भदौ ६, २०८०
केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...
भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा यस शनिवार एउटा भिन्नै प्रकारको रौनक थियो। उक्त रौनक थियो - ‘नमस्ते ईद २०२२’ को।
ओपन स्पेस नेटवर्कले वार्षिक रुपमा आयोजना गरिँदै आएको उत्सवको यो चौथो संस्करण थियो।
'नमस्ते ईद' नेपालमा मनाइने एक मात्र र सबैभन्दा ठूलो बहुसांस्कृतिक उत्सव हो जसले रमजान उपवास महिनाको अन्त्य भएको र ईद–उल–फित्र उत्सवको जनाउ दिन्छ । ईद मूलतः एक महिनाको व्रत पूरा गरेपछि मनाइने पर्व हो । 'नमस्ते ईद’ को मूल उद्देश्य बहुसांस्कृतिक कार्यक्रमको रुपमा ईद मनाउने नेपालीहरूको सकारात्मक मनोबल दर्शाउनु हो । कार्यक्रमले सांस्कृतिक सुन्दरता, विविधता र एकता झल्काएको थियो।
उत्सवको मुख्य आकर्षणको रुपमा नुजहत काजीद्वारा सञ्चालित ‘मोडेस्टली मोडर्न फेसन शो’ रहेको थियो ।
साथै, नेपालस्थित अमेरिकी दूतावासकी सांस्कृतिक मामिला अधिकृत साराह जास्मिन नाइट, अभिनेत्री ऋचा शर्मा र मिस नेपाल २०१० तथा मिडिया पर्सनालिटी सदिक्षा श्रेष्ठ जस्ता चर्चित व्यक्तित्वहरू मोडलहरूसँगै र्याम्पमा देखिएका थिए । उत्सवमा 'प्रोजेक्ट सारंगी' का संस्थापक किरण नेपालको विशेष सांगीतिक प्रस्तुति पनि रहेको थियो ।
कार्यक्रममा हलाल आउटलेट, हेन्ना आटिस्टदेखि पर्फ्युम र पहिरन लगायतका स्टलहरू थिए । कार्यक्रममा किड्स जोन, खेलकुद, सुफी तथा कवाली र नृत्य प्रस्तुतिहरू समेत रहेका थिए ।
काठमाडौं उपत्यकाका मेयर उम्मेदवारद्वय बालेन शाह र केशव स्थापित समेत यस उत्सवमा सहभागी थिए । साथै, मिथिलेश झा, युवराज शर्मा, रोनाली अमात्य, सञ्जय गुप्ता, दीपाञ्जली लामा शाह लगायतका समाजमा विभिन्न पेशा र क्षेत्रबाट योगदान पुर्याएका चर्चित व्यक्तित्वहरू पनि उत्सवमा सहभागी थिए ।
सफलतापूर्वक उत्सव सम्पन्न भएपछि कार्यक्रमकी संस्थापक तथा निर्देशक फैजा परवीन भन्छन्, “सबै पृष्ठभूमिका मानिसहरूलाई सहभागी गराउने उद्देश्यले खुला बहुसांस्कृतिक कार्यक्रमका रुपमा सन् २०१७ देखि हामीले नमस्ते ईद आयोजना गर्न थालेका हौँ । यसको उद्देश्य अन्तरविश्वास, समझदारी, मित्रता र बहुसांस्कृतिक प्रवर्द्धन गर्ने पनि रहेको छ । नेपालका विभिन्न समुदायबीच विविधतामा एकता र मेलमिलाप झल्काउनु र सांस्कृतिक उत्सवको माध्यमबाट स्थानीय समुदायलाई मजबुत र एकतावद्ध बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो ।”
केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...
बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...
धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...
मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...
दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...
मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...