×

NMB BANK
NIC ASIA

एक चौथाइमा झर्‍यो खानेतेलको उत्पादन

बैशाख २५, २०७९

NTC
Premier Steels

लम्बिँदो रूस–युक्रेन तनावबीच इन्डोनेशियाले खानेतेलको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि स्वदेशी तेल उद्योगको उत्पादन एक चौथाइमा झरेको छ । कच्चा पदार्थ आयातमा अवरोध आएपछि उत्पादन खुम्चिएको उद्योगीहरूले बताए ।

Muktinath Bank

कच्चा पदार्थको आपूर्ति असहज भएपछि बारा–पर्साका तेल उद्योग अहिले क्षमताको २५ प्रतिशतमा चलिरहेको उद्योगी बताउँछन् । अर्धप्रशोधित तेलका मुख्य उत्पादक देशबाट आयात अवरुद्ध भएपछि उत्पादन करीब एक चौथाइमा झरिसकेको नारायणी आयलका सञ्चालक निखिल चाचानले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यसअघि यहाँका उद्योगले क्षमताको ८० प्रतिशतसम्म उत्पादन गरिरहेका थिए । अहिले त्यो २५/३० प्रतिशतमा झरिसकेको छ,’ चाचानले आर्थिक अभियानसित भने । कच्चा पदार्थ आपूर्तिमा यस्तै समस्या रहिरहे उत्पादन अझ कम हुँदै जाने उद्यमीको भनाइ छ । नेपालका दुई दर्जन खानेतेल उद्योगमध्ये अधिकांश (१४ ओटा) यही कोरिडोरमा छन् । अन्य विराटनगर र भैरहवामा सञ्चालित छन् ।


Advertisment
Nabil box
Kumari

स्वदेशी उत्पादकले युक्रेन र रूसबाट सूर्यमुखी र भटमासको अर्धप्रशोधित तेल आयात गर्छन् । तोरीको अधिकांश परिमाण पनि यी देशबाटै आउने गरेकोमा २ महीनादेखि जारी तनावले आपूर्ति अवरुद्ध भएको छ ।

Vianet communication

पाम तेलको मुख्य निर्यातकर्ता इन्डोनेशियाले अप्रिल २८ देखि आन्तरिक बजार मूल्य नियन्त्रणका लागि भन्दै निर्यात रोकेको छ । त्यहाँबाट अर्धप्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका उद्योगीलाई अहिले उद्योग चलाउनै कठिन भएको अर्का उद्योगी ओसीबी फूडका सञ्चालक सुरेश रुंगटाले बताए ।

अर्धप्रशोधित तेल नपाएपछि अस्ट्रेलिया र भारतबाट भटमास मगाएर यहीँ पेल्न थालिएको रुंगटाले जानकारी दिए । गोदाममा राखिएको भटमासले १ महीना पनि धान्न नसक्ने रुंगटाले बताए । उनको उद्योगले अहिले दैनिक ८० मेट्रिक टन भटमास खपत गरिरहेको छ । अर्धप्रशोधित तेल आयात नभएपछि भटमासको दाना पेल्नु परेको उनले बताए ।

कच्चा पदार्थ आपूर्ति सहज नभए आन्तरिक बजारमा पनि अभाव हुनसक्ने उद्योगी बताउँछन् । कोरोना महामारीका कारण उत्पादनमा कमी आएपछि १ वर्षयता तेलको भाउ उकालो लागेको उद्यमीहरू बताउँछन् । १ वर्षअघिसम्म अन्तरराष्ट्रिय बजारमा प्रतिमेट्रिक टन १ हजार अमेरिकी डलर हाराहारी रहेको भटमासको अर्धप्रशोधित तेलको मूल्य अहिले २ हजार १ सय डलर पुगिसकेको उद्योगी चाचानले बताए ।

अन्तरराष्ट्रिय बजारमा देखिएको अभाव र मूल्यवृद्धिको दबाब स्वदेशी बजार मूल्यमा देखिएको छ । खानेतेलको मूल्य निरन्तर बढिरहेको छ । रूस–युक्रेन तनाव शुरू भएयतामात्रै तेलको भाउ प्रतिलिटर ५० रुपैयाँ बढिसकेको छ । उद्यमी रुंगटाका अनुसार २ महीनाअघि प्रतिलिटर २५० रुपैयाँसम्म रहेको खानेतेलको मूल्य अहिले ३०० रुपैयाँ छ । ओमप्रकाश खनालले आर्थिक अभियान दैनिकले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x