताको मिति चाँडो पाउनै गाह्रो भएकाले धेरै छुटे तर पनि जुन रुपमा अहिलेसम्म खेलाडी दर्ता भएको छ यो हामीले सोचे भन्दा राम्रो हो ।’ लव गोर्खालीले भने ।
च्याम्पियनसिपमा स्थानीय, जुनियरदेखि यूएस च्याम्पियन खेलेका सम्म खेलाडीले भाग लिने लव गोर्खालीको भनाइ छ । ‘सिनियर इभेन्टमा यूएसए तेक्वान्दोको अनुभव भएका खेलाडी पनि छन्, रेफ्रि पनि वल्र्ड तेक्वान्दो र ओलम्पिक खेलाएका छन् ।’
गोर्खालीले अब आफूहरु पाहुनाको स्वागतका लागि तयार रहेको बताए । ‘हामी रेडी टु गोमा छौं । सबै अतिथिको प्रतिक्षामा छौं । उहाँहरुको स्वागतका लागि आतुर छौं ।’
च्याम्पियनसिपलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो महासंघ (युयुएनटीफ)र गैरआवासीय नेपाली संघ अमेरिकाको सहयोग रहने छ ।
अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हेडक्वाटर पोर्टल्यान्डको आयोजनामा यो च्याम्पियनसिप सन् २००० देखि सुरु भएको हो । सुरुआती दुई संस्करण नेपालमा भएको च्याम्पिनसिपय भारत, हङकङ र बेलायतमा पनि आयोजना भइसकेको छ ।
अमेरिकामा यो च्याम्पियनसिप हुन लागेको चौथो पटक हो । यस अगाडि हेडक्वाटर ओरिगनको पोर्टल्यान्डमा मात्र आयोजना हुँदै आएको च्याम्पियनसिप अमेरिका भित्र अन्य राज्यमा हुन लागेको पहिलो पटक हो ।
च्याम्पियनसिपको १२ औं संस्करण सन् २०१८ मा नेपालमा भएको थियो । १३ औं च्याम्पियनसिप यस अगाडि २०२० मा हुने भनिएकोमा कोभिडका कारण स्थगित भएको थियो ।  

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x